Saturday, August 15News That Matters

खेलकुद

टी–२० वरीयतामा नेपाल ३ स्थान तल

टी–२० वरीयतामा नेपाल ३ स्थान तल

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २० गते ।  नेपाल टी–२० वरीयतामा तीन स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औँ स्थानमा रहेको थियो । लगातार हार व्यार्होनाले नेपालको वरीयतामा तल झरेको हो ।  नेपालले पछिल्लो पटक खेलेका खेलमा निराशाजनक नतिजा हात पार्दै आएको छ । नेपालको टी(२० वरीयतामा उच्च स्थान ११ औँ हो । एसोसियट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्याण्ड १२ औँ र यूएई १४ औँ स्थानमा रहेको छ । नेपाल एकदिवसीय वरीयतामा भने १६ औँ स्थानमा रहेको छ ।...
आर्सनल एफ ए कपको क्वार्टर फाइनल प्रवेश

आर्सनल एफ ए कपको क्वार्टर फाइनल प्रवेश

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २० गते ।  एफ ए कपको क्वाटर फाईनलमा आर्सनल प्रवेश गरेको छ । तेस्रो डिभिजनको पोर्ट्समाउथलाई २–० गोले पछि पार्दै आर्सनल क्वाटर फाईनलमा प्रवेश गरेको हो । पोर्ट्समाउथको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्ज्युरी समयमा आर्सनलका पापास्थाथोपाउलसले गोल गरे भने ५१औँ मिनेटमा ईडी एनकेतियाले गोल गर्दै आ आर्सनल एफ ए कपको क्वार्टन फाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।...
कोरोनाको जोखिम मोलेर नेपाली क्रिकेट टिम थाइल्याण्ड जादै

कोरोनाको जोखिम मोलेर नेपाली क्रिकेट टिम थाइल्याण्ड जादै

खेलकुद, समाचार
गाईघाट, फागुन १५ गते ।  चिनबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) का संक्रमणको जोखिम मोलेर नेपाली क्रिकेट टिम थाईल्याण्ड जाने भएको छ । आगामी शनिबारदेखि सुरु हुने एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकट प्रतियोगिताको लागि कोरोनाको जोखिम मोलेर नेपाली टोली विहिबार थाइल्याण्ड जाने भएको हो । उक्त प्रतियोगितामा चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने निर्णय गरिसकेको छ । थाइल्याण्डमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ भने २५ जनाको मृत्यु भईसकेको  विभिन्न सञ्चारमाध्यमहरुले जनाएको छ । नेपाली क्रिकेट टिमलाई कोरोनाबाट बच्न सावधानी अपनाउन नेपाल क्रिकेट संघ (क्यान) ले आग्रह गरेको द्ध भने खेल मैदान र होटेल भन्दा बाहिर नजान खेलाडीहरुलाई सुझाव दिनुभएको छ । शनिबारदेखि मार्च ६ सम्म संचालन हुने प्रतियोगितामा सहभागी हुन १४ जना खेलाडी, अफिसियल, फिजियोसहित १८ जना थाइल्याण्ड जाने भएको संघले जनाएको छ ।...
युरोपेली च्याम्पियन लिगमा जर्मन क्लवको जित

युरोपेली च्याम्पियन लिगमा जर्मन क्लवको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १४ गते ।  युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो खेलमा जर्मन क्लव बायर्न म्यूनिकले जित हात पारेको छ । ईङ्गिलस क्लव चेल्सीको घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा जर्मन क्लब बायर्न म्युनिकले चेल्सीलाई ३–० गोले  पछि पार्दै जित हात पारेको हो । खेलको ५१औँ र ५४औँ मिनेटमा जर्मन क्लवका ग्नाब्रीले गोल गरे भने ७६ औँ मिनटमा अर्का खेलाडी लेवान्दोस्कीले एक गोल गर्दै टिमलाई जित दिलाएको थियो ।...
खुल्ला व्याडमिन्टन प्रतियोगितामा ए डिभिजन तर्फ हिमाल श्रेष्ठ र सरोज खवास बी डिभिजन तर्फ जोन जसराज र विनय चौधरको जोडि प्रथम

