Tuesday, August 25News That Matters

समाचार

गाईघाटको ग्यारेजमा भिषण आगलागी

गाईघाटको ग्यारेजमा भिषण आगलागी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ मंसिर । गाईघाट बजारको ग्यारेज पसलमा भिषण आगलागी भएको छ । आईतबार बेलुका करिब साढे ७ बजेको समयमा एक मोटरसाईकल ग्यारेजमा आगलागी भएको हो । त्रियुगा माविकको पछाडी पटि रहेका ग्यारेजमा आगलागी हुँदा लाखौको क्षेती भएको अनुमान छ । आगोले कतिवटा ग्यारेजमा क्षती पुरायो भन्ने बारे जानकारी आएको छैन् । आगो स्थानीय र प्रहरीले निभाउने प्रयास गरिरहेको छ । एक ग्यारेजबाट अन्यमा फनि आगो फैलिने अवस्था आएपछि आगो लागिरहेको बिचको संरचना भत्काएर आगो निभाउने काम भेरहेको छ । गाईघाट बजार स्थित डिएमेगेट जाने सडक विद्यालयको पछाडी रहेको ग्यारेजबाट आगो लागेको थियो । त्यस लाईन आसपास सबै ग्यारजे लाईनहरु पर्छ । आगलागीमा दमकल, प्रहरी, शसस्त्र प्रहरी, स्थानीय र स्काभेटर प्रयोग भैरहेको छ । थप जानकारी भने आउन बाँकी रहेको छ ।...
यु–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

यु–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर २४ ।  यु–१९ एसिया कपमा नेपालले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ । आज समुह चरणको दोस्रो खेलमा अफगानस्थानसँग ७३ रनले पराजित भएको हो । दुबईस्थित आइसीसी एकेडेमी ओभल २ मा भएको खेलमा अफगानस्थानले दिएको २६२ रन पछ्याएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै १८८ रन मात्र जोड्न सफल भयो । नेपालका लागी ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै अर्ध शतक प्रहार गरे । अन्तिम विकेटको रुपमा आउट हुनुअघि अर्जुनले ९१ रन जोडे। उनले १०८ बल खेल्दा १३ चौका प्रहार गरेका थिए। कुमालबाहेक अन्य ब्याट्सम्यानले खुलेर रन बनाउन सकेनन् । कप्तान देव खनाल २४ रन बनाएर पभेलियन फर्किए भने गुल्सन झाले १७ रन तथा दीपक बोहराले १५ रन बनाए । त्यस्तै दीपेश कँडेलले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यस अघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानस्तानले ४९.३ ओभरमा...
पुर्वी स्टार गायन प्रतिभामा सहभागी हुन मंसिर अन्तिम सम्म आवेदनको समय, प्रथम पुरस्कार ४ लाख र सुनको सिक्री

पुर्वी स्टार गायन प्रतिभामा सहभागी हुन मंसिर अन्तिम सम्म आवेदनको समय, प्रथम पुरस्कार ४ लाख र सुनको सिक्री

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ मंसिर । हाङ अनलाईन म्युजिक प्रालिले आयोजना गर्न लागेको पुर्वी स्टार गायन प्रतिभा प्रतियोगितामा सहभागी आवेदनको समय अन्तिम हुँदै गएको छ । मंसिर १५ देखी सुरु भएको आवेदनको समय अन्तिम चरणमा पुगेको हो । सहभागीका लागि इच्छुकहरुले यहि मंसिर अन्तिम सम्म आवेदन दिसक्नु पर्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका लागि प्रतिभा खोज्दै आयोजक सहित निर्देशकको टोली उदयपुर आएका छन् । पुर्वको पहिचानका लागि लुकेका प्रतिभाहरु उजागर गर्ने भन्दै उक्त प्रतियोगिता संञ्चालन हुन लागेको हो । आयोजकका अनुसार यस प्रतियोगिता बिजेताले रु ४ लाख नगद र सुनको सिक्रि, एक थान ट्रफि, प्रमाण पत्र र एउटा गित रेकर्ड लगायत अन्य सुविधाहरु पाउने छ । त्यस्तै उपविजेताले नगद रु एक लाख ५० हजार, ट्रफि, प्रमाण पत्र र एउटा गित लगायतका सुविधा पाउने छ । यस्तै प्रतियोगितामा तेस्रो हुनेले भने नगद रु ५० हजार, ट्रफि, प्रमाण ...
ट्राफिक प्रहरी उदयपुरको निश्कर्ष : अधिकांश दुर्घटना सडक मोड र तिव्रगती

ट्राफिक प्रहरी उदयपुरको निश्कर्ष : अधिकांश दुर्घटना सडक मोड र तिव्रगती

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ मंसिर । जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले उदयपुरका अधिकांश दुर्घटना सडककै प्राविधिक समस्या रहेको औँल्याएको छ । मापदण्ड अनुसारका सडक निर्माण नहुँदा अत्यादिक सडकको घुम्ती मोडहरुले दुर्घटना निम्तिएको उदयपुर प्रहरी र उदयपुर ट्राफिक प्रहरीको निष्कर्श छ । उदयपुर हुँदै गएको मदन भण्डारीमा पछिल्लो समय दैनिकी जसो दुर्घटना भैरहेको छ । यस राजमार्ग उदयपुर भित्र करिब ११७ किलोमिटर पर्न जान्छ । त्यस्तै सगरमाथा हाईवे ६९ किलो मिटर र सिद्धिचरण हाईवे ७६ किलो मिटर पर्छ । यी राजमार्गहरुमा दुर्घटनाहरु प्राय सडकले मोड लिएको स्थानहरुमा भैरहेको कार्यालयको भनाई छ । सडक मोड सँगै थप दुर्घटनाको अर्को मुख्य कारण भनेको चालकहरुको तिव्र सवारी गति रहेको ट्राफिक इन्चार्ज लोक बहादुर दियाली बताउँछन् । मदन भण्डारी हाईवेमा धेरै मोडहरु रहेको छ । प्राय उदयपुरगढी ७ अधेँरीमा रहेको मोडमा दुर्घटना...
उदयपुरमा भरुवा बन्दुक सहित महिला पक्राउ

उदयपुरमा भरुवा बन्दुक सहित महिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर २४ । उदयपुरमा भरुवा बन्दुक सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–४ की ४७ बर्षीय दुर्गा बिश्वकर्मा रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा उनलाई पक्राउ गरेको हो । शनिबार साझँ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घर खनतलासी गर्दा २ थान भरुवा बन्दुक बरामद गरेसँगै उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...
उदयपुरको सडक दुर्घटना न्युनिकरणमा उपसभामुख दनुवारको चासो

उदयपुरको सडक दुर्घटना न्युनिकरणमा उपसभामुख दनुवारको चासो

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ मंसिर । उपसभामुख सिर्जना दनुवारले उदयपुरमा दुर्घटना न्युनिकरण गर्न चासो देखाएकी छिन् । उदयपुरलाई तिन ओटा राजमार्गहरु मदन भण्डारी हाईवे राजमार्ग, सगरमाथा हाईवे राजमार्ग र सिद्धिचरण हाईवे राजमार्गले छुएको अवस्था छ । यस मध्य सबै भन्दा लोकप्रिय राजमार्गको रुपमा रहेको मदन भण्डारी राजमार्गमा दिनहु जसो दुर्घटना भैरहेको छ । उदयपुरमा बढ्दो सहरीकरण र राजमर्गाहरुका कारण दुर्घटना बढेको भन्दै न्युनिकरणका लागि उपसभामुख दनुवारले चासो देखाएकी हुन् । आईतबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा भएको छलफलमा दुर्घटनाको कारणहरु खोज्दै दनुवारले सम्बन्धित क्षेत्रहरुमा पहल गर्ने जनाईन् । उनले जिल्ला प्रहरी, ट्राफिक प्रहरी, सडक कार्यालय, भौतिक पूर्वधार कार्यालय, यातायात क्षेत्र, संञ्चारकर्मी सबै निकायहलाई यसको सामाधानमा जुट्न अनुरोध गरिन् । दनुवारले दुर्घटनाकै कारण कसैले पनि अकालमै ज्यान गुमाउनु नपर...
उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर २३ । उदयपुरमा लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–२ का २४ बर्षीय सुरेन्द्र बस्नेत रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार त्रियुगा नगरपालिका–६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई ईजेपाम, बुप्रिनोरफीन र फेनारागन गरी जम्मा ९ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
यु–१९ एसिया कप : पाकिस्तानसँग नेपाल पराजित

यु–१९ एसिया कप : पाकिस्तानसँग नेपाल पराजित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर २२ । एसिसी यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा भएको खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । पाकिस्तानका लागी कप्तान साद बेग र अजन अविसले अर्धशतक प्रहार गरे । ५६ बल खेलेका कप्तान सादले ५ चौका प्रहार गर्दै ५० रन बनाए । त्यस्तै ६२ बल खेलेका अजन अविसले ८ चौका प्रहार गदै ५६ रन र ८ बल खेलेका मोहम्मद जिशानले २ छक्का र २ चौको प्रहार गर्दै २० रनमा नटआउट रहे भने ओपनर शाहजैब खानले २३ रन बनाए । नेपालका लगी गुल्सन झाले २ विकेट लिए भने आकाश चन्दले १ विकेट लिए । गुल्सनले पहिलो ओभरको ३ बलमा पाकिस्तानका ओपनर शामिल हुसेनलाई रन विहिन क्याच आउट गराए भने ६.४ ओभरमा पाकिस्तानले २३ रन जोड्दा अर्का ओपनर शा...
गाईघाटको सडक पेटी र पार्किङ ब्यवस्थाबारे ब्यपारीहरु सँग बृहत छलफल

गाईघाटको सडक पेटी र पार्किङ ब्यवस्थाबारे ब्यपारीहरु सँग बृहत छलफल

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ मंसिर । गाईघाटको बढ्दो सहरीकरण व्यवस्थापन गर्न सम्बन्धित निकायहरुले ब्यपारी सँग बृहत छलफल गरेको छ । शुक्रबार त्रियुगा नगरपालिकाको सभाहलमा स्थानीय सरकार, ट्राफिक प्रहरी, जिल्ला प्रहरी, त्रियुगा उद्योग काणिज्य संघ र ब्यपारीहरुको उपस्थितिमा बृहत छलफल तथा अन्तरक्रिया भएको हो ।छलफलमा बजारमा फुटपाथ, सवारी पार्किङ, सडक पेटिको व्यवस्थापनबारे सामाधानको पाटो खोजिएका थिए । जस मध्ये पार्किङका लागि बजारको मदन भण्डारी हाईवेमा पर्ने जिके पुस्तक पसल देखी पश्चिम आँखा अस्पताल सम्म कुनै पनि सवारीहरु पार्किङ गर्न निषेश गरिएको छ । यता जिके पुस्तक पसलदेखी पूर्व पिजि चोक सम्मको एक साईड भने पार्किङ व्यवस्था गरिने प्रस्ताप पारित भएको छ । यस्तै गरी फुटपाथलाई पनि करको दायरामा ल्याएर निश्चित स्थान तोकिने भएको छ । त्यस्तै सडक पेटीमा भएको ब्यपारहरु भने १५ दिन सम्मा हटाउन र मापदण्ड अनुरुप ब्यपार संञ्चाल...
उदयपुरमा गाँजा सहित ३ युवक पक्राउ

उदयपुरमा गाँजा सहित ३ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २१ । उदयपुरमा लागुऔषध गाँजा सहित ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका–५ का १९ बर्षीय रुपेश कार्की, १९ बर्षीय निर्पन खत्री र चन्दन प्रसाद घिमिरे रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता ऋषिराम कंडेलका अनुसार त्रियुगा नगरपालिका–६ स्थितमा ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनिहरुलाई ४ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...