Friday, August 14News That Matters

खेलकुद

प्रदेश स्तरीय व्याडमिन्टन उदयपुरमा आज बाट सुरु

प्रदेश स्तरीय व्याडमिन्टन उदयपुरमा आज बाट सुरु

खेलकुद
गाईघाट/१३ १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता उदयपुरमा आज देखी सुरु भएको छ । जिल्ला व्याडमिन्टन संघ उदयपुरको आयोजनामा १ नं प्रदेशका १४ ओटै जिल्ला र छिमेकी जिल्लाहरु सिराहा, सप्तरी, र सिन्धुली समेतको टिम उपस्थिति रहेको आयोकले बताए । आयोजकका अनुसार ४९ ओटा टिममा खेलमा सहभागी भएको छ । १ नं प्रदेशबाट र छिमेकी जिल्लाहरु सिराहा, सप्तरी र सिन्धुली गरी ४९ ओटा टिम खेलमा सहभागी भएको आयोजकले बताए ।  ...
उदयपुरमा प्रदेशस्तरको ब्याड्मिन्टन प्रतियोगिता भोलीदेखि

उदयपुरमा प्रदेशस्तरको ब्याड्मिन्टन प्रतियोगिता भोलीदेखि

खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर १२ । त्रियुगा नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला ब्याड्मिन्टन संघ उदयपुरकोल आयोजनामा उदयपुरमा १ नं. प्रदेश स्तरीय खुल्ला ब्याड्मिन्टन प्रतियोगिता शुक्रबार (भोली) देखि हुने भएको छ । दुईदिनसम्म सञ्चालन हुने खुल्ला प्रतियोगिता मेन्स डबल्सको हुने र ४५ वर्ष माथि उमेर समुहका लागि भेट्रान्स ब्याड्मिन्टन प्रतियोगिता पनि रहेको छ । प्रतियोगितामा १ नं. प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा २ नं. प्रदेशको सिरहा र सप्तरीका खेलाडीसमेतको सहभागिता रहने जनाइएको छ । हरेकवर्ष नगरपाकिलाको आर्थिक सहयोगबाट आयोजना हुदै आएको प्रतियोगिता यसवर्ष अझ विशेष हुने आयोजकको दावी छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको संघका कोषाध्यक्ष सुबास भट्टराईले बताउनुभयो । प्रतियोगिताका लागि व्याड्मिन्टन कवर्डहल सजिसजाउ पारिएको छ । बोक्सेस्थित...
आईसीसी वरीयता २ नेपाली खेलाडी

आईसीसी वरीयता २ नेपाली खेलाडी

खेलकुद, समाचार
मंसिर ४ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी २० वरीयतामा नेपालका २ जना खेलाडी मात्रै अटाएका छन् । आईसीसीले टप सयको लिस्टमा नेपालका सन्दीप लामिछाने र सोमपाल कामी मात्रै अटाएका हुन् । सन्दीप ४ सय १४ रेटिङ प्वाइन्टका साथ ७८ औं स्थानमा थिए । गएको महिना उनको वरीयता ६४ औं स्थान रहेको थियो । यस्तै सोमपाल कामी भने पहिलो पटक टी २० को बलिङ तर्फको वरीयतामा परेका छन् । उनी ३ सय ७५ रेटिङ प्वाइन्टका साथ ९५ औं स्थानमा रहेका छन् । यसअघि वरीयतामा रहेका करण केसी, अविनास बोहरा भने बाहिरिएका छन् । टी २० को व्याटिङतर्फ पारस खड्का ४ सय ५२ रेटिङ प्वाइन्टका साथ ५५ औँ स्थानमा रहेका छन् । उनी गएको महिना ४५ औँ स्थानमा थिए । ८० रेटिङ प्वाइन्टका साथ पारस अलराउण्डर तर्फ ३३ औँ स्थानमा पुगेका छन् । उनी पछिल्लो महिना २४ औँ स्थानमा रहेका थिए । यसैगरी ५९ औँ स्थानमा रहेका सोमपाल कामी एक स्थान तल झर्दै...
फेडेरर सेमिफाइनलमा प्रवेश