खुल्ला व्याडमिन्टन प्रतियोगितामा ए डिभिजन तर्फ हिमाल श्रेष्ठ र सरोज खवास बी डिभिजन तर्फ जोन जसराज र विनय चौधरको जोडि प्रथम

खेलकुद, समाचार
गाईघाट/फागुन, १० खुल्ला मेन्सडबल्स इभेन्ट व्याडमिन्टन प्रतियोगितामा ए डिभिजन तर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडी प्रथम भएको छ भने बी डिभिजन तर्फ जोन जसराज र बिनय चौधरीको जोडी प्रथम भएको छ । यस्तै प्रतियोगिताको दोस्रो हुनेमा ए डिभिजन तर्फ बल बहादुर कार्की र चित्र थापा, बि डिभिजन तर्फ गोबिन्द चौधरी र बिनोद चौधरी रहेका छन् त्यसैगरी तेस्रो हुनेमा ए डिभिजन तर्फ सन्तोस कटुवाल, सुनिल परियार, पुजन ढुङगेल र यम कुमार मगर र बी डिभिजन तर्फ खम्बराज राई, भुपाल राना, प्रविन राई र युवराज दाहालको जोडी तेस्रो भएको छ । जेसिस उदयपुरले प्रजातान्त्र दिवसको अवसर पारेर गराईएको प्रतियागितामा बिभिन्न ठाउँका ६० जोडिहरुले सहभागी जनाएका थिए । गाईघाट बोक्से स्थित शुक्रबार देखी भएको प्रतियोगितामा ए डिभिजन तर्फ सिनियर खेलाडी र बी डिभिजन तर्फ जुनियर खेलाडीहरुले खेलेका थिए ।  ...
लालीगुराँस बोर्डिङले खेलकुद पुरस्कार वितरण गर्*याे

लालीगुराँस बोर्डिङले खेलकुद पुरस्कार वितरण गर्*याे

खेलकुद, शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन ६ । उदयपुरकाे सदरमुकाम गाइघाटस्थित जिल्लाकै पहिलाे बाेर्डिङ स्कुल 'लालीगुराँस बोर्डिङ स्कुल'ले मंगलबार खेलकुद पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बोर्डिङको वार्षिक खेलकुद सप्ताह कार्यक्रम अन्तर्गत भएका विभिन्न खेलका विजयी विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको हो । माघ ७ गतेदेखि सप्ताहव्यापी खेलकुद सञ्चालन भएको थियो । स्कूलले २० खेलकुद विद्यामा विजयी विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गरेको थियो । विभिन्न स्थानमा चारसय मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । खेलकुद अन्तर्गत फुटबल, कबड्डी, दौड, हाइजम्प, लङजम्प, टेबलटेनिस, म्यूजिकल चियर लगायतका २० किसिमका खेलहरु भएका थिए । सांगीतिक कार्यक्रमका साथ भएको कार्यक्रममा स्कूलका सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरुले विजयी विद्यार्थी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रमका तस्विरह...
इङ्लिस प्रिमियर लिगमा युनाइटेडको जित

इङ्लिस प्रिमियर लिगमा युनाइटेडको जित

खेलकुद, समाचार
फागुन ६ गते ।  इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले जित हात पारेको छ । गतराती चेल्सीको खेलमैदानमा भएको खेलमा चेल्सीलाई २–० गोलले पछिपार्दै युनाइटेडले जित हात पारेको हो । खेलको ४५औँ मिनेटमा म्यान्चेस्टरको एन्थोनी मार्सियलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा ह्यारी मागुइरेले गोल गर्दै म्यान्चेस्टरले जित हात पारेको थियो । म्यान्चेस्टर युनाइटेडको जित सँगै ३८ अङ्क बनाउँदै सातौँ स्थानमा पुगेको छ भने चेल्सी ४१ अङ्कसहित चौथो स्थानमा छ ।...
प्रजातन्त्र दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगीता

प्रजातन्त्र दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगीता

खेलकुद, समाचार
उदयपुर, फागुन ५ गते । ७० औँ प्रजातन्त्र दिवसको अवसरमा “तेस्रो जेसीज कप खुल्ला व्याडमिन्टन प्रतियोगीता २०७६” हुने भएको छ । उदयपुर जेसीजको आयोजना र जिल्ला व्याडमिन्टन संघ उदयपुरको सहयोगमा आगामी फागुन ९ गतेदेखि कवर्ड हल बोक्सेमा प्रतियोगीता संचालन हुने भएको हो । आगामी ९ र १० गते संचालन हुने प्रतियोगीतामा मेन्स डब्लस “ए” र मेन्स डब्लस “वि” को प्रतियोगीता गराईने आयोजकले जनाएको छ । प्रतियोगीताको लागि आगामी ८ गतेसम्म टिम दर्ता गर्ने सुचना जारी गरी सकेको आयोजकले जनाएको छ । मेन्स डब्लस “ए” तर्फ प्रथाम, द्धितिय र तृतिय हुने जोडीलाई नगद १२, ८ र ६ हजारको साथ कप, मेडल र प्रमाण पत्रले सम्मानित गरीने छ भने मेन्स डब्लस “वि” तर्फ प्रथाम, द्धितिय र तृतिय हुने जोडीलाई नगद ८, ६ र ६ हजारको साथमा कप, मेडल र प्रमाण पत्रले सम्मान गर्ने आयोजकले जनाएको छ ।...
मार्सल आर्ट महोत्सवको तयारी पुरा

मार्सल आर्ट महोत्सवको तयारी पुरा

खेलकुद, समाचार
आशिष बस्नेत कटारी/फागुन ५ गते ।  आगामी फागुन १० गतेबाट सुरु हुने कटारी मार्सलआर्ट महोत्सव २०७६को तयारी पुरा भएको छ । कटारी मेयर कप आमन्त्रित कटारी मार्सल आर्ट महोत्सव २०७६ को तयारी पुरा भएको कटारी मार्सल आर्ट महोत्सव मुल आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । १० गतेदेखि १७ गतेसम्म संचालन हुने महोत्सवमा १ न. प्रदेशका छ सय खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा उसु तर्पm १४ स्वर्ण, १४ रजत र २८ कास्यपदक, तेक्वान्दो तर्पm १२ स्वर्ण , १२ रजत र २४ कास्य र सितोरियो कराते तर्पm १४ स्वर्ण र १३ रजत र २६ कास्यका लागि प्रतिष्पर्धा हुने आयोजक समितिका अध्यक्ष दिपक तामाङ्गले बताए । कटारी नगरपालिकाको सहयोग र होटल माछापुच्छ्रे होलिडे ईनको सह प्रायोजकमा प्रतियोगीता हुने भएको छ । मेयर कप भनिए पनि प्रदेशका सवै खेलाडीहरुले सहभागीता जनाउने भएकाले ...
आईपीएल खेल तालिका सार्वजनिक

आईपीएल खेल तालिका सार्वजनिक

खेलकुद, समाचार
फागुन ५ गते । आईपीएल–२०२० को खेल तालिका सार्वजनिक भएको छ । सीमित ओभरको क्रिकेटको महाकुम्भ इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १३औँ संस्करणका खेलको लिग चरणको खेल तालिका सार्वजनिक भएको हो । नकआउट चरणको खेल तालिका पछि सार्वजनिक गर्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । आगामी मार्च २९ बाट सुरु हुने प्रतियोगिताको फाइनल खेल मे २४ मा हुने भएको छ । खेल तालिका तल हेर्नुहोस् । ...