Monday, August 31News That Matters

राजनीति

निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित

निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, चैत १० सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएकोे छ ।गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो । “ बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ”, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भन्नुभयो, “अब स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीतिअनुरुप सम्पन्न गर्न सजिलो हुन्छ । निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न यो नीतिले सहयोग पु¥याउँछ ।” बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे आ–आफ्ना धारणा व्यक्त गर्नुुभएको थियो । उहाँका अनुसार आगामी सुरक्षा चुनौती र ती चुनौतीलाई सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे प...
स्थानीय सरकार जनउत्तरदायी भएर जनताको मन जित्नुपर्छ ः प्रधानमन्त्री देउवा

स्थानीय सरकार जनउत्तरदायी भएर जनताको मन जित्नुपर्छ ः प्रधानमन्त्री देउवा

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, चैत १० प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको हो । “स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो ।” वर्तमान सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेर अघि बढीसकेको तथा निर्वाचन तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने प्रधामन्त्री देउवाले...
विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ ः वरिष्ठ नेता पौडेल

विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ ः वरिष्ठ नेता पौडेल

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, चैत १० नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताउनुभएको छ । कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो “विपक्षी दलहरुले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेको छन् । त्यस्ता भ्रमलाई कांग्रेसले चिर्नसक्नुपर्छ ।” कांग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । फरक प्रसङ्गमा उहाँले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताउनुभयो । नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य मधु...
चुनावसम्म गठबन्धन कायम रहन्छ ः कांग्रेस नेतृ डा देउवा

चुनावसम्म गठबन्धन कायम रहन्छ ः कांग्रेस नेतृ डा देउवा

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, चैत १० नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आमागी निर्वाचनमा पनि मिलेर जाने बताउनुभएको छ । उहाँले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताउनुभयो । नेतृ डा राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्लामात्रै हो, हामीहरु सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।” नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा नेपाली कांंग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी डा देउवाले एक प्रसङ्गमा आगामी निर्वाचनमा कांग्रेसले जनताले रुचाएको व्यक्तिलाई नै टिकट दिने बताउनुभयो । उहाँल...
महङ्गो भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो

महङ्गो भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ, चैत ७ । निर्वाचन कसरी जितिन्छ रु पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले रु यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई उम्मेदवार, उसका विगतका काम तथा त्यो उम्मेदवार संलग्न राजनीतिक पार्टीका सिद्धान्त र एजेन्डमा हुनुपर्छ । यो त बहसको विषय र मिडियाको समग्रीको कुरा न भयो त । तर आर्थिक स्रोत नहुनेले निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था भने छैन । त्यसैले यतिखेर लाग्दैछ, सम्भावित उम्मेदवारहरु निर्वाचनमा रकम खर्च सक्न...
महङ्गो भयो निर्वाचन ः पैसा नभए उम्मेदवारै बन्न गाह्रो

महङ्गो भयो निर्वाचन ः पैसा नभए उम्मेदवारै बन्न गाह्रो

Breaking News 2, राजनीति, समाचार
काठमाण्डौँ, चैत ७ निर्वाचन कसरी जितिन्छ र ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले र ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई उम्मेदवार, उसका विगतका काम तथा त्यो उम्मेदवार संलग्न राजनीतिक पार्टीका सिद्धान्त र एजेन्डमा हुनुपर्छ । यो त बहसको विषय र मिडियाको समग्रीको कुरा न भयो त । तर आर्थिक स्रोत नहुनेले निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था भने छैन । त्यसैले यतिखेर लाग्दैछ, सम्भावित उम्मेदवारहरु निर्वाचनमा रकम खर्च सक...
हिजो मर्न हिडेका मान्छेहरु, आज बाँच्नका लागि यौन ब्यवसाय गरेर खानुपर्दैन : नेतृ खड्का

हिजो मर्न हिडेका मान्छेहरु, आज बाँच्नका लागि यौन ब्यवसाय गरेर खानुपर्दैन : नेतृ खड्का