फेडेरर सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
कात्तिक २९ गते ।  रोजर फेडेरर एटीपी फाईल्सको सेमिफाईनलमा प्रवेश गरेका छ । नोभाक जोकोभिचलाई रोजर फेडेररले २–० गोलले पछि पार्दै सेमिफाईनलमा प्रवेश गरेको हो । खेलमा आफ्नो पकड बनाएका ६ पटकका च्याम्पियन फेडेररले जोकोभिचलाई ६–४ र ६–३ को सोझो सेटमा हराए । जितपछि फेडेररले धेरै खुसी हुदै भने,‘खेलको योजना सफल भयो । नोभाकविरुद्ध उत्कृष्ट सर्भिस गरेँ, उत्कृष्ट प्रदर्शन पनि गरेँ ।’ लण्डनको ओ २ एरेनामा भएको खेलमा जोकोभिच पराजित भएपछि यो सिजनको अन्तिमसम्म टेनिस वरीयता क्रमको शीर्ष स्थानमा राफेल नाडाल रहने पक्का भएको छ ।...
इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

खेलकुद, समाचार
कात्तिक २५ गते ।  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई लिभरपुलले ३–१ गोलले पछि पार्दै जित हात पारेको छ । घरेलु मैदान एनफिल्ड रंगशालामा भएको खेलको सुरु भएको ६ मिनेटमै लिभरपुलका फाविन्होले बक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएपछि टिमले अग्रता लिएको थियो । त्यस्तै १३ औँ मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल गरेको थियो भने दोस्रो हाफको सुरुमै साडियो मानेले निर्णयक गोल गरेको थियो । खेलको ७८ औं मिनेटमा म्यानचेस्टरका बर्नाडो शिल्भाले १ गोल गर्दै चित्त बुझाएका थिए । १२ खेलबाट लिभरपुलको ३४ अंक भएको छ । समान खेलबाट दोस्रो र तेस्रो स्थानमा क्रमशः लेस्टर सिटी र चेल्सी छन् । लिभरपुलसँग पराजित भएपछि सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । १२ खेलबाट सिटीको २५ अंक मात्रै छ ।...
लेस्टर सिटी दोस्रो स्थानमा

लेस्टर सिटी दोस्रो स्थानमा

खेलकुद, समाचार
कात्तिक २४ गते ।  इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी दोस्रो स्थानमा पुगको छ । सिटिले आर्सनललाई २–० ले पछि पार्दै लिगको दोस्रो स्थानमा पुगेको हो । लेस्टरको मैदान किङ्ग पावल स्टेडियममा भएको खेलमा घरेलु टिमले जित हात पारेको थियो । खेलको ६८ औँ मिनेटमा सिटीका भार्डीले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । ७५औं मिनेटमा जेम्स म्याडिसनले दोस्रो गोल गर्दै आफ्नो टिमलाई दोस्रो स्थानमा पु¥याएको थियो । १२ खेलबाट २६ अंक बनाउँदै लेस्टरले शीर्ष स्थानको लिभरपुलसँगको दूरी पाँच अंकमा झारेको हो ।...
सुकौराको व्याड्मिन्टनमा मनोज र उद्धव प्रथम

सुकौराको व्याड्मिन्टनमा मनोज र उद्धव प्रथम

खेलकुद, समाचार
पूणंपुष्टि, कात्तिक २३ रौतामाई ब्याड्मिन्टन क्लवको आयोजनामा सुकौरामा भएको ब्याड्मिन्टन प्रतियोगिताको आजको फाईनल खेलमा मनोज खड्का र उद्धव राउतको जोडी प्रथम भएको छ । प्रतियोगितामा लक्षजंग ठकुरी र युवराज दाहालको जोडीले दोस्रो भएका छन् । त्यस्तै तेस्रो हुनेहरुमा किसन राई र भोटराज राईको जोडी तथा राजेश कार्की र लुमिनीराम कार्कीको जोडी रहेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमहरुलाई क्रमश ः दश, सात र पाँच हजार नगद पुरस्कारसहित मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । विजयी खेलाडीहरुलाई कार्यक्रमका विशेष अतिथि रौतामाई गापा वडा नं. २ का अध्यक्ष खविन्द्रबहादुर रास्कोटी, वडा नं. ८ का वडाध्यक्ष टेकबहादुर बलम्पाकी मगर लगायतले पुरस्कार वितरण गरेका थिए । रौतामाई गाउँपालिकाको सहयोग रहेको अन्तर नगरपालिका तथा गाउँँपालिका व्याड्मिन्टन् बी डिभिजनको प्रतियोगिता भएको हो । नकआउ...
सुकौरामा व्याड्मिन्टन प्रतियोगिता सञ्चालन

