Sunday, June 21News That Matters

स्वास्थ्य

विवाहकाे कारण उदयपुरमा बढ्याे संक्रमण, अव देवाली, साकेला पनि राेकिने

विवाहकाे कारण उदयपुरमा बढ्याे संक्रमण, अव देवाली, साकेला पनि राेकिने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० । विवाहका कारण उदयपुरमा कोरोना संक्रमण फैलिएको ठहर भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन समितिले हालसम्मको अवस्थाको विश्लेषण गर्दै यस्तो निश्कर्ष निकालेको हो । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार कन्ट्राक टे«सिङ तथा जिल्लाको विभिन्न पालिकामा गरिएको परिक्षणको आधारमा विवाहका कारण कोरोना संक्रमण फैलिएको निष्कर्ष निकालिएको हो । प्रशासनकाे अध्यायन अनुसार विवाहमा मानिसहरू स्वास्थ्य मापदण्ड नै नअपनाउने गरेकाे पाइएकाे छ । काेराेनाकाे बेला पनि अन्य सामान्य बेला जस्तै विवाहमा जमघट हुने, खानेबस्ने, नाँचगान गर्ने गर्दा नजिक हुने, टाँसिने, एकअर्कामा छुने भएर एक, दुइ संक्रमितबाट धेरैलाइ सरेकाे पाइएकाे छ । अहिलेसम्मकाे एन्टिजेन र पिसिअार परिक्षणमा बढिजसाे विवाहकाे कन्ट्राक ट्रेसिङकालाइ काेराेना पाेजेटिभ देखिएकाे छ । परिक्षणकाे झण्डै पचास प्रतिशत विवाहका कार...
उदयपुरमा थप कडाइसहित लकडाउन थपिने, संक्रमितको संख्या ३ सय नाघ्यो

उदयपुरमा थप कडाइसहित लकडाउन थपिने, संक्रमितको संख्या ३ सय नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० । उदयपुरमा आज ३५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३१६ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिने संक्रमितहरु त्रियुगा नगरपालिकाका २७, चौदण्डीगढी नगरपालिकाका ८ रहेका छन् । त्यसैगरी लिम्चुङबुङ गाउँपालिकाका अनुसार सो पालिकामा २ जना संक्रमित पुष्टि भएका छन् । कोरोनाका कारण उदयपुरका ज्यान गुमाउनेको जम्मा संख्या ७ रहेकोमा आज संख्या थपिएको छैन । संक्रमितहरु मध्ये २ सय २७८ जना होम आ्इसोलेशनमा छन् भने ३६ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको ‘छ । लिम्चुङबुङका दुई संक्रमित पनि होम आइसोलेशनमै रहेका छन् । उदयपुरमा कोरोना संक्रमितको संख्या त्रियुगा नगरपालिकामा उच्च कायमै छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज २७ जना थपिएसंगै जम्मा संक्रमित १ सय ७३ जना संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा चौदण्डीगढी ...
काेराेना खबर अपडेट | ३० वैशाख, २०७८ | उदयपुरमा काेराेना संक्रमित ३०० नाघ्याे, पुन लकडाउन थपिने, काेराेनाबाट बच्ने सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदीकाे मुलमन्त्र  – भिडियाे संवादसहित

काेराेना खबर अपडेट | ३० वैशाख, २०७८ | उदयपुरमा काेराेना संक्रमित ३०० नाघ्याे, पुन लकडाउन थपिने, काेराेनाबाट बच्ने सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदीकाे मुलमन्त्र – भिडियाे संवादसहित

