औद्योगीकग्रामको लागि स्थलगत अनुगमन
उदयपुर, मंसिर ८ गते ।
रौतामाईलाई औद्योगीकग्रमको रुपमा विकास गर्नका लागि प्राविधिकसहितको टोलीले स्थलगत सम्भाव्यता अध्ययन गरेको छ । प्राविधिक टोलीले रौताई गाउँपालिका–६ को धार्मीक तथा पर्यटकिय क्षेत्र रौता पोखरी र वडा न. ५ को सुकेपोखरी आसपासका क्षेत्रको स्थलगत अध्ययन गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको नेतृत्वमा, कृषि, पशु, उद्योगका प्राविधिक टोली स्थलगत अध्ययन उक्त क्षेत्र पुगेको थियो । औधोगिकग्रामका लागि चाहिने न्युनतम ४० रोपनी जग्गा, सडक सञ्जाल, बिद्युत, भुवनोट, हावापानी, जग्गाको अवस्था, मौसम, विकासको अवस्था, बस्ति, आर्थिक विपन्नता, उद्योग स्थापनाका लागि चाहिने आबश्यक कच्चा पदार्थको अवश्था, जनसंख्या, ढुवानी, वजारिकरण लगायतका बिषयमा पहिलो चरणको अध्ययन गरिएको प्रमुख परियारले बताए ।स्थानीय तहमा निर्माण हुने औद्योगिकग्राम स्थापनाका लागि न्युनतम मापदण्ड प्रदेश सरक...









