सानै उमेरमा १७ प्रतिशत किशोरी आमा
नेपालका १७ प्रतिशत किशोरीहरू अझै पनि सानै उमेरमा आमा बन्ने गरेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय किशोर किशोरी तथा विकास रणनीति २०७५ ले १० देखि १९ वर्ष समुहका १७ प्रतिशत किशोरीहरु आमा बन्ने गरेको उल्लेख गरेको हो ।
सन् २०१६ को जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्भेक्षणले नेपालमा १७ प्रतिशत किशोरीहरुको विवाह औसत उमेर भन्दा कमै हुने गरेको देखाएको छ ।
उमेरै नपुगी विवाह गर्नाले बालविवाह र सानै उमेरमा आमा बन्नेको सङ्ख्यामा कम हुन नसकेको देखिन्छ । सर्वेक्षणले १५ देखि १९ वर्षका किशोरीहरूको उमेर अनुसारको प्रजनन् दर एक हजारमा ८८ जना देखिएको छ भने २०११ को तथ्याङ्कमा एक हजारमा ८१ देखिएको थियो ।
परिवार नियोजनको आपूर्ति तथा माग २४ प्रतिशत देखिन्छ तर यो माग १५ देखि १९ वर्षका किशोरीहरुमा बढेर ३५ प्रतिशत पुगेको देखिएको छ । २०१६ को सर्भेक्षणले गर्भनिरोधक साधनहरुको उ...








