रिले दौड सम्पन्न
उदयपुर, असोज २ गते ।
संविधान दिवसको अवसरमा रिले दौड सम्पन्न भएको छ । विभिन्न कार्यक्रम गरी दिवसलाई भब्यताका साथ मनाउने क्रममा पहिलो दिन चार सय मिटरको रिले दौड सम्पन्न भएको हो ।
“संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घर घरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ” भन्ने मुल नाराको साथ संविधान दिवस समारोह समिति उदयपुरको आयोजनमा जिल्ला समन्वयन समिति उदयपुर, त्रियुगा नगरपालिका र जिल्ला खेलकुद विकास समिति उदयपुरको सहयोगमा दौड भएको थियो ।
जिल्ला खेलकुद विकास समितिको संयोजनमा भएको रिले दौडमा त्रियुगा माध्यामिक विद्यालय प्रथम, द्धितिय लक्ष्मीपुर माध्यामिक विद्यालय र तृतियमा त्रियुगा माध्यामिक विद्यालय भएको छ ।
त्रिमाविको दिवस राई, निश्चल राई, सन्दिप राई र रोशन राई प्रथम भएका छन् । त्यस्तै लक्ष्मीपुर माविका निकेश चौधरी, ब्रमानन्द चौधरी, देवचरण राउत र सागर चौधर...









