रुपान्तरण तथा पोषण बचत उपलब्धीका लागि सहजकर्ताहरुलाई दुईदिने अभिमुखीकरण
पूर्णपुष्टि, २९ मंसिर ।
वल्र्ड भिजन इन्टर नेशनल उदयपुरको सहयोगमा हुरेण्डेक उदयपुरले संञ्चालन गरेको रुपान्तरण साथै पोषणका लागि बचत भन्ने कार्यक्रम ग्रामिण भेगमा निकै प्रभावकारी बन्दै गएको छ । बचतको बिकास र बालवालिकाको स्वास्थ्यमा समेत सुधारको जानकार राख्ने यो कार्यक्रम जिल्लाको बिभिन्न हुरेण्डेकको कार्यक्षेत्र भित्र संञ्चालित छ । यसलाई थप उपलब्धी मुलक बनाउन संस्थाले बिबिध क्रियाकलाप र सहजकर्ताहरुलाई क्षमता बृद्धिको कार्यक्रमहरु समेत संञ्चालन गर्दै आएको छ ।
सोही अवसरमा हुरेण्डेक उदयपुरले रुपान्तरण साथै पोषणका लागि बचत बारे फिल्ड सहजकर्ताहरुलाई गाईघाटमा दुईदिने अभिमुखीकरण दिएको छ ।
यस कार्यक्रमले मुख्यतया जिविको पार्जन र बालवालिकाको स्वास्थ्यलाई बिषेश मध्यनजर गरेको छ । जसका लागि जिल्लाभारी ७२ ओटा समूहहरु संञ्चालन रहेको जनाईएको छ । ग्रामिण भेगमा रहेका समुदायको दैनिक जिविको पार्जनमा व्...









