Thursday, August 20News That Matters

स्वास्थ्य

आज ११७० जना  कोरोना संक्रमित थपियो

आज ११७० जना कोरोना संक्रमित थपियो

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,भदौ २९ आज देशभर थप १ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएको छ । गएको २४ घण्टामा मात्रै यो संख्यामा संक्रमित बढेको हो । यता आजै मात्र मृृत्यु हुनेको संख्या १५ रहेको छ । बितेको २४ घण्टामा १५ जनाको मृत्यु भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको कुल संख्या ५५ हजार तीन सय २९ पुगेको छ । यता मृत्यु हुनेको ुसंख्या पनि तीन सय ६० पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १५ हजार तीन सय ९३ जना रहेको मन्त्रलयले जनाएको छ ।  त्यसैगरी बितेको २४ घण्टामा आठ सय ८९ जना संक्रमित डिस्र्चाज भएर घर फर्केका छन् यो संगै निको हुनेको कुल संख्या ३९ हजार पाचँ सय ७६ पुगेको छ ।...
होम आइसोलेसनमा कोरोना संक्रमित वृद्धाको मृत्यु

होम आइसोलेसनमा कोरोना संक्रमित वृद्धाको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,भदौ २८ कारोना संक्रमणबाट होम आईसोलेसनमा एक वृद्धाको मृत्यु भएको छ । चितवनको होम आइसोलेसनमा रहेकी संक्रमित भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । मृत्यु भएकी वृद्धा अल्सर र क्यान्सरको बिरामी रहेको अस्पतालले जनाएको छ । यो संगै चितवनमा  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । चितवनमा कुल एक हजार दुई सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमध्ये होम आइसोलेसनमा २५० जना भन्दा बढी रहेका छन् ।...
उदयपुरमा थपियो एक कोरोना संक्रमित, संक्रमितकाे संख्या ११८ पुग्याे

उदयपुरमा थपियो एक कोरोना संक्रमित, संक्रमितकाे संख्या ११८ पुग्याे

समाचार, स्वास्थ्य
उदयपुर, भदौ २७ । उदयपुरमा आज जनामा कारोना पुष्टि भएको छ । यो संगै उदयपुरमा कोरोना संक्रमित हुनेको संख्या १ सय १८ जना पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार बेलका नगरपालिकाका ३० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । बाहिरी देशबाट आएर पालिकाको क्वरेन्टाइनमा बस्दै आएको उनको तीनदिनअघि स्वाव संकलन गरी परिक्षण भएको थियो ।...
रौतामाई गाउँपालिकाको औषधि खरिद प्रक्रियामा कमजोरी नरहेको अध्यक्ष खड्काको दावी

रौतामाई गाउँपालिकाको औषधि खरिद प्रक्रियामा कमजोरी नरहेको अध्यक्ष खड्काको दावी

समाचार, स्वास्थ्य
उदयपुर, भदौ २७ । उदयपुरकाे रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले पालिकाको औषधि खरिद कार्य प्रक्रिया पुरा गरेर नै भएको बताउनुभएको छ । स्वास्थ्य उपचारपछि काठमाडौंबाट गृह जिल्ला फर्किनु भएका अध्यक्ष खड्काले केही मिडियामा भनिए जस्तो औषधि खरिद प्रक्रियामा कमजोरी नरहेको बताउनुभयो । औषधी र सर्जिकल सर्जिकल स्वस्थ्य सामग्री खरिद गर्नका लागि सार्बजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ एवम् अन्य नेपाल कानुनको अधिनमा रहेरै खरिद प्रक्रिया पुरा गरेको अध्यक्ष खड्काको भनाई छ । आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ लाख रुपैया विनियोजन गरी गाउँपालिकाको निर्णयानुसार सिलबन्दी दरभाउ पत्र आव्हान गरिएको बताउनुभयो । उदयपुरको बरुवाटाइन्स दैनिक र काठमाडौंको सिटिपोष्ट दैनिकमा भदौ ५ गते सूचना प्रकाशन भएको र सूचनाको आधारमा ६ वटा सप्लायर्सहरुले फर्म खरिद गरेको उहाँको भनाई छ । पालिकामा समेत सूचना...
नेपालमा थप १४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २६ नेपालमा आज थप एक हजार चार सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार नौ सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार सात सय एक जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक  जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । त्यस्तै गत २४ घण्टामा नौ सय ७२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ । अब नेपालमा १४ हजार नौ सय २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । तीमध्ये एक सय ७० जना आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै ६ हजार ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा  पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएसँगै मृत्यु हुनेको संख्या तीन सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।...
बाल मृत्युदर पहिलेकै अवस्थामा फर्कन सक्ने