समाचार, स्वास्थ्य
https://youtu.be/HoBJ-39h9dg?t=21 यस भिडियाेकाे काेराेना खबर हेडलाईन्स... १. उदयपुरमा कोरोना संक्रमित ३ सय नाघ्यो २. संक्रमितको संख्या त्रियुगा नगरपालिकामा उच्च कायमै, त्रियुगामा मात्र पुग्यो १७३ ३. उदयपुरमा लकडाउन थपिने, थप कडाई गरिने ४. विवाहका कारण उदयपुरमा कोरोना संक्रमण फैलिएको प्रशासनको ठहर ५. सुरक्षा प्रमुखहरुबाट कोरोना अस्पताल बेल्टारको अनुगमन, अक्सिजन सिलिण्डर बृद्धि गर्ने ६. देशभर संक्रमितको संख्या ४ लाख ३१ नाघ्यो, आज पछिल्लो २४ घण्टामा गुमाउनेको संख्या २१४ ७. विश्वमा संक्रमितको संख्या १६ करोड, ११ लाख ३९ हजार, २ सय ५५ र निको हुनेको संख्या १३ करोड ८९ लाख ६५ हजार ८. विशेष संवाद : सशस्त्र प्रहरी बल नेपाल, नं. ५ गण, हेडक्वाटर, त्रियुगा उदयपुरको प्रमुख सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी ९. लकडाउनको छैटौ दिन गाईघाट बजारको झलक र एक आयुर्वेदिक बैद्य अनिल क...
कोरोनाबाट मोरङमा थप ६ जनाको ज्यान गयो

कोरोनाबाट मोरङमा थप ६ जनाको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० मोरङका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित थप ६ जनाको आज बिहान ज्यान गएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा ३, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ र मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा १ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा विराटनगरका २ जना तथा ललितपुर, सप्तरी, सुुनसरी र मोरङको उर्लाबारीका १÷१ जना रहेकाछन् । नोबेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारी नगरपालिका–२ का ४६ वर्षीय पुरुषको बिहानको राति १ बजेतिर ज्यान गएको छ । अस्पतालकाअनुसार कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो । त्यसैगरी सुनसरीको इनरुवा नगरपालिकाकी १८ वर्षीया युवतीको बिहान ४ ः ४० बजेतिर नोबेलमै ज्यान गएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि २८ गते नै भर्ना गरिएको जानकारी अस्पतालले दिएको छ । सप्तरीको कन्चनपुर–८ का ...
चौदण्डीगढीमा सुत्केरीलाई पोषण सामाग्री वितरण

चौदण्डीगढीमा सुत्केरीलाई पोषण सामाग्री वितरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० चौदण्डीगढी नगरपालिकाका सुत्केरी महिलाहरुलाई ‘जनतासंग उप मेयर’ कार्यक्रम अन्तर्गत पोेषण सामाग्री वितरण गरिएको छ । गत आर्थिक वर्ष झै यो चालु आर्थिक वर्षमा पनि पालिकाले प्रत्येक वडाको गाउँ, टोलवस्तिहरुमा रहेका सुत्केरीहरुका लागि पोषण युक्त खाद्य सामग्री वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । पालिकाले बहुपोषण क्षत्रीय कार्यक्रम अनुसार पोषण प्याकेज वितरण कार्यत्रक्रमलाई निरन्तरता दिएको हो । जेठी मन्सुली चामल, मुसुरी दाल, तोरीको तेल, डेरी घ्यू, मेथी, जिरा, धनिया साबुन, आयोडीन युक्त नुन, ज्वानो लगायतका पोषण सामग्रीहरु सुत्केरीलाई प्राप्त गरिएको छ । बुधबारमात्रै तीन वटाहरुमध्ये ५ नं. मा १ सय २० जना, ९ नं. मा ४५ जना  र १० नं.मा ३० जना सुत्केरी महिलाहरूलाई कोशेली प्याकेज  वितरण गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । बाँकी वडाहरुमा पनि आलोपालो वितरण गरिने स्वास्थ्य शाखा...
उदयपुरमा आज ३५ जनामा कोरोना संक्रमण

उदयपुरमा आज ३५ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३० उदयपुरमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १४ महिला र २१ पुरुषमा कोरोना संक्रमण देखिएको हो । आज थप ३५ जना संक्रमित थपिए सँगै जिल्लामा कुल संक्रमितको संख्या ३११ पुगेको छ । आज पनि त्रियुगामा सबै भन्दा बढी संक्रमित २६ जना रहेको छ भने चौदण्डीगढीमा ९ जना संक्रमित थपिएको छ । आज मुत्यु र निको हुनेको संख्या भने बढेको छैन् । हाल निको हुनेको संख्या हिजोकै एथावत ४ रहेको छ भने मृत्युको पनि ७ रहेको छ ।  ...
प्रदेश १ को उदयपुरसहित पाँच जिल्लामा कोविड उपचार हुने

प्रदेश १ को उदयपुरसहित पाँच जिल्लामा कोविड उपचार हुने

समाचार, स्वास्थ्य
उदयपुर, वैशाख २९ कोरोनाको महामारी बढेसंगै संक्रमितलाई जिल्ला अस्पतालबाटै सेवा दिने व्यवस्था प्रदेश सरकारले गरेको छ । बुधबार बसेको प्रदेशसभा सामाजिक विकास समिति बैठकले उदयपुर, सुनसरी, धनकुटा, पाँचथर र संखुवासभा जिल्ला अस्पतालमा उपचार गर्न सक्ने सबैखाले पूर्वाधार तयार रहेकाले तत्काल कोभिड उपचार सेवा सुरू गर्न निर्देशन दिएको हो । बाँकी जिल्ला अस्पतालमा पनि आवश्यक पूर्वाधार तयार गरी कोविड संक्रमितको उपचार सेवा सुरू गर्न निर्देशन दिएको प्रदेशसभा सामाजिक विकास समितिकी सभापति सरिता थापाले बताउनुभयो । अस्पताल खोज्दाखोज्दै संक्रमितले उपचार नपाएर ज्यान जान थालेपछि जिल्ला अस्पतालमै उपचार सेवाको व्यवस्था गरिने भएको छ । समितिले सबै निजी अस्पतालमा पनि कोविडको उपचार सुरू गर्न निर्देशन दिएको छ । प्रदेश सरकारले गतवर्ष नै स्थापना गरेको कोशी कोभिड अस्पताल हाल बन्द रहेको तथा धरानको विपी स्वास्थ्य विज्ञा...
अक्सिजनको अभावमा ८ संक्रमितको ज्यान गयो

अक्सिजनको अभावमा ८ संक्रमितको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३० अक्सिजनको अभावमा कोरोना संक्रमित ८ जनाको रुपन्देही हस्पिटलमा उपचरको क्रममा मृत्यु भएको छ । बिचमै अक्सिजन सकिएर आउनु पर्ने अक्सिजन समेत नआईपुग्दा बिरामीको ज्यान गएको हस्पिटलले जनाएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जना र भीम अस्पतालमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको हो । ‘आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु हुन पुग्यो’ गएको अस्पतालका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । भीम अस्पतालमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३९ वर्षीय पुरुष, ओमसतिया गाउँपालिका–२ की ७० वर्षीया महिला र सिद्धार्थनगर नगरपालिका–४ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो । संक्रमितले प्रयोग गरेका सिलिण्डरमा अक्सिजन सकिएर करिब ८ मिनेटसम्म अक्सिजन सप्लाई हुन नसक्दा उनीहरुले ज्यान गुमाएका हुन...
उदयपुरमा कोरोना संक्रमित २७९ पुग्यो, ७ जनाको मृत्यु

उदयपुरमा कोरोना संक्रमित २७९ पुग्यो, ७ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २९ । उदयपुरमा आज दुई वडाध्यक्षसहित ३२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या २७९ पुगेको छ । दुई वडाध्यक्ष त्रियुगा नगरपालिकाका हुन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिने संक्रमितहरु त्रियुगा नगरपालिकाका १६, कटारी नगरपालिकाका १५ र उदयपुरगढीका १ जना रहेका छन् । कोरोनाका कारण उदयपुरका दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा त्रियुगा नगरपालिका ५ का ५० वर्षिय महिला रहेकी छिन् । उनको विराटनगरमा उपचारको क्रममा ज्यान गएको हो । त्यसैगरी त्रियुगा नगरपालिकाकै वडा नं. १३ का ३६ वर्षिय युवकले पनि ज्यान गुमाएका छन् । उनको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । संक्रमित अधिकांशलाई होम आइसोलेशनमा राखिएका छन् । संक्रमित मध्ये २ सय ४३ जना होम आ्इसोलेशनमा छन् भने बाँकीको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ ...