Thursday, August 20News That Matters

स्वास्थ्य

नेपालमा थप १२२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १२२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १८ नेपालमा आज थप एक हजार दुई सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४२ हजार आठ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार चार सय १३ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय २८ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । त्यस्तै गत २४ घण्टामा थप नौ सय १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार दुई सय सात पुगेको मन्त्रालयले जनाएको छ । अब १८ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै गत २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।...
उदयपुरका कोरोना संक्रमित मृतकको सम्पर्कका सवैको रिर्पोट ‘नेगेटिभ’

उदयपुरका कोरोना संक्रमित मृतकको सम्पर्कका सवैको रिर्पोट ‘नेगेटिभ’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १८ कोरोना संक्रमणबाट मृत्यु भएका उदयपुरको शिक्षकको सम्पर्कमा रहेका सवैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमणबाट मृत्यु भएका त्रियुगा नगरपालिका–४ मिलन चोक सार्की टोल निबासी ५२ वर्षिय शिक्षकको सम्पर्कमा रहेका आफन्त, विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मी सवैको रिपोर्ट नेगेटिभ आएको हो । मृतकका कन्ट्राक्ट टे«सिममा परेका ५६ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका शिक्षकको श्रीमति, भाई, भान्जा, छोराहरुको रिपोर्ट यसअघि नै नेगेटिभ आएको थियो । मृतक कार्यारत त्रियुगा नगरपालिका–७ जनता माध्यमिक विद्यालय कौवाइको शिक्षक शिक्षिकाको पनि स्वाब संकलन गरी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ । त्यस्तै ज्वरो आएर ३ दिनसम्म बेड भर्ना भएका राजेश हेल्थ केयर सेन्टर मोतिगडाका संचालक लगायत स्वास्थ्यकर्मी र अन्य आफ्न्तहरुको पनि रिप...
कोरोना संक्रमणबाट बुटवलमा २ जनाको मृत्यु

कोरोना संक्रमणबाट बुटवलमा २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १८ कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको सैनामैना–११ सालझण्डीकी ७७ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । त्यस्तै बुटवलको सामुदायिक मुटु अस्पतालमा उपचाररत प्यूठानको स्वर्गद्धारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको पनि तएराति मृत्यु भएको अस्पतालले जनाएको छ । यही भदौ १० गते भर्ना भएका पुरुषमा १६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।...
चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १८ चितवन मेडिकल कलेजमा उपचारत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका– ११ की ४० वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हो । यही भदौ ५ गते श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनीको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै चितवनमा कोरोना संक्रणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको छ ।...
भारतमा एकैदिन ८३ हजारमा कोराना संक्रमण पुष्टि

भारतमा एकैदिन ८३ हजारमा कोराना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १८ भारतमा एकै दिन ८३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८२ हजार आठ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै गत २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट एक हजार २६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । अहिलेसम्म भारतमा ३८ लाख ४८ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भईसकेको छ भने ६७ हजार चार सय ८६ जनाको मृत्यु भईसकेको जनाईएको छ । कुल संक्रमित मध्ये २९ लाख ६७ हजारभन्दा धेरै निको भईसकेको जनाईएको छ । विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ८१ हजार सात सयभन्दा धेरै सङ्क्रमित थपिँदा संक्रमितको संख्या दुई करोड ६१ लाख ७३ हजारभन्दा धेरै भएको जनाईएको छ । उक्त संक्रमित मध्ये आठ लाख ६६ हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको छ भने एक करोड ८४ लाख २४ हजारभन्दा धेरै निको भएका छन् ।...
नेपालमा एकैदिन १११२ जना कोरोना मुक्त

नेपालमा एकैदिन १११२ जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ नेपालमा आज थप एक हजार एक सय १२ जना उपचारपछि निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २३ हजार दुई सय ९० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो संख्या कुल सङ्क्रमितको ५६ प्रतिशत हो । प्रदेश १ एक हजार सात सय ८७, प्रदेश २ मा ६ हजार ३४ र वाग्मती प्रदेशमा एक हजार पाँच सय ६९ जना डिस्चार्ज भएका हुन् । त्यस्तै गण्डकी प्रदेशमा एक हजार सात सय नौ, प्रदेश ५ मा पाँच हजार ६६, कर्णाली प्रदेशमा दुई हजार एक सय ३७ र सुदूरपश्चिम प्रदेशमा चार हजार नौ सय ८८ जना डिस्चार्ज भएका हुन् । सङ्क्रमितमध्ये सघन उपचार कक्ष (आईसीयू) मा एक सय ४४ जना र भेन्टिलेटरमा १८ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाण्डौ, ललितपुर, चितवन र रुपन्देही जिल्लाहरुमा पाँच सयभन्दा धेरै सक्...
४ जना शिशु जन्माएकी महिलाको मृत्यु, श्वासप्रश्वासमा समस्या

४ जना शिशु जन्माएकी महिलाको मृत्यु, श्वासप्रश्वासमा समस्या

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, भदौ १७ ४ जना शिशु जन्माएर स्वाथ्य अवस्था गम्भिर रहेकी जनकपुर धनुषाकी एक महिलाको मृत्यु भएको छ । महिलाले एकै पट ४ जना शिशु जन्माएकी थिइन । विदेह नगरपालिका सात जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ काव्या अस्पतालमा चार शिशुलाई जन्म दिएकी थिइन । अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको एक छोरा र तीन छोरीको अवस्था पनि अस्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको सिंहले जानकारी दिए । बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृतयु भएको अस्पतालले जनाएको छ । महिलाको मृत्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको छ ।...
नेपालमा आज थप ११२० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा आज थप ११२० जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ नेपालमा आज थप एक हजार एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार एक सय १२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार दुई सय ९० पुगेको छ । अब नेपालमा १८ हजार एक सय आठ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ५१ पुगेको मन्त्रालयले जनाएको छ ।...
वीरगञ्जमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरिया टोल बस्ने ९७ वर्षीय वृद्धको संक्रमणबाट मृत्यु भएको हो । उनको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा आज विहानको राती मृत्यु भएको अस्पतालले जनाएको छ । उनको यहि भदौ १२ गते स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा उनलाई भर्ना गरिएको थियो । ती वृद्धमा मुटु रोगी र दमको समस्या साथै उच्च रक्तचापको समेत समस्या रहेको अस्पतालले जनाएको छ । योसँगै पर्सामा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या  ५५ पुगेको छ ।...
नियमित स्याउ खादाँ स्तन र आन्द्राको क्यान्सरलाई राख्छ टाढा

नियमित स्याउ खादाँ स्तन र आन्द्राको क्यान्सरलाई राख्छ टाढा

स्वास्थ्य
नियमित स्याउ खाएमा हाम्रो शरीरमा आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । खासगरी, ब्रेकफास्टका रूपमा खानु उपयुक्त मानिन्छ । स्याउ बोक्रासहित खानु अनिवार्य छ । ब्रोका निकालेर खाँदा पोषक तत्व निस्केर जान्छ । फाइदा - स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ । - स्याउ सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत् राख्न पनि सघाउ पु९याउँछ । - स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ । पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमशः कम हुँदै जान्छ । - स्याउले शरीरमा रहेको पिएचको मात्रालाई नियन्त्रण गरी पाचनप्रणाली दुरुस्त बनाउन मद्दत गर्छ । - स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । ...