हवाइ चप्पलमा सपना देखेका पुजन
बुद्धि चामलिङ राई
बेलका, असार २९
उदयपुर जिल्लाको चौदण्डिगढी नगरपालिकाको बेल्टार–बसाहा हुँदै रामपुर चतरा जाने सडकको देउरारी डाडा (जङ्गल) कटेपछि सुपाडे बजारदेखि बेलका नगरपालिकाको सिमा सुरु हुन्छ । सुपाडे बजारको देब्रेपटि करिब दुई किलोमिटर भित्र उत्तरी दिशामा बेलका नगरपालिकाको वडा नम्बर ५ घुम्ने गाउ रहेको छ । यो घुम्ने गाउका स्थानिय युवाहरु तीन हप्ता अघिसम्म स्थानिय खेतिपातिको काममा ब्यस्त हुन्थे । गाउँ भएकाले स्थानीय गाउले युवाहरु कृषिको काम मकै गोड्ने, खन्ने, धान रोप्ने काम, गाइबस्तु गोठाला गर्ने युवाहरुको अहिले दैनिकी फेरिएको छ ।
गत असार १७ गते देखि स्थानिय बेलका नगरपालिका वडा नम्बर ५ घुम्नेका स्थानिय २५ बर्षिय युवा पुजन कटुवाल (भोजराज) ले हवाइ चप्पल उद्यम खोले पछि यहाको युवाको दैनिकी फेरियको हो । यस अघि सामान्य खेतिपातिको काममा दिन बिताउने यहाका युवाहरु अहिले मानिसले लगाउने ह...








