१ न. प्रदेशमा १३ सय ७६ जनाको रिर्पोट नेगेटिभ
विराटनगर, बैसाख ३ गते ।
प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको हो ।
ल्याबमा गरिने परीक्षण (पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको थियो । पीसीआरतर्फका १८ जनाको रिर्पोट आउन बाँकी छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार सबैको परीक्षण नतिजा नेगेटिभ छ । अर्थात कसैमा कोरोना रोगको संक्रमण देखिएको छैन । आरडीटी विधिबाट ७६ महिला र ४ सय ७९ पुरुषको नमुना परीक्षण गरिएको छ ।
यसैगरी पीसीआर विधिबाट प्रदेश १ मा बुधबारसम्म जम्मा २ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ । जसमा ५० महिला र २ सय ३४ पुरुष छन् । प्राप्त नमुनामध्ये २ सय ६६ को रिर्पोट आएको छ । ती स...




