Wednesday, July 1News That Matters

संसार

के तपाईमा यस्तो बानी छ ? समय अगावै लाग्छ बुढेसकाल, सावधान हुनुहोस्

के तपाईमा यस्तो बानी छ ? समय अगावै लाग्छ बुढेसकाल, सावधान हुनुहोस्

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि,माघ ३० उमेर बढेसंगै मानव शरीरमा पनि विभिन्न परिवर्तणहरु देखा पर्न थाल्छ । मावन शरीरमा उमेर बढेसंगै छाला चाउरीने, कमजोरीपना महशुस हुनु, कपाल फुल्नु जस्ता लक्षणलाई स्वभाविक मानिन्छ । तर हाम्रो साना–साना गल्तिका कारण समय भन्दा अगावै बुढेसकालको लक्षण देखा पर्न थाल्छ । यसको कारण हाम्रो जीवनशैलीले हाम्रो स्वास्थ्यमा निकै ठूलो असर पