Wednesday, August 19News That Matters

स्वास्थ्य

पाकिस्तानी विदेश मन्त्री कुरैशीलाई कोरोना संक्रमण पुष्टि

पाकिस्तानी विदेश मन्त्री कुरैशीलाई कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० पाकिस्तानका विदेश मन्त्री महमूद कुरैशीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विदेश मन्त्री कुरैशीले ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिनुभएको हो । संक्रमण पुष्टि भएपछि तत्काल आफू घरमै क्वरेण्टीनमा बसेको र स्वास्थ्य सामान्य भएको उहाँले जानकारी दिनु भएको छ । अल्लाहको कृपाले मेरो स्वास्थ्य राम्रो छ र उर्जावान तथा सवल महसुस गरिरहेको छु ।’ उहाँले भन्नुभएको छ ।...
थप १ जना कोरोना संक्रमितको मृत्यु

थप १ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० गोरखा अस्पतालको आइसोलेसनमा उचाररत एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आइसोलेसनमा उपचार गराईरहेका ४४ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला अस्पताल गोरखाले प्रेस विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो । पालुङटार नगरपालिका–७ निवासी उनी मङ्गलबार मात्र कतारबाट नेपाल फर्कनुभएको थियो । मधुमेह, उच्च रक्तचापलगायतका दीर्घरोगीसमेत रहेका उनी गाह्रो भएपछि शुक्रबार राति १० बजे जिल्ला अस्पतालको आइसोलेसनमा ल्याइएको थियो । उपचारको क्रममा शनिबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । उनको १८ गते स्वाव सङ्कलन गरी पठाइएकोमा १९ गते रिपोर्ट पोजिटिभ आएको थियो ।...
अति लापर*वाहि : काेराेना हस्पिटलबाट डिस्चार्ज भएकालाई लिन एम्बुलेन्स ढिलाई

अति लापर*वाहि : काेराेना हस्पिटलबाट डिस्चार्ज भएकालाई लिन एम्बुलेन्स ढिलाई

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १९ । अाज बिराटनगरस्थित काेराेना हस्पिटलमा बिहान डि*स्चार्ज भएका उदयपुरका चारजनालाई लिनका लागि रातपर्दासम्म पनि एम्बुलेन्स पुगेकाे छैन । त्रियुगा नगरपालिका ४ बगाहाका चारजना डिस्चार्ज भएका हुन् । त्रियुगा नगरपालिकाले बेलैमा एम्बुलेन्स व्यवस्था गरेर लिन पठाउनुपर्नेमा ढिला गरेपछि डिस्चार्ज भईसकेकाहरु पनि हस्पिटलमै बस्नु परेकाेछ । हस्पिटलले नेगेटिभ रिपाेर्ट दिईसकेकाे अबस्थामा पनि अस्पतालमै बस्नु पर्दा उनिहरुले मानसिक तनाव झेल्नु परेकाे छ । "संक्रमितहरु भएकै ठाउँमा बस्नु परेकाे छ । जाे*खिमसंगै मानसिक त*नाव बढेकाे छ ।" डिस्चार्ज भएका मध्येका कृष्ण खड्काले भन्नुभयाे । रात परिसकेकाे अबस्था छ, रातमै भएपनि लिन नपुगे खान, बस्नकाे समस्या पर्दछ । साथै पाेजेटिभ भएकाहरुसंग नै बस्नुपर्दा फेरि सर्ने जाेखिम हुन्छ । यसै कुराले पनि बढि मान*सिक तनाव हुने खड्काले बतनउनु भयाे । उदयपुरबा...
कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १९ कोरोना भाईरसको संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । भाइरसका कारणले काठमाडौँ नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको हो । पार्किङ्सन्स रोगबाट पीडित पुरुषको छाती दुखेपछि एक निजी अस्पतातमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप ७४० जनामा कोरोना संक्रमण पुष्टि

आज थप ७४० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १९  नेपालमा आज थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । त्यस्तै आज उक्त संक्रमित मध्ये थप ८ सय २३ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । आज थप १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।  ...
उदयपुरमा वडाध्यक्षसहित पाँचजनामा कोरोना पुष्टि, जिल्लामा संक्रमितकाे संख्या ७२ पुग्याे

