सिरिएमा २२ अंक बटुल्दै युभेन्टस
कात्तिक ३ गते ।
इटालियन सिरिएमा युभेन्टसले जित हात पारेको छ । युभेन्टसले बोलोग्नालाई २–१ गोललेपछि पार्दै जित हात पारेको हो ।
युभेन्टसको आफ्नै घरेलु मैदानमा भएको खेलमा आफ्नो टिमलाई जित दिलाउनका लागि जानिकको दोस्रो हाफको गोल निर्णायक बनेको थियो । खोल सुरु भएको १९ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले एक गोल गरेको थियो भने ५४ औं मिनेटमा जानिकले गोल गर्दै आफ्नो टिमलाई जित दिलाएको थियो । बोलोग्नाका डानिलोले २६ औँ मिनेटमा एक गोल गरेको थियो ।
युभेन्टसले आठ खेलबाट २२ अंक बनाएको छ भने एक खेल कम खेलेको इन्टरमिलानको १८ अंक छ ।...









