Wednesday, August 19News That Matters

स्वास्थ्य

नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १७ नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । गत असार १४ गते अछामका ४५ वर्षका एक जना पुरूषको मृत्यु थियो । अछामको बयलपाटा अस्पतालमा भएको मृत्युपछि लिएको स्वाबमा असार १६ गते कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । उक्त संक्रमित मध्ये ४ हजार ६ सय ५६ जना उपचारपछि निको भएका छन् भने ३० जनाको मृत्यु भईसकेको छ ।...
नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १७ नेपालमा अज थप ४ सय ८२ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय १७ महिला र ३ सय ७५ पुरुषमा संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका कोरोना संक्रमित मध्ये अहिलेसम्म ४ हजार ६ सय ५६ जना उपचारपछि निको भएका छन् भने ३० जनाको मृत्यु भईसकेको छ ।...
गण्डकी प्रदेश थप २८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेश थप २८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १७ गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वका १२ जना, स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना, गोरखाका ३ जना र कास्की र तनहुँका १÷१ जनामा संक्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये केहीलाई आईसोलेशनमा राखिसकिएको र केहीलाई लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ९४ मध्ये २ सय १४ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।...
अमेरिकामा दैनिक १ लाख कोरोना संक्रमित पुग्ने सम्भावना

अमेरिकामा दैनिक १ लाख कोरोना संक्रमित पुग्ने सम्भावना

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १७ अमेरिकामा दैनिक १ लाख कोरोना संक्रमित पुग्ने विज्ञले चेतावनी दिएका छन् । अमेरिकाका सङ्क्रामक रोगका वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएकोले दैनिक सङ्क्रमण १ लाख पुग्ने चेतावनी दिनुभएको हो । थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी मानिस सङ्क्रमित हुनसक्ने डा. फाउचीको चेतावनी छ । अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन् । आउँदा दिनहरू अमेरिकाका लागि  थप चुनौतीपूर्ण हुने उनको भनाई छ । नागरिक स्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिनुभएको छ । अमेरिकी सिनेटको समितिले आयोजना गरेको  सुनुवाईमा डा. फाउचीले भाइरस नियन्त्रण गर्न नसकिएको प्रष्टै देखिएको बताउनुभयो हो ।...
नेपालमा संक्रमितको संख्या साढे १३ हजार नाघ्यो

नेपालमा संक्रमितको संख्या साढे १३ हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १६ पछिल्लो २४ घण्टामा थप १ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । अहिलेसम्म १ हजार ६ सय ५७ जना महिला र ११ हजार ९ सय ७ जना पुरुष गरी १३ हजार ५ सय ६४ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये आज थप ६० जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ३ हजार १ सय ९८ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।...
नयाँ फ्लू भाइरस फेला पर्यो, विश्वव्यापी महामारी फैलन सक्ने

नयाँ फ्लू भाइरस फेला पर्यो, विश्वव्यापी महामारी फैलन सक्ने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १६ विश्वव्यापी महामारी बनेर फैलिन सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन् । बैज्ञानीकहरुको अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावनाले अनुसन्धानकर्ताहरू चिन्तित छन् । तत्कालका लागि समस्या नभए पनि उक्त भाइरसमा मानिसलाई सङ्क्रमण गर्न आवश्यक सबै गुण भएकाले चनाखो हुनु पर्ने जनाईएको छ । उक्त भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न न्यून वा शून्य क्षमता छ । प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपाय...
कोरोना महामारी अझै खराब हुन सक्ने : डब्ल्यूएचओ

कोरोना महामारी अझै खराब हुन सक्ने : डब्ल्यूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १६ कोरोना भाईरस महामारी अझै खराब अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ । विश्व विभिन्न देशका सरकारहरुले नियन्त्रणका लागि सही नीति अवलम्बन गर्न नसकेमा  भाइरसबाट अझै धेरै मानिस सङ्क्रमित हुन सक्ने डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले बताउनुभएको हो । अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलेशन र क्वरेण्टीन नै महामारी नियन्त्रणमा लिने प्रमुख उपाय भएको उनले बताउनुभएको छ । महामारीको छिट्टै नै अन्त्य होस् भन्ने चाहे पनि छिट्टै अन्त्य हुने अवस्थामा नरहेको उहाँले बताउनुभयो ।  केही देशले महामारी नियन्त्रणका लागि प्रगति गरे पनि विश्वब्यापी महामारीले भने गति बढाइरहेको बेला विश्वभरका देशलाई जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण हेर्न आग्रहसमेत गर्नुभएको छ । ६ महिनाको अवधिमा  विश्वभर सङ्क्रमितको संख्या १ करोड २ लाख ६८ हजारभन्दा ...
मेशिन थपिएपछि कोरोना परीक्षणको दायरा बढ्यो

मेशिन थपिएपछि कोरोना परीक्षणको दायरा बढ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १६ राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही, दाङमा कोरोना परीक्षणका लागि अटोमेटिक (स्वचालित) मेशिन थपिएसँगै परीक्षणको दायरा बढेको छ । सोमबार एकै दिन १ हजार १ एक सय ६२ जनाको जाँच गरिएको प्रतिष्ठानले जनाएको छ । अहिलेसम्म नमूना संकलन गरिएका मध्ये अब १ सय २६ वटाको मात्रै बाँकी रहेको प्रतिष्ठानले जनाएको छ । अहिलेसम्म प्रतिष्ठानमा दाङसहित विभिन्न जिल्लाका १४ हजार ४ सय ५७ जनाको स्वाब संकलन गरिएकोमा सोमबारसम्म १४ हजार ३ सय १३ जनाको जाँच गरिएको छ ।...
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १६ गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिनेमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेका छन् । थपिनेमा ६ जना महिला छन् । गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ६६ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भईसकेको छ ।...
दाङमा थप ५८ जनामा कोरोना संक्रमित पुष्टि

दाङमा थप ५८ जनामा कोरोना संक्रमित पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १५ दाङमा आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणमा थप ५८ जना संक्रमण पष्टि भएको हो । योसँगै दाङमा संक्रमितको संख्या ५ सय ६८ पुगेको छ । गढवाका २२ जना, बबईका १० जना, तुलसीपुरका ८ जना, घोराहीका ७ जना, राप्तीका ५ जना, शान्तिनगर र दङ्गीशरणका २/२ जना गरी ४ जना र नेपाली सेनामा कार्यरत २ जना रहेको जनाईएको छ ।  २२ जना महिला र ३६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाईएको छ ।...