Saturday, August 15News That Matters

खेलकुद

दोस्रो मेयर कपको उपाधी  वडा न. ७ लाई

दोस्रो मेयर कपको उपाधी वडा न. ७ लाई

खेलकुद, समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर २४ गते । चौदण्डिगढी दोस्रो मेयर रनिङ शिल्ड कपको उपाधी वडा न. ७ ले चुमेको छ । गत सालको प्रथम मेयर रनिङ शिल्ड कपको उपाधी पनि वडा न. ७ ले नै चुमेको हो । चौनपा–१० हडियाको फुलबारी खेल मैदानमा गत मंसिर १५ देखि दोस्रो मेयर कप सुरु भएको थियो । फाईनल खेलमा हडियालाई (पेनाल्टि सुट आउट)मा ३–२ गोलको अन्तरले ७ नं. वडाले उपात्री चुमेको आयोजकले जनाएको छ । निर्धारित समयसम्म दुवै टिमबाट २÷२ गोल भई खेल बरावरीमा टुङ्गीएपछि खेल पेनाल्टिमा परिणत भएकोे थियो । खेलमा प्रथम विजेता र उप विजेतालाई नगर प्रमुख खगेन्द्र राई र उप प्रमुख रिताकुमारी चौधरीले नगद ५० र २५ हजार रुपैया सहित ट्रफि र प्रमाण पत्रले पुरस्कृत गर्नु भएको थियो ।...
नयाँ ईतिहासमा गौरिकाको ४ स्वर्ण

नयाँ ईतिहासमा गौरिकाको ४ स्वर्ण

खेलकुद, समाचार
मंसिर २३ गते नेपालकी गौरिका सिंहले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा चौथो स्वर्ण जित्दै नयाँ कीर्तिमानी कायम बनाएकी छिन् । सातदोबाटोमा भएको एक सय मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण जितिन् । निर्धारित दुरी ५८.१३ सेकेण्डमा पूरा गरिन् । उनले भारतीय शिवांगी शर्मालाई पराजित गर्दै स्वर्ण जितिकी हुन् । आइतबार भएको एउटै सागमा तीन स्वर्ण जित्दै गौरिकाले कीर्तिमान बनाएकी थिइन् । सोमबार थप एक स्वर्ण जित्दै दीपक विष्टसँगको कीर्तिमान बराबरी गरेकी छिन् । विष्टले आठौँदेखि एघारौँ सागमा चार स्वर्ण जितेका थिए । गौरिका ३५ वर्षे सागको इतिहासमा एउटै सागमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन् । यसअघि उनले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्यास्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् । त्यस्तै गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाई १ सय मिटर फ्रीस्टाइल रिलेमा कांस्य हात पारेकी थिइ...
उदयपुरकी अनुपमाले नेपाललाई (सागको) स्वर्ण पदक दिलाईन् ।

उदयपुरकी अनुपमाले नेपाललाई (सागको) स्वर्ण पदक दिलाईन् ।

खेलकुद
बिक्रम राई उदयपुर/मंसिर, १९ १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा उदयपुरकी अनुपमा मगरले नेपालको लागि स्वर्ण पदक दिलाएकी छिन् । उदयपुरको कटारी ११ मयँङखु घर भएकी अनुपमाले पहिलो पटक दक्षिण एसियाली खेल प्रतियोगिताबाट नेपालको लागि स्वर्ण पदक जित्न सफल भएकी हुन् । माओवादी जनयुद्ध काल देखि नै खेल क्षेत्रमा प्रवेश गरेकी उनिले अन्य खेलहरुमा काँस्य र स्वर्ण जित्न सफल भए पनि (साग) मा भने स्वर्णमा नेपालको प्रतिनिधित्व नै गरिन् । ६८ केजी माथि कराँते तर्फ पाकिस्तानी खेलाडी नागरिसलाई ६–२ को स्कोरमा हराएपछि अनुपमा शिर्ष स्थानमा पुग्दै स्वर्ण पदक लिदाउन सफल भईन् । खेल क्षेत्रमा परिवारको राम्रो सहयोगको चर्चा गर्दै उनिले जितको पहिलो खुसी आफ्नो दिवंगत आमा प्रति सर्मणप्रित गरिन् । सफलताको लागि पहिलो सहयोग पारिवार बाट नै हुनु पर्ने महसुस गर्दै उनिले परिवारप्रति निकै खुसी व्यक्त गरिन् ।...
१३औँ सागमा एकै दिन नेपाललाई १४ स्वर्ण पदक

