बगाहामा भएको स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिताको उपाधी दमौटीको पोल्टोमा
पूर्णपुष्टि, २५ कार्तिक ।
बगाहामा सम्पन्न प्रथम स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिताको उपाधी दमौटीले चुमेको छ । बेल्टार फुटवल क्लवलाई ट्राईबेकरमा ५÷४ ले हराउँदै दमौटीले उपाधी जितेको हो । बेल्टारको तर्फबाट जर्सि नं १० का सुनिल खड्काले खेलको २७ औँ मिनेटमा गोल गरेका थिए भने खेलको अन्तिमतिर ४ मिनेट समय थपिँदा दमौटीको तर्फबाट जर्सि नं २७ का बिशाल राउतले जवाफी गोल पर्काएका थिए । दुवै टिमले बराबर गोल बनाएपछि खेल ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा दमौटीले ५ गोल गरे भने बेल्टारले ४ गोल मात्रै गरे । उपाधि जिते सँगै दमौटी फुटवल क्लवले रु ५० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । यस्तै उपविजेता बेल्टारले ३० हजार नगद शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
बिजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटवल माहासंघका माहासचिव किरण राई र स्वर्गिय युवराज राईका परिवारले ...