उदयपुरमा वडाध्यक्षसहित पाँचजनामा कोरोना पुष्टि, जिल्लामा संक्रमितकाे संख्या ७२ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १९ । उदयपुरमा पहिलोपटक जनप्रतिनिधीमा कोरोना पोजेटिभ देखिएको छ । बेलका नगरपालिकाको एक वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको हो । ६३ बर्षिय वडाध्यक्षसहित बेलकाका पाँचजनामा आज कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनुभयो । याेसंगै जिल्लामा अव काेराेना संक्रमितकाे संख्या ७२ पुगेकाे प्रमुख सुवेदीले बताउनुभयाे । पालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार पाँच मध्ये २ जना भारतबाट अाइ कोरेन्टाईनमा बसेका हुन् । क्वारेन्टाइनमा बस्ने वडा नं. ९ का २३ र ३४ वर्षिय पुरूषहरू हुन् । ३ जना समुदायका हुन् । वडाध्यक्ष गाउघरमै बसेका हुन् भने अन्य दुईजना गाउँमै थिए । पाेखराबाट अाएर घर बसेका ३२ वर्षिय पुरूष र वडा नं. ५ का स्थानीय ४० पर्षिय पुरूषमा पाेजेटिभ देखिएकाे हाे । पाँचै जनालाई चौदण्डिगढीको बेल्टार सातधारे आईसोलेशनमा लगिने बताईएको छ । समुदायमा बसेकाहरुमा...
कोरोनाको कारण १ शिशुको मृत्यु

कोरोनाको कारण १ शिशुको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १८ आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराईरहेका एक शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीको धौलागिरि नगरपालिका–४ का ४९ दिनका शिशुको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत असार ९ गते अस्पताल भर्ना भएका शिशुलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको र उनको हिजो मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।...
आज थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १८ नेपालमा आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या  १४ हजार  ५ सय १९  पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय९ जना महिला र ३ सय ६४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थप ६ सय ६४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ५ हजार ३ सय २० जना निको भईसकेका छन् । आज थप १ जना कोरोना संक्रमणबाट मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।...
रुकुम पश्चिममा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु

रुकुम पश्चिममा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १८ रुकुम पश्चिममा पहिलो पटक पीसीआर विधिबाट कोराना परीक्षण  सुरु भएको छ । चौरजहारी नगरपालिकाले आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बुधबारदेखि कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको हो । स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीय स्तरमै प्रयोगशाला मेसिन सञ्चालन गरिएको छ । अब स्वाब सङ्कलनको नतिजा हप्तौँ कुर्नु पर्ने र शङ्काकैबीच जनता त्रासमा बस्नु पर्ने अवस्थाको अन्त्य भएको नगरपालिकाले जनाएको छ । बुधबार बेलुका प्रयोगशालामा जडान गरिएको मेसिनबाट पहिलो पटक परीक्षण गरिएका सबैको कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । केन्द्र, प्रदेश र रुकुम पश्चिमका सबै पालिकाको पहलमा पीसीआर मेसिन जडानपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । कोरोना सङ्क्रमण भए नभएको पत्ता लगाउन सङ्कलन गरिएको स्वाब सुर्खेत, जुम्ला लगायतमा रहेको प्रयोगशालामा पठाउँदा धेरै दिन कुर्नु ...
रोटा भाइरसविरुद्धको खोप आज देखि सुरु

रोटा भाइरसविरुद्धको खोप आज देखि सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १८ नेपालमा पहिलो पटक रोटा भाइरस विरुद्धको खोप आजदेखि प्रयोगमा आउने भएको छ । ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाभीको सहयोगमा नेपाल ल्याइएको खोप आजदेखि प्रयोगमा आउने परिवार कल्याण महाशाखाको खोप शाखाले जनाएको छ । पहिलो चरणमा ३ लाख २४ हजार भाइल खोप नेपाल भित्रिएको छ । बिस्तारै आवश्यकता अनुसार थप खोप ल्याउने जनाईएको छ । केन्द्रबाट प्रदेशमा खोप पठाइसकिएकाले प्रदेशले मातहतका जिल्लामा  आवश्यकता अनुसार पठाउने जनाईएको छ । जिल्लाले आफ्नो नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् । एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई खोप दिइने जनाईएको छ । रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिन लागिएको हो । यो खोप बच्चा जन्मेको ६ हप्तामा र १० हप्तामा गरी २ पटक दिने गरिन्छ । यो खोप जेठ महिनादेखि सुरु गर्ने सरकारको योजना भए पनि क...