Breaking News 1, राजनीति, समाचार
नेकपा माओवादी केन्द्र, त्रियुगा नगरकमिटिकी अध्यक्ष गिता खड्का कार्कीले प्रकाश सपुतले पीर नामक गीतबाट पूर्व माओवादी लडाकुहरुको आत्मसम्मानमा चोट पुर्याएको भन्दै माफी माग्न र केही दृष्य हटाउनु पर्ने बताएकी छिन् । उनले पूर्णपुष्टि प्रश्नमा कुरा गर्दै यस्तो बताएकी हुन् । उनले हिजो मर्न हिडेका मान्छेहरु, आज बाँच्नका लागि यौन ब्यवसाय गरेर नखाने दावी गरेकी छिन् । पुरा भिडियो प्रस्तुत छ : https://youtu.be/BJnDnMZROmI...
लिम्चुङबुङका अध्यक्ष प्रदेश कृषि रणनीति सल्लाहकार सदस्य

लिम्चुङबुङका अध्यक्ष प्रदेश कृषि रणनीति सल्लाहकार सदस्य

Breaking News 1, आर्थिक, राजनीति, समाचार
उदयपुर, चैत १ । १ नं. प्रदेश कृषि विकास रणनीति तर्जुमाका लागि प्रदेश कृषि रणनीति सल्लाहकार समितिको सदस्यमा उदयपुरको एक गाउँपालिका अध्यक्ष पनि मनोनयनमा परेका छन् । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई १ नं. प्रदेश मन्त्रीस्तरको निर्णयानुसार प्रदेश कृषि रणनीति सल्लाहकार समितिको सदस्यमा मनोनयन भएका हुन् । अध्यक्ष राईलाई फागुन ३० गते १ नं. प्रदेश मन्त्रीस्तरको निर्णयानुसार स्थानीय तहको तर्फबाट मनोनयन गरिएको हो । लिम्चुङबुङ स्थानीय सरकारले अध्यक्ष कृषि परियोजना सञ्चालन गरी कृषिका कामहरु अगाडि बढाईरहेको छ । सो परियोजना जिल्लाको आठ पालिका मध्ये एकमात्र पालिकाले सञ्चालनमा ल्याएको परियोजना हो । सम्भवतः देशभरकै पालिकाहरु मध्येको पहिलो पालिका रहेको छ । जिम्मेवारी पाएकोमा अध्यक्ष राईले खुसी ब्यक्त गरेका छन् । “प्रदेश कृषि विकास रणनीति तर्जुमाका लागि प्रदेश कृषि रणनीति सल्लाहकार समितिको सदस...
गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित

गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित

Breaking News 2, राजनीति, समाचार
काठमाडौं, फागुन २५ । नेकपा (एमााले) ले जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो । मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ । माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख–उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो । “पार्टीको निर्देशनबमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वविरुद्ध जाने...
गाईघाटमा एमसिसि विरुद्ध ७ दल दुई मोर्चाको अन्तरक्रिया  कार्यक्रम

गाईघाटमा एमसिसि विरुद्ध ७ दल दुई मोर्चाको अन्तरक्रिया कार्यक्रम

Breaking News 2, राजनीति, समाचार
उदयपुर, फागुन २२ । एमसीसी नेपाल सरकारले पारित गरिसकेको अवस्था रहेपनि यता ९ दलले भने यसको निरन्तर विरोध गरिरहेको छ । उदयपुरको जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रघाती ‘एमसिसि’ सम्झौता र राष्ट्रिय स्वाधिनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । एमसिसि सम्झौता राष्ट्रघाति भएको भन्दै संयुक्त आन्दोलनमा जोड दिने उद्देश्यका साथ नौं दलले कार्यक्रम गरेको माओवादि मजदुर पार्टाका संयोजक जगत कटुवालले बताए । नेपाल कम्युनिष्ट पार्टि, ने.क.पा. मसाल, नेपाल कम्युनिष्ट पार्टी, माओवादी समाजवादी, ने.क.पा. माओवादि क्रान्तिकारी, नेपाल कम्युनिष्ट पार्टी, बैज्ञानिक समाजवादि कम्युनिष्ट पार्टी, माओवादि मजदुर पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको संयोजक कटुवालले बताए । कार्यक्रममा वैज्ञानिक समाजवादि पार्टिका केन्द्रय सदस्य गोकुल रा...