Wednesday, August 19News That Matters

स्वास्थ्य

नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १५ आज नेपालमा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय १२ महिला र ३ सय ६४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज थप १ सय २१ ज्ना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ महिला र पुरूष १ सय ८ जना पुरुष डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । त्यस्तै आज थप १ जनाको मृत्यु भएको छ । ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा रौतहटका ३० वर्षका एक पुरूषको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ  ।...
सुदूरपश्चिम प्रदेशमा २ हप्तामा २०४५ जना कोरोना संक्रमित थपियो

सुदूरपश्चिम प्रदेशमा २ हप्तामा २०४५ जना कोरोना संक्रमित थपियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १५ सुदूरपश्चिम प्रदेशमा १४ दिनमा २ हजार ४५ जना कोरोना संक्रमित थपिएका छन् । गत जेठ ३२ गतेसम्म सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या २ सय ६४ रहेको थियो । तर असारको १४ दिनमा थप २ हजार ४५ जना थपिएको पुगेको हो । योसँगै संक्रमितको संख्या बढेर २ हजार २ सय ९ पुगेको  छ । असारको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३२ जना, ४ गते २ सय ३८ जना, ५ गते १ सय ६६ जना, ६ गते १ सय ६३ जना, ७ गते ७६ जना र ८ गते १ सय ३७ जना, ९ गते १ सय १६ जना, १० गते २ सय ७२ जना, ११ गते १ सय १८ जना, १२ गते २ सय १९ जना, १३ गते २ सय २८ जना र १४ गते १ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म कैलालीका ६ सय १ जना, डोटीमा ४ सय १० जना, बाजुराका ३ सय १६ जना, कञ्चनपुरमा ३ँ सय जना, डडेल्धुरामा २ सय २६ जना, बैतडीमा २ सय १४ जना, अछामका १ सय ३९ जना, बझाङमा ७९ ...
थप १ जना कोरोना संक्रमितको मृत्यु

थप १ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १५ आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको हो । स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको जनाईएको छ । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल ल्याएको अस्पतालले जनाएको छ । ती युवाको कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।...
विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख बढी

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १५ विश्वको विभिन्न देशमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २ लाख नाघेको छ । उक्त संक्रमित मध्ये अहिलेसम्म ५ लाख ४ हजारभन्दा बढीको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । यस्तै सङ्क्रमितमध्ये ५५ लाख ४७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । अमेरिकामा २६ लाख ३७ हजारभन्दा बढी सङ्क्रमितमध्ये १ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ भने १ लाख ९३ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । भारतमा ५ लाख ४९ हजारभन्दा बढी सङ्क्रमित मध्ये १६ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ भने ३ लाख २१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।...
विदेशमा कोरोना संक्रमणबाट निको हुने नेपालीको संख्या बढ्दो

विदेशमा कोरोना संक्रमणबाट निको हुने नेपालीको संख्या बढ्दो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ विदेशमा कोराना संक्रमणबाट निको हुने नेपालीको संख्या बढेको छ । विभिन्न देशमा २६ हजारभन्दा धेरै नेपाली संक्रमित भएकोमा १८ हजार ७ सय भन्दा धेरै निको भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया, मलेसिया लगायतका १९ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको जनाएको छ । त्यस्तै अघिल्लो हप्तासम्ममा विभिन्न १३ देशमा १ सय ३० जना नेपालीको कोरोनाका कारणले मृत्यु भएकोे छ । अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोनाको कारण मृत्यु भएको हो । तर गतको हप्ता भने नेपाली...
उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ आज उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको दिल्लीबाट आएर कटारी नगरपालिका–१ बेलस्रोतको क्वारेन्टाईनमा बसेका ३ महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । कटारी नगरपालिका–५ का २१ र ४६ वर्षीय पुरुष र १०, १२ र १६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उनीहरु सवै भारतको दिल्लीबाट आएर क्वारेन्टाईनमा बसेका हुन् । गत असार ११ गते उनीहरुसँगै २० जनाको स्वाव संकलन गरी परिक्षणका लागी विराटनगरको कोशी अस्पतालका प्रयोगशालामा पठाईएको थियो । परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।...
नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ आज नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ६३ जनामा सङ्क्रमण पष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये ३ हजार १३ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको जनाएको छ । अहिलेसम्म नेपलामा संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।...
२४ घण्टामा भारतमा १९ हजार भन्दा बढी संक्रमित थपियो

२४ घण्टामा भारतमा १९ हजार भन्दा बढी संक्रमित थपियो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ पछिल्लो २४ घण्टामा भारतमा १९ हजार ९ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म ५ लाख २८ हजार ८ सय ५९ जनामा सङ्क्रमण देखिएको छ । उक्त संक्रमित मध्ये ३ लाख ९ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने १६ हजार ९५ जनाको मृत्यु भएको छ ।...
कर्णाली प्रदेशमा थप २१४ जना कोरोना संक्रमित उपचारपछि निको भए

कर्णाली प्रदेशमा थप २१४ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४  कर्णाली प्रदेशमा थप २ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । निको भएर घर फर्कनेमा २ सय १ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकाको आइसोलेसन सेन्टरबाट ३ महिला र १ सय २९ पुरुषगरी १ सय ३२ जना संक्रमित निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट ७ महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट २ महिला ७ पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट १ महिला, ७ पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट १÷१ जना संक्रमित निको भएर घर फर्केको महाशाखाले जनाएको छ । शनिबार २ सय १४ जना निको भएसँगै कर्णाली प्रदेशमा निको हुनेको सख्ंया ९ सय ३४ पुगेको छ ।...
विश्वमा कोरोना संक्रमितको संख्या १ करोड भन्दा बढी

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या १ करोड नाघेको छ । विश्वको विभिन्न देशमा अहिलेसम्म १ करोड ७३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट ५ लाख ६ सय भन्दा बढीको मृत्यु भएको छ भने ५४ लाख ५१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । अमेरिकामा २५ लाख ९५ हजारभन्दा बढी सङ्क्रमितमध्ये १ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ भने  १ लाख ७७ हजारभन्दा बढी निको भएका छन् । ब्राजिलमा १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यसतै ६ लाख २७ हजारभन्दा बढी सङ्क्रमित मध्ये ८ हजारभन्दा मृत्यु भएको छ । भारतमा ५ लाख २९ हजारभन्दा बढी सङ्क्रमित मध्ये १६ हजारभन्दा बढीको मृत्यु भएको छ भने ३ लाख १० हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।...