१३औँ सागमा एकै दिन नेपाललाई १४ स्वर्ण पदक

खेलकुद, समाचार
मंसिर १६ गते ।  दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १४ स्वर्ण दक जितेको छ । करातेमा ७, तेक्वान्दोमा ६ र ट्रायथलनमा एक स्वर्ण जितेको हो । आठ प्रतिस्पर्धामध्ये सात प्रतिस्पर्धामा स्वर्ण जितेको नेपालका लागि अन्तिम स्वर्ण पदक अनु अधिकारीले दिलाएको थिईन् । उनले श्रीलंकाकी डोनलाई ८–० स्कोरले पछि पार्दै स्वर्ण हात पारेकी थिईन् । कराँतेको एकल कातामा नेपालका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाएको छ ।  पुरुषको एकल कातामा पहिलो भएका मण्डेले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । मण्डे एकै सागमा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेका हो । फाइनल खेलमा नेपालले श्रीलंकालाई हराएको थियो । नेपाली टिममा मण्डेसँगै महसुस मानन्धर र प्रविन महर्जनले नेपाललाई स्वर्ण दिलाएको छ । नेपाली टिमले २५ दशमलव ५४ अंक ल्याउँदै स्वर्ण पदक हात पारेको हो ।े श्रीलंकाले २५ दशलमलव २८ अंक ह...
नेपालको कराँते महिला टिमले जिते स्वर्ण

नेपालको कराँते महिला टिमले जिते स्वर्ण

खेलकुद, समाचार
मंसिर १६ गते ।  कराँतेको महिला टिम काताबाट नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जिटेको छ ।  काताको फाइनलमा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण जितेको हो । कराते महिला टिममा नेपालकी निर्मला तामाङ, सरु कार्की र संगीता मगरले स्वर्ण जितेकी हुन् । प्रतिस्पर्धामा पाकिस्तान दोस्रो बनेको छ । श्रीलंका तेस्रो स्थानमा चित्त बुझाएको छ । नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्दै स्वर्ण जितेको हो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पारेको थियो ।...
सागमा नेपालाई पहिलो स्वर्ण दिलाए मण्डेकाजीले

सागमा नेपालाई पहिलो स्वर्ण दिलाए मण्डेकाजीले

खेलकुद, समाचार
मंसिर १६ गते ।  दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक मण्डेकाजीले दिलाएको छ । मण्डेकाजी श्रेष्ठले करातेको एकल कातामा स्वर्ण जित्न सफल भएको हो । १३औँ सागमा नेपाललाई पहिलो स्वर्ण दिलाउने क्रममा मण्डेकाजीले पाकिस्तानका खेलाडी नेमतुल्लाहलाई पराजित गर्दै स्वर्ण हात पारेको हो । मण्डेले २५ दशलमव ७२ अंक ल्याए भने पाकिस्तानका खेलाडीले २४ दशमलव ९२ अंक ल्याएका थिए ।...
उद्घाटन खेलमा वडा न.१० को जित

उद्घाटन खेलमा वडा न.१० को जित

खेलकुद, समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर १५ गते । चौदण्डीगढी नगर दोस्रो मेयर कप रनिङ शिल्ड कप प्रतियोगिताको उद्घाटन आईतबार नगर प्रमुख खगेन्द्र राईले उद्घाटनगरी शुरु भएकोे छ । ६ नं. वडा र १० नं. वडा बीच भएको उद्धघाटन खेलमा वडा नं. १० हडियाका खेलाडीले ट्राईव्रेकरमा ६–५ ले जित हासिल गरेका हो ।खेलको दुवै समुहबाट १-१ गोल भै निर्धारित समय सकिए पछि ट्राईब्रेकरमा १० नं. वडाले विजयी गरेको हो । २४ गते सम्म संचालन हुने खेलमा विजयी समुहले ५० र २५ हजार रुपैया नगद सहित ट्रफि र प्रमाण पत्रले पुरस्कृत गरिनेछ । कार्यक्रममा उप मेयर रिताकुमारी चौधरी, वडाध्यक्षहरु तेजराज तिम्सिना, रामकुमार खड्का त्यसैगरी नगर सदस्यहरु देविका कार्की, प्रमिला दनुवार र मनु कार्कीको उपस्थिति रहेको थियो ।नगर खेलकुद विकास समितिको आयोजना, नगरपालिकाको आर्थिक सहयोग र १० नं. वडाको समन्वय र सहयोगमा प्रतियोगिता भईरहेको आयोजकले जनाएको छ । कार्यक्...
सागको ब्याडमिन्टन खेलमा नेपालको सरुवाती जित

सागको ब्याडमिन्टन खेलमा नेपालको सरुवाती जित

खेलकुद, समाचार
मंसिर १५ गते ।  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को ब्याडमिन्टन प्रतियोगीतामा नेपाली टोलीले हिज सुरुवात गरेको छ । पोखरा रंगशालामा आइतबारदेखि सुरु भएको १३ औंँ सागको मेन्स टिम इभेण्टमा नेपाली टिमले भुटानी टिमलाई पराजित गर्दै सेमि फाइनल प्रवेश गरे सँगै पदक पक्का भएको हो । नेपालको तर्फबाट रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९को सोझो सेटले पराजित गरेको थियो । त्यसैगरी दिपेश धामीले भुटानका नैदुप दोर्जेलाई सोझो सेटमा पराजित गर्ने क्रममा २१–१३, २१–१४ को नतीजाका साथ जित हात पारेको थियो । त्यस्तै प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१–१२, २१– ५ को सेटमा पराजित गरे भने अर्को खेलमा जेसिका गुरुङले बंगलादेशकी विस्त्री खातुनलाई २१–१९ र २२–२० ले पराजित गरेकी थिईन् । महिलातर्फको टिम इभेण्ट प्रतिस्पर्धामा नेपालकी नङसालदेवी तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८ र १५–२१ ...
प्रदेशस्तरीय ब्याड्मिन्टनमा सुजन र प्रनिशसिंह प्रथम

प्रदेशस्तरीय ब्याड्मिन्टनमा सुजन र प्रनिशसिंह प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर १४ गते ।  सुजन श्रेष्ठ (धरान) र प्रनिशसिंह ठकुरी (झापा) को जोडीले उदयपुरमा भएको १ नं. प्रदेश स्तरीय व्याड्मिन्टन प्रतियोगिताको उपाधि सनिबार जितेका छन् । त्रियुगा नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला ब्याड्मिन्टन संघ उदयपुरको आयोजनामा भएको प्रतियोगितामा रविन साउदेन (धरान) र प्रकाश राई (दमक) लाई फाईनल खेलमा पछि पार्दै श्रेष्ठ र ठकुरीको जोडीले उपाधी हात पारेको हो । प्रतियोगिताको मेन्स डबल्स खुल्लातर्फ उपाधी हात पारेसंगै उनीहरुले नगद पुरस्कार तीस हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेका छन् । साउदेन र राईको जोडीले दोस्रो स्थानमा चित्त बुझाउदै पच्चीस हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । सो खेलतर्फको तेस्रो स्थान उदयपुरका सरोज खवास र हिमाल श्रेष्ठको जोडी तथा भोजपुरका विसाल तामाङ र प्रमिस श्रेष्ठले हात पारेका छन् । उनीहरुले जनही पाँच हज...
साग महिला भलिबलको सेमिफाइनल खेल्दै नेपाल

साग महिला भलिबलको सेमिफाइनल खेल्दै नेपाल

खेलकुद, समाचार
मंसिर १४ गते ।  आज १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलतर्फ सेमिफाइनलका खेल हुँदैछ । सेमिफाइनलमा नेपाली महिला टिमले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ भने नेपाल र श्रीलंकाबीचको खेल साँझ पाँच बजेबाट सुरु हुनेछ । नेपालले श्रीलंकालाई पराजित गर्न सके भलिबलको इतिहासमा सबैभन्दा ठूलो सफलता हात पार्नेछ । नेपालले अहिलेसम्म साग खेलकुदको महिला भलिबलमा कास्य पदक भन्दा ठूलो सफलता हात पार्न सकेको छैन । समूह चरणको खेलमा नेपालले बंगलादेशलाई हराएको थियो भने भारतसँग सोझो सेटमा पराजित भएको थियो । आज हुने पहिलो सेमिफाइनलमा भारत र माल्दिभ्स खेल्दैछन् ।...