Wednesday, August 19News That Matters

स्वास्थ्य

नेपालमा थप ८३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ८३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख ३ नेपालमा थप आठ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसहित गत २४ घण्टामा नौ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा दुई लाख ८२ हजार आठ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई सय आठ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार आठ सय १२ पुगेको छ । अहिले नेपालमा पाँच हजार आठ जना सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ७० जना पुगेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अन...
नेपालमा थप ५३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ५३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
बैशाख २  नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९० जना र पाँच सय ६४ जनाको एन्टिजेन परिक्षण गर्दा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको छ । त्यस्तै २४ घण्टामा एक सय ५७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६ सय चार पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेर ४३ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६६ पुगेको मन्त्रालयले जनाएको छ ।...
झापाका एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो

झापाका एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २ कोरोना संक्रमणबाट झापाका एक पुरुषको ज्यान गएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । विर्तामोड नगरपालिका–८ निवासी उनी केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको हिजो राति ज्यान गएको हो । उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।...
बुटवलमा पर्वतका एक कोरोना संक्रमितको मृत्यु

बुटवलमा पर्वतका एक कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
वैशाख २ ।  बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा पर्वतका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । पर्वतको पैयुँ–५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । उनी हालै मात्र भारतबाट घर फर्केका थिए । १० दिनदेखि उच्च ज्वरो आए पनि उनको ५ दिन अघिमात्र स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । चैत २९ गते लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ ६ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा निमोनिया र खोकीको समेत समस्या रहेको अस्पतालले जनाएको छ । कोरोना अस्पतालमा तीन दिनअघि मात्रै तीनजना संक्रमितको मृत्यु भएको थियो ।...
देशभरको प्रदूषण कायमै

देशभरको प्रदूषण कायमै

समाचार, स्वास्थ्य
बैशाख २ काठमाण्डौसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै रहेको छ । देशका विभिन्न ठाउँको वायु अहिले अति अस्वस्थ अवस्थामा रहेको वातावरण विभागले जनाएको छ । अहिले धनगढी, भरतपुरलगायत ठाउँको वायु सबैभन्दा धेरै प्रदूषित देखिएका छन् । यी क्षेत्रहरुको वायु प्रदूषण मापन गर्ने एक्यूआई २ सयभन्दा माथि छ । २ सयभन्दा माथि एक्यूआई हुनुलाई अति अस्वस्थकर अवस्था मानिन्छ । त्यस्तै विश्वभर प्रदूषित सहरहरुको तुलनामा नेपालको काठमाण्डौमा सबैभन्दा धेरै प्रदूषण कायमै रहेको विभागले जनाएको छ । काठमाण्डौको एक्यूआई १९४ मापन गरिएको छ । सबैभन्दा प्रदूषित सूचीमा भारतको नयाँ दिल्ली, चिनको वुहानलगायत रहेका छन् । भारतको नयाँ दिल्लीको एक्यूआई २ सयको हाराहारीमा रहेको छ । यसैबीच, प्रदूषण र कोरोना सङ्क्रमणको डर कायमै रहेकोले आवश्यक स्वास्थ्य सावधानी अपनाउन र मास्क लगाउन डाक्टरले सुझाव दिएका छन् । मास्क...
भारतमा एकैदिन २ लाखमा कोरोना सङ्क्रमण पुष्टि

भारतमा एकैदिन २ लाखमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
बैशाख २ भारतमा पछिल्लो २४ घण्टामा झण्डै दुई लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ गत २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ ।  योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ७३ हजार १ सय ५२ जनाको ज्यान गएको जनाइएको छ । कोरोना भाईरसको संक्रमण तिब्र रुपले फैलिदै गएपछि भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएको छ । विश्वमा अमेरिकापछि भारत कोरोेनाका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । सङ्क्रमण फैलिएसँगै भारतको राजस्थानमा बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागेको छ । त्यहाँका शिक्षण संस्थाहरु सबै बन्द छन् । यस्तै, विवाहका लागि अनुमति लिनु पर्ने भएको छ । सरकारी कार्यालयहरूमा ५० प्रतिशत मात्रै कर्मचारीले सेवा दिने छन् । राजस्थानसँगै दिल्ली, मध्यप्रदेश, ...
गाईघाटको NJP अप्टिकलमा नयाँ बर्ष अफर, बैशाख महिना भरी निशुल्क आँखा सिविर,  हरेक चस्मा खरिदमा ३० प्रतिशत छुट्

गाईघाटको NJP अप्टिकलमा नयाँ बर्ष अफर, बैशाख महिना भरी निशुल्क आँखा सिविर, हरेक चस्मा खरिदमा ३० प्रतिशत छुट्

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १ भर्खरै संञ्चालनमा आएको NJP अप्टिकल चस्मा पसलले १ महिने निशुल्क आँखा सिविर संञ्चालन गर्ने भएको छ । नयाँ बर्ष २०७८ को सो अवसरमा हरेक प्रकारको चस्मा खरिदमा ३० प्रतिशत छुटका साथै निशुल्क आँखा सिविरको आयोजना गरिएको अप्टिकलका प्रोपाईटर जावेद अख्तर खानले बताउनुभयो । नयाँ बर्षको सुबर्ण अवसरमा सम्पूर्णमा ग्राहाकहरुमा शुभकामना र उत्तर उत्तर प्रगति स्वास्थ्य तथा दिर्घायुको कामना गर्दै मानव जिवनमा आँखा जस्तो महत्वपूर्ण अंगलाई बिषेश ध्यानमा राखी यो सिविर संञ्चालनमा ल्याएको खानले बताउनुभयो । सिविरमा सामान्य आँखाको समस्यालाई अप्रेसन समेत गर्ने व्यवस्था सहित ठुलो समस्यालाई भने भरपर्दो आँखा हस्पिटलमा रेफर गरिने खानले बताउनु भएको छ । आँखाको मोतिया विन्दु र आँखा सँबन्धि सबै खाले समस्याहरुको चेक गर्नुका साथै पावर चेकहरु समेत गरिने बताउनभुयो । यस अप्टिकलले उद्घाटन समारोहमा पनि ...
१६ नं वडा सुकौरामा पनि ल्याव सहितको स्वास्थ्य सेवा सुरु

१६ नं वडा सुकौरामा पनि ल्याव सहितको स्वास्थ्य सेवा सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १ त्रियुगा नगरपालिका १६ नं वडाले स्वास्थ्य क्षेत्रलाई बिषेश ध्यान दिँदै वडामै ल्याव सहितको स्वास्थ्य सेवा संञ्चालनमा ल्याएको छ । मंगलबार वडा अध्यक्ष मान वहादुर राईले ल्यावको उद्घाटन गरी सेवा संञ्चालनमा ल्याएको हो । आधारभुत स्वास्थ्य केन्द्र सुकौरामै अब ल्याव सहितको सेवाले स्थानीय तथा वडावासीहरुमा खुसी छाएको छ । अव सानो तिनो स्वास्थ्य समस्यामा पनि बढी खर्च गरी सदरमुकाम धाई राख्नु नपर्ने स्थानीयहरुको भनाई छ । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष राईले जनताको मर्म भावना अनुरुप सेवा गर्नु आफ्नौ कर्तब्य भएको बताउनुभयो । उहाँले अब छिट्टै एम्बुलेन्स सेवा तथा प्रसुती सेवा प्रवाह गर्न लागीपरेको समेत बताउनुभयो । राईले स्थानीय सरकारको प्रमुख बुदाको रुपमा रहेको स्वास्थ्य क्षेत्रलाई वडाले प्राथामिकताको साथ ध्यानमा राखेको बताउनुभयो । नगरको दुर्गम वडाको रुपमा रहेको भएपनि विकासको...
एक महिना विद्यालय बन्द गर्दै स्वास्थ्य मन्त्रालय

एक महिना विद्यालय बन्द गर्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्ने भएको छ। मन्त्रालयले एक महिना बन्द गर्न सिफारिस गरेको हो । साथै अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । कोरोनाको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएपछि यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको हो । मन्त्रालयका अनुसार १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन बनेको छैन । स्रोतका अनुसार यसबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ ।...
कोरोना महामारीको अन्त्य हुन समय लाग्ने

कोरोना महामारीको अन्त्य हुन समय लाग्ने

समाचार, संसार, स्वास्थ्य
चैत ३१ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा कोरोना महामारीको अन्त्य हुन समय लाग्ने जनाएको छ । विश्वमा कोरोना सङ्क्रमित थपिने क्रम बढ्दै गएको र सङ्क्रमितहरुले ज्यान गुमाएकाले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न डब्ल्यूएचओले आग्रह गरेको छ । कोरोना महामारी अन्त्य हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिईएको छ । समाज, अर्थतन्त्र, व्यापार, यात्रा जस्ता क्रियाकलाप पुनः सुरु भएको देख्ने सबैको चाहना भए पनि महामारी नियन्त्रणको विकल्प स्वास्थ्य मापदण्डका पालना गर्नु नै रहेको जनाइएको छ । कोरोनाको सङक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको डब्ल्यूएचओले जनाएको छ । कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिका रहेको छ । त्यसपछि भारत विश्वमा दोस्रो सबैभन्दा धेरै सङ्क्रमित रहेको सूचीमा छ । गत २४ घण्टामा भारतमा १ लाख ६० ह...