Wednesday, August 19News That Matters

स्वास्थ्य

नेभाककोे प्रशिक्षकलाई कोरोना संक्रमण पुष्टि

नेभाककोे प्रशिक्षकलाई कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ सर्वियन खेलाडी नोभाक जोकोभिचका प्रशिक्षक गोरान इभानीसेभिकलाई कोरोना संक्रमण पुष्टि भएको छ । विश्व नम्वर एक टेनिस खेलाडीका व्यक्तिग प्रशिक्षक तथा पूर्व विम्बल्डन च्याम्पियन गोरानलाई शुक्रबार कोरोनाको पुष्टि भएको हो । अघिल्लो हप्ता एड्रिया टुर अन्तर्गत जोकोभिचसँग क्रोयसिया पुगेका गोरानको परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको थियो । सामाजिक सञ्जालमा आफूलाई कोरोना देखिएको र सेल्फ आइसोलेसनमा रहेको उनले बताएका छन् ।...
कोरोनाबाट थप १ जनाको मृत्यु

कोरोनाबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । दाङमा अचेत अवस्था भेटिएकी एक महिलाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालेयले जनाएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।...
नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ नेपालमा आज थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ७ जना महिला र ४ सय ८६ जना पुरुषमा संक्रमण पष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये अहिलेसम्म २ हजार ६ सय ९८ जना उपचारपछि निको भएका छन् भने २७ जनाको मृत्यु भई सकेको मन्त्रालयले जनाएको छ । रसुवाबाहेक ७६ जिल्लामा कोरोना संक्रमण देखि सकेको छ ।...
दाङमा एकैदिन ७५ जनामा कोरोना पुष्टि

दाङमा एकैदिन ७५ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ दाङमा एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै दाङमा संक्रमितको संख्या ४ सय ५५ पुगेको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा दाङका ७५ र प्युठानका २० जना गरी ९५ जनामा कोरोना पोजिटिभ देखिएको हो । राजपुरका १० जना, शान्तिनगरका ६ जना, तुलसीपुरका ११ जना र घोराहीका ३१ जना रहेका छन् । यस्तै लमहीका ३ जना, बङ्गलाचुलीका १० जनामा संक्रमण पुष्टि भएको छ ।...
भिटामिन ‘ए’ कार्यक्रम असार २२ र २३ गते

भिटामिन ‘ए’ कार्यक्रम असार २२ र २३ गते

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी असार २२ र २३ गते संचालन हुने भएको छ । कोरोनाले गर्दा स्थगित भिटामिन ‘ए’ खुवाउने कार्यक्रम फेरि सञ्चालन हुने स्वास्थ्य सेवा विभागका पोषण शाखाले जनाएको छ । गतको वैशाख ६ र ७ गते तय गरिएको भिटामिन ए खुवाउने कार्यक्रम लकडाउनको कारण स्थगित गरिएको थियो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउन थालिएको हो । हरेक वर्ष भिटामिन ‘ए’ खुवाउने कार्यक्रममा २७ लाख तीन हजार पाँच सय २२ बालबालिका सहभागी हुने गरेका छन...
भारतमा एकैदिन थप १७ हजार २ सय ९६ जना संक्रमित थपियो

भारतमा एकैदिन थप १७ हजार २ सय ९६ जना संक्रमित थपियो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ पछिल्लो २४ घण्टामा भारतमा १७ हजार २ सय ९६ जनामा संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ४ लाख ९० हजार ४ सय १ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त संक्रमति मध्ये २ लाख ८५ हजार ६ सय ३७ जना उपचारपछि निको भएरका छन् भने १५ हजार ३ सय १ जनाको मृत्यु भएको छ ।
१ न. प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

१ न. प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ आज १ न. प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै १ न. प्रदेशमा संक्रमितको संख्या ५ सय ३ जना पुगेको छ । मोरङमा १, सुनसरीमा २ र झापामा ४ जनामा संक्रमण पुष्ति भएको जनाईएको छ । अहिलेसम्म १ न. प्रदेशमा उपचारपछि निको हुनेको संख्या ३ सय ५५ पुगेको छ ।
आज उदयपुरका थप ४ जना कोरोना मुक्त

आज उदयपुरका थप ४ जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ आज उदयपुरको थप ४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सँगै १ न. प्रदेशमा निको हुनेको संख्या ३ सय ५५ पुगेको छ । । पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आईसोलेसन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् । मोरङका १२ जना, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु सबै जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका छन् । आज १ न. प्रदेशमा थप मोरङमा १, सुनसरीमा २ र झापामा ४ जना गरी जम्मा ७ जना संक्रमित थपिएका छन् । योसँगै १ न. प्रदेशमा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।...
पहिलो पटक बालबालिकालाई झाडापखाला विरुद्ध खोप

पहिलो पटक बालबालिकालाई झाडापखाला विरुद्ध खोप

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२  नेपालमा पहिलो पटक सरकारले बालबालिकालाई झाडापखाला विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि ५ वर्षमुनिका बालबालिकालाई झाडापखाला रोक्ने खोप ‘रोटारिक्स’ दिने भएको हो । बालबालिकालाई खोप पहिलोपटक ६ हप्तामा र दोस्रो पटक १० हप्तामा खोप खुवाइने गरिन्छ । ‘रोटारिक्स’ यही असारभित्र शुरु गर्नका लागि ७ वटै प्रदेश हुँदै सबै जिल्लामा पठाइसकेको महाशाखाले जनाएको छ । यो खोप सरकारका १६ हजार खोप केन्द्रबाट नियमित स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई दिनेछन् । झाडापखालाबाट वर्षेनि बालबालिकाको ज्यान जाने गरेकाले त्यसलाई रोक्न खोप दिन थालिएको जनाईएको छ । बर्षेनि ३ लाख ५० हजारदेखि ४ लाख बालबालिकालाई झाडापखाला लाग्ने र ती मध्ये ९ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ । बालबालिकामा पखाला लाग्ने ४० प्रतिशत रोटा भाइरसका कारणले हुने भएकाले खोप...
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२  गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ९२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उक्र संक्रमित मध्ये १ सय १ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।...