काेराेना खबर विस्तृत : उदयपुरमा एकैदिन ५ जनाकाे मृत्यु, देशभर ४ लाख ५५ हजार संक्रमित
पूर्णपुष्टि, जेठ २ ।
उदयपुरमा आज कोरोनाले ५ जनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका १० का ६३ वर्षिय पुरूष, त्रिनपा ३ का ४७ वर्षिय पुरूष, चौदण्डीगढी नगरपालिकाका ५ का ५६ वर्षिय पुरूष, त्रिनपा १२ का ५१ वर्षिय पुरूष र त्रिनपा १ का ३७ वर्षिय पुरूषको मृत्यु भएको हो । त्रिनपा १ का ३७ वर्षिय पुरूषको बेलुका मृत्यु भएको हो । होम आइसोलेसनमा बसेको बेला एक्कासी स्वास्थ्यमा समस्या भएपछि जिल्ला अस्पताल उदयपुर लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । जिल्ला अस्पताल ल्याउन अघि बेल्टार कोरोना अस्पताल लगिए पनि त्यहाँ उपचार हुन नसक्ने भएपछि जिल्ला अस्पतालतर्फ ल्याइएको हो । अन्य चारजनाको विहानै मृत्यु भएको हो । त्यसमध्ये १ जना बेल्टार कोरोना अस्पतालमा मृत्यु भएको हो । उदयपुरको अस्पतालमा कारोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।
आजको मृतक पाँचजनासहित उदयपुरमा जम्मा मृत्यु हुनेको संख्या १२ पुगेको छ । स...