सुकौरामा व्याड्मिन्टन प्रतियोगिता सञ्चालन

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक २२ । रौतामाई ब्याड्मिन्टन क्लवको आयोजनामा सुकौरामा ब्याड्मिन्टन प्रतियोगिता आजदेखि सञ्चालन भएको छ । रौतामाई गाउँपालिकाको सहयोग रहेको अन्तर नगरपालिका तथा गाउँँपालिका व्याड्मिन्टन् (बी डिभिजन) भोलीसम्म सञ्चालन हुनेछ । नकआउट प्रणालीमा मेन्स डबल्स खेल भईरहेको छ । खेलको पहिलो दिन आज पहिलो र दोस्रो चरण हुदै सेमी फाईनलसम्मका खेलहरु भएको आयोजकले जनाएको छ । भोली सेमीफाईनल र फाईनलका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगितामा सुकौरा, मुर्कुची, गाईघाट, जलजले, देउरी, राजाबास लगायतका खेलाडीहरुको सहभागिता रहेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सन्चालित प्रतियोगितामाका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडी जोडीलाई क्रमशः दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । पछिल्लो समय बढ्दो ब्याड्मिन्...
व्याडमिन्टन खेलाडीलाई खेल सामग्री सहयोग

व्याडमिन्टन खेलाडीलाई खेल सामग्री सहयोग

खेलकुद, समाचार
उदयपुर, कात्तिक २२ गते ।  उदयपुरको बेल्टारमा एक ब्याडमिन्टन खेलाडीलाई खेल सामाग्री सहयोग गरिएको छ । बेल्टार व्याडमिन्टन ऐकेडेमीले आर्थिक अवस्था कमजोर भएका तथा राम्रो खेल सम्भावना र क्षमता भएका चौनपा ५ सुन्दरपुर घर भएका खेलाडी जयराम राईलाई सहयोग गरेको हो । उनलाई एक जोर जुत्ता, एक सेट जर्सी, एक सेट रेकेट, एक जोर निक्याप गरी आठ हजार पाँच सय ५० रुपैयाँ मुल्यको खेल सामग्री सहयोग प्रदान गरेको संस्थापक अध्यक्ष भेषबहादुर मगरले बताउनुभयो । खेलाडीलाई चौदण्डिगढी नगरपालिका मेयर खगेन्द्र राई, पालिका खेलकुद अध्यक्ष शशिचन्द्र राई र ऐकेडेमीका अध्यक्ष मगरले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । खेलप्रति रुचि भएका र क्षमता भएका व्यक्तिहरु आर्थिक अभावका कारण पछि नपरुन भनेर सानो सहयोग गरेको अध्यक्ष मगरले बताउनुभयो ।...
च्याम्प्यिन्स लिगमा युभेन्टसको जित

च्याम्प्यिन्स लिगमा युभेन्टसको जित

खेलकुद, समाचार
कात्तिक २१ गते ।  च्याम्प्यिन्स लिग फुटबलमा युभेन्टसले जित हात पारेको छ  । गतराति भएको खेलमा युभेन्टसले लोकोमोटिभ मस्कोलाई २–१ गोलले पछि पार्दै जित हात पारेको हो । खेलको तेस्रो मिनेटमा युभेन्टसका आरोन राम्सेले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लगतै खेलका १२ औं मिनेटमा लोकोमोटिभ मस्का अलेक्सी मिरान्चुकले १ गोल गर्दै खेललाई बराबरीमा पु¥याएको थियो । तर ५५ औँ मिनटमा युभेन्टसका केभिन भोलान्डले १ गोल गर्दै २–१ ले आफ्नो टिमलाई जित दिलाएको थियो ।...