एकै दिन सुनको भाउ २ हजार घट्यो
पूर्णपुष्टि, चैत ४ गते ।
आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको दुई हजार रुपैयाँले घटेर ७५ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी तोलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।...