बाल मृत्युदर पहिलेकै अवस्थामा फर्कन सक्ने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २६ कोरोना महामारीले गर्दा बाल मृत्युदर पहिलाकै अवस्थामा फर्कन सक्ने संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले चेतावनी दिएको छ । बाल मृत्युदर घटाउन पछिल्लो दशकमा हात पारेको उपलब्धि कोरोनाको कारण जोखिममा परको युनिसेफले जनाएको छ । सन् २०१९ मा विश्वभर इतिहासकै सर्वाधिक कम अर्थात् ५२ लाख बालबालिकाको मृत्यु भएकोमा कोरोना महामारीले गर्दा बाल तथा मातृ स्वास्थ्य सेवाहरू बन्द हुन पुगेकाले थप लाखौँ बालबालिकाको जीवन जोखिममा परेको जनाएको छ । नेपालमा लकडाउन अघिको तुलनामा गर्भवती परीक्षणमा ६० प्रतिशतले र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा ३५ प्रतिशतले कमी आएको युनिसेफले जनाएको छ । यसले गर्दा नेपालमा बाल तथा मातृ मृत्युदरमा उल्लेख्य वृद्धि हुन सक्ने त्रास छाएको छ । युनिसेफले यसै वर्ष गरेको सर्वेक्षणका अनुसार नवजात शिशुको लागि अत्यावश्यक सेवा, गर्भवती परीक्षण, स्...
कोरोनाबाट थप एकको मृत्यु

कोरोनाबाट थप एकको मृत्यु

समाचार, स्वास्थ्य
पुणपुष्टि,भाद्र २६ कोरोना बाट आज थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विषेश अस्पतालमा उपचार्थ ५५ बर्षिय पुरुषको मृत्यु भएको हो । ति पुरुष पश्चिम नवपरासी सुस्ता गाउँपालिका ५ का रहेको जिल्ला अस्पताल वुटवलले जनाएको छ । अस्पतालका अनुसार ती व्यक्ति कलेजोसम्बन्धी समस्या र मधुमेह रोगी रहेको जनाएको छ । संक्रमित पुरुषको उपचारकै क्रममा बिहान ११ बजे मृत्यु भएको थियो । ज्वरो आउने, खोकी लाग्ने समस्या देखिएपछि १९ गते नै उनलाई अस्पताल ल्याई पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । उनको कोरोना रिपोट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।  । योसँगै उक्त अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । अस्पतालमा सामान्य कक्षमा ३५, आईसीयूमा १७ र भेन्टिलेटरमा दुई जना उपचाररत छन् ।  ...
गण्डकी प्रदेशमा थप ६५ कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ६५ कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २६ गण्डकी प्रदेशमा थप ६५ जना कोरोना संक्रमण पुष्टि भएका छन् । नवलपुरका ३३ जना, कास्कीका १२ जना, तनहुँका ११ जना, लमजुङका ५ जना, स्याङजाका र पर्वतका २÷२ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तनहुँका ५ जना संक्रमित प्रहरी हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको जनाईएको छ । क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्रमा भएको परीक्षबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकीमा संक्रमितको संख्या दुई हजार सात सय ९५ पुगेको छ ।...
पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २६ कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनी भदौ २४ गते अस्पतालमा भर्ना भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्या थियो कि थिएन भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन ।...
आत्महत्या रोक्न २ अस्पतालमा हेल्पलाइन

आत्महत्या रोक्न २ अस्पतालमा हेल्पलाइन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २६ सरकारले आत्महत्या रोक्नका लागि दुई वटा अस्पतालमा हेल्पलाइन सुरु गरेको छ । आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आत्महत्या रोकथाम हेल्पलाइन सुरु गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । लगनखेलमा रहेको मानसिक अस्पतालमा ११६६ नम्बर र त्रिवि शिक्षण अस्पतालमा १६६०–०१–२१६०० नम्बरको फोनमा निःशुल्क हेल्पलाइनको व्यवस्था गरिएको छ । दुवै नम्बरमा कुनै पनि व्यक्तिले फोन गरे मनोचिकित्सकबाट परामर्श पाउने जनाईएको छ । मानसिक अस्पतालमा बिहान ८ः ०० देखि साँझ ८ः ०० बजेसम्म र त्रिवि शिक्षण अस्पतालमा २४ घण्टा नै मनोचिकित्सकले परामर्श दिने व्यावस्था रहेको छ । नेपालमा हरेक दिन १७ जनाले आत्महत्या गर्ने गरेका छन् । नेपाल विश्वमा आत्महत्याबाट मृत्यु हुने देशमध्ये सातौँ स्थानमा रहेको छ ।...