पूर्णपुष्टि, असार १७
आज सुनको भाउ फेरी बढेको छ । सुन तोलाको ५ सय बढेर तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको हो ।
चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पूर्णपुष्टि, असार १७
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।
मूल्य वृद्धि भएपछि काठमाण्डौ उपत्यकामा पेट्रोल १ सय १ रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्य सूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको जनाएको छ ।...
पूर्णपुष्टि, असार १६
आज शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेको छ । हिजो नकारात्मक सर्किट ब्रेक लागेर केही समय बन्द भएको नेप्से आज भने तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो ।
आज कारोबार सुरु भएको एक घन्टा नपुग्दै चार प्रतिशतले बढेपछि २० मिनेट सर्किट ब्रेक लागेको थियो । दोस्रो पटक पाँच प्रतिशतको सर्किट लागेर ५० मिनेट बन्द भएको बजार तेस्रो पटक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द भएको हो ।
होटल र म्युचल फण्डबाहेक सबै जसो समूहको शेयर उकालो लागेपछि ६ प्रतिशतले बढेको नेप्से १२ सय ६०.७५ बिन्दुमा पुगेको छ । आज जीवन बीमा समूहको शेयर ६ सय ३४ अङ्कले, निर्जीवन बीमा समूहको शेयर दुई सय ९६ अङ्कले र उत्पादन एक सय २२ अङ्कले उकालो लागेको छ ।
आज २२ करोड ७२ लाख रुपैयाँ बराबरका चार लाख ८९ हजार पाँच सय कित्ता शेयर किनबेच भए । आज नागरिक लगानी कोष, एसियन, सूर्य, नेपाल, नेशनल लाइफ इन...
पूर्णपुष्टि, असार १६
आज सुनको भाउ घटेको छ । केहि दिनदेखि निरन्तर बढिराखेको सुनको आज तोलामा १ सय रुपैयाँले घटेको हो ।
अहिले तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी भने हिजोकै भाउ तोलाको ९सय ४५ रुपैयाँमा कारोबार भैरहेको जनाएको छ ।
पूर्णपुष्टि, असार १५
कोरोना भाईरसको कारण बन्द रहेको धितोपत्र बजारको नियमित कारोबार आजदेखि सुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको बैठकले आजदेखि धितोपत्रको दोस्रो बजार कारोबार सुरु गर्न लागेको हो ।
दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको बोर्डले जनाएको छ ।
लगानीकर्ताको शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएको छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोरोना सुरक्षाका उपाय पालना गरी कारोबार गर्नु पर्नेछ ।
धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि नअपनाइ कार्यालय ...
मिलन परियार
लिम्चुङ्बुङ, असार १५
लिम्चुङ्बुङ गाउँपालिका– ५ जाँतेले आगामी आर्थीक वर्ष २०७७/०७८ को लागी नीति, कार्यक्रम तथा बजेटेमा पहिलो प्राथमिकता भौतिक पूर्वधारलाई दिएको छ ।
पालिकाबाट प्राप्त भएको ४० लाख बजेट मध्ये भौतिक पूर्वधारमा २८ लाख, सुत्केरी महिलासंग वडाध्यक्ष पोषण कार्यक्रममा २ लाख, लक्षित वर्ग २ लाख २५ हजार, शिक्षा तर्फ ३ लाख, युबा तथा खेलकुद ६० हजार, पत्रपत्रिका ४० हजार, पर्यटन तथा सस्कृती प्रवद्र्धनमा २ लाख ८५ हजार, चर्च तथा मन्दिर ब्याबस्थापन ९० हजार, खानेपानी ५० हजार, बिपत न्यूनीकरणमा ४० हजार बजेट बिनियोजन गरिएको लिम्चुङ्बुङ गाउँपालिका–५ का वडाध्यक्ष केशरकुमार खड्काले बताए ।
चालुआव २०७६/०७७ को पुजिगत बजेट ५० लाख र प्रदेश सरकारबाट प्राप्त १० लाख बजेट सडक निर्माण तथा मर्मत ५१ लाख ६५ हजार, समाबेसी तर्फ २ लाख ५ हजार, शिक्षा तर्फ २ लाख, स्वास्थ्य तर्फ १ लाख, सन्चार...
पूर्णपुष्टि, असार ११
कोरोना संक्रमणको कारणले अर्थव्यवस्थाको सुरुवाती अवस्थामा अनुमान गरेका ेभन्दा ठूलो असर देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले जनाएको छ ।
महामारी बढ्दै गएकालो विश्वको अर्थतन्त्रमा सुरुमा अनुमान गरिएको भन्दा पनि ठूलो असर आइपर्ने आईएमएफको अनुमान छ ।
आईएमएफको अनुमान अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउनेछ । गतको अप्रिलमा आईएमएफले अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने जनाएको थियो ।
कोरोना संक्रमणबाट जोगिन विभिन्न देशहरुले लकडाउन गरेपछि विश्वको अर्थतन्त्रमा असर थपिंदै गएको आईएमएफको भनाई छ ।
दूरी कायम गर्नुपर्ने अवस्थाका कारण मानिस घरबाहिर निस्केका छैनन् भने खर्चमा कमी गर्नुपर्ने बाध्यता छ । यसले गर्दा माग पनि कम भएपछि अर्थव्यवस्थामा असर परिरहेको छ ।...
पूर्णपुष्टि, असार १०
आठ वटा पालिका रहेको उदयपुरमा आज असार १० गते सबै पालिकाले गाउँ/नगरसभा आयोजना गर्न सकेन । चार गाउँपालिका र चार नगरपालिका रहेको जिल्लामा एक गाउँपालिका र एक नगरपालिकाले सभा गर्न नसकेको हो ।
नीति कार्यक्रम तथा वजेट घोषणाका लागि हुने गाउँ÷नगरसभा आन्तरिक तयारी नपुगेको भन्दै कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकाले आयोजना गर्न नसकेको हो । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले पालिकाको आन्तरिक तयारी पुरा नभएकाले आज नगरसभा आयोजना नभएको जानकारी दिनुभयो । आगामी १६ गते मिति तय गरिएको उहाँले बताउनुभयो । त्यस्तै उदयपुरगढीको सबै वडासभा भइनसकेकाले गाउँसभा आज हुन नसकेको एक कर्मचारीले जानकारी दिए ।
एकमात्र गाउँपालिका रौतामाई गाउँपालिकाले भने गाउँसभा आजै सम्पन्न गरेको जनाएको छ । पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार आगामी वर्षका लागि ४७ करोड ४० लाख ६५ हजार अनुमानित ...
पूर्णपुष्टि, असार १०
उदयपुरको रौतामाई गाउँपालिकाले गरिबलाई च्यादर, सुत्केरीलाई कोसेली जस्ता लोकप्रीय कार्यक्रम घोषणासहित गाउँसभा आज सम्पन्न गरेको छ ।
पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार ४७ करोड ४० लाख ६५ हजार अनुमानित बजेट पास गर्दै गाउँसभा सम्पन्न भएको हो । बजेट तथा योजनामा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । पूर्वाधार विकासतर्फ ७ करोड ७८ लाख बजेट विनियोजन भएको छ भने दोस्रो प्राथमिकतामा अािर्थक विकासलाई राखिएको छ । आर्थिक विकासतर्फ १ करोड ८२ लाख विनियोजन भएको छ । सामाजिक विकासतर्फ १ करोड ६८ हजार ९० लाख रहेको छ । त्यस्तै वातावरण तथा विपद्तर्फ १ करोड ३० लाख, समपुरक कोषको लागि १ करोड २० लाख, कोभिड १९ नियन्त्रणका लागि १ करोड ११ लाख बजेट बिनियोजन भएको छ ।
त्यसैगरी विदेशबाट फर्किआएकाहरुका लागि युवा स्वरोजगारका लागि ५० लाख, गरिबीका रेखामुनीकाको घरको छानो विस्तार गरी ४ बण्...
पूर्णपुष्टि, असार १०
त्रियुगा नगरपालिकाको पाँचौँ नगर सभामा आगामी आर्थीक वर्ष २०७७/७८ को लागी १ अर्व २ करोड ७ लाख ९६ हजार बजेट ल्याएको छ ।
नगरसभामा मेयर बलदेव चौधरीले आगामी आवको लागी अनुमानित शसर्त अनुदान तर्फ ४७ करोड ७९ लाख गरी १ अर्व २ करोड ७ लाख ९६ हजार ६ सइ ४९ रुपैया ८८ पैसाको बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष ७७ लाख ८५ हजार ६ सय ४९ रुपैयाले बढी बजेट ल्याएको हो ।
आय तर्फ वित्तीय समानीकरणमा २१ करोड १ लाख, राजश्व वाँडफाँडमा १६ करोड ३ लाख २७ हजार ७१ रुपैयाँ, प्रदेश सरकार वित्तीय समानीकरणमा ८४ लाख ८२ हजार, आन्तरिक श्रोत ९ करोड ३७ लाख ४१ ह्जार, प्रदेश सरकार सवारी साधन करबाट १ करोड ७० लाख २८ हजार रहेको छ ।
यस्तै साना सिचाई कार्यक्रम अन्तर्गत १ करोड ६८ लाख १८ हजार, ५ सय ७८ रुपैया ८८ पैसा, सडक बोर्ड तर्फ ५० लाख, श्रममूलक कार्यक्रम (श...