Wednesday, August 19News That Matters

स्वास्थ्य

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उदयपुरमा संक्रमितको संख्या ६० पुगेको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाको क्वारेन्टाईनमा बसेका त्रिनपा–४ की ३८ वर्षीय महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुुरले जनाएको छ । उनी कुवेतबाट आएर क्वारेन्टाईनमा बसेको जनाईएको छ । हिजो नै थप ७ जनामा संक्रमण पुष्टि भएको थियो । तर उनीसँग हिजो नै ८ जना पुगेको हो । उनीहरुको गत असार १० गते नमुना स्वाव संकलन गरी परिक्षणका लागी विराटनगरको कोशी अस्पताल पठाईएको थियो । हिजो अवेर आएको रिपार्टमा उनको रिपोर्ट पोजेटिभको आएको जनाएको छ । अहिलेसम्म त्रियुगा नगरपालिकामा ४९ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा १ रहेको जनाएको छ ।...
संक्रमितहरुलाई सातधारे आईसोलेसनमा लैजाने तयारी

संक्रमितहरुलाई सातधारे आईसोलेसनमा लैजाने तयारी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ उदयपुरमा आज पुष्टि भएका कोरोना संक्रमितहरुलाई बेल्टारको आईसोलेसनमा लैजाने तयारी भईरहेको छ । त्रियुगा नगरपालिका–३  मोतिगडा क्वारेन्टाईनमा बसेका ७ जनामा संक्रमण पुष्टि भएपछि बेल्टार सातधारेको आईसोलेसनमा लैजाने तयारी भईरहेको हो । उनीहरुको गत असार १० गते नमुना स्वाव संकलन गरी विराटनगरको कोशी अस्पतालमा परिक्षणको लागी पठाईएको थियो । परिक्षणमा आज ३ महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनीहरु भारत, कतार लगायतका देशबाट आएर क्वारेन्टाईनमा बसिरहेको बुझिएको छ । सातधारे आईसोलेसनमा यस अघि नै ५ जना संक्रमित राखिएको छ । अव थप ७ जनासँगै आईसोलेसनमा १२ जना हुनेछ ।...
उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ आज उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–३ को मोतिगडा क्वारेन्टाईनमा रहेका ३ महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु भारत, दुवाई, कतार लगायतका विभिन्न देशबाट आएर क्वारेन्टाईनमा बसेका बुझिएको छ । उनीहरुको गत १० गते नमुना स्वाव संकलन गरी परिक्षणको लागी कोशी अस्पताल पठाएको थियो । नमुना स्वाव कोशी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै उदयपुरमा संक्रमितको संख्या ५९ पुगेको छ ।...
नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, सार १३ नेपालमा आज थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ जना पुगेको छ । उक्त संक्रमित मध्ये उपचारपछि आज थप १ सय ३६ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २ हजार ८ सय ३४ जना पुगेको छ भने २८ जनाको मृत्यु भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीया पुरुष रहेको छ । उनी फोक्सोको क्यान्सरका बिरामी रहेको मन्त्रालयले जनाइएको छ ।...
स्याङ्जाका थप ३४ जना कोरोना मुक्त

स्याङ्जाका थप ३४ जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ स्याङ्जाका थप ३४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । कालिका सामुदायिक अस्पताल हेलुमा रहेका ३४ जना संक्रमितको दोस्रो परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरेको अस्पतालले जनाएको छ । अस्पतालमा रहेका ४१ जना सङ्क्रमितको दोस्रो परीक्षणका लागि स्वाब संकलन गरी पठाईएकोमा ७ जनाको भने दोस्रो परीक्षण पनि पोजेटिभ नै आएको छ । गल्याङ नगरपालिकाका १६ जना, वालिङका १० जना, आँधीखोला गाउँपालिकाका ४ जना, अर्जुनचौपारी गाउँपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेका छन् । योसँगै जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या ५६ पुगेको छ । जिल्लाका १ सय ५९ सङ्क्रमितमध्ये २ जनाको मृत्यु भईसकेको छ ।...
अमेरिकामा एकै दिन ४० हजार भन्दा बढी कोरोना संक्रमण पुष्टि

अमेरिकामा एकै दिन ४० हजार भन्दा बढी कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ अमेरिकामा एकै दिन ४० हजारभन्दा  बढीमा  कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अमेरीका ४० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको संचारमाध्यमहरुले जनाएको छ । फ्लोरिडा राज्यमा मात्रै झन्डै ९ हजार  नयाँ सङ्क्रमित थपिएका छन् । जुन अघिल्लो दिनको तुलनामा ६२ प्रतिशतले बढी हो । कोरोना संक्रमित व्यक्तिहरूको सँख्या बढेसँगै फ्लोरिडा र टेक्सस दुवै राज्यले फेरि लकडाउन लगायतका प्रतिबन्ध लगाउन थालेका छन् । अमेरिकामा हालसम्म २५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने १ लाख २७ हजारभन्दा धेरैले मृत्यु भएको छ ।...
कैलालीका थप १ जना कोरोना संक्रमितको मृत्यु

कैलालीका थप १ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३  कैलालीका थप १ जना कोरोना सङक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी क्यान्सरको बिरामी थियो । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो । शुक्रबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले आइसोलेशन वार्डबाट आइसीयूमा सारिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने यसबारे पुष्टि गर्न बाँकी छ । योसँगै कैलालीमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।...
शव व्यवस्थापनमा खटेका २ सैनिकमा कोरोना संक्रमण पुष्टि

शव व्यवस्थापनमा खटेका २ सैनिकमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ पाल्पामा कोरोना संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको शव व्यावस्थापनमा खटेका दुई जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो प्रदेश प्रयोगशाला भैरहवामा संक्रमण पुष्टि भएका ७७ जना मध्ये शव व्यवस्थापनमा खटिएका दुई जना सैनिक पनि रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिका, सिलुवाका ३६ वर्षीय एक जना पुरुषको गत जेठ २० गते उपचारका क्रममा तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा मृत्यु भएको थियो । मृत्यु भएका ती पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि २२ गते पाल्पा बुटवल सडक खण्डको डुम्रेखोलामा शव व्यवस्थापन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार नै नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । सडकदेखि शव व्यवस्थापन स्थलमा पुर्याउने क्रममा ठूलो पानी परेको, मृतकको र्याल चुहिएको जस...
कोरोना परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन हुने

कोरोना परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन हुने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ पिसीआर विधिबाट परिक्षणका लागी थप १० ठाउँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशाला स्थापना गर्ने भएको छ । कोरोना परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयले जनाएको छ । मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र काठमाण्डौ, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरि अस्पताल बागलुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाण्डौमा प्रयोगशाला स्थापना गरिनेछ । अहिले देशभर २३ स्थानमा पीसीआर विधिबाट कोरोना परीक्षण हुने गर्दछ । सम्भावित सङ्क्रमितको अवस्था हेरेर उक्त ठाउँमा मन्त्रालयले प्रयोगशाला स्थापना गर्न थालेको हो । यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोरोना पीसीआर विधिबाट परीक्षण हुनेछ । नयाँ ठाउँबाट कोरोना परीक्षण गरे दैन...
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा, ६ महिला सहित १९ जना तथा पुतलीबजार, वालिङ र बिरुवाका १÷१ जनामा संक्रमण देखिएको हो । त्यस्तै बाग्लुङका ८ जना र नवलपरासी सुस्ता पूर्वका २ जनामा पनि सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशका कोरोना सङक्रमित ८ सय ३८ मध्ये १ सय १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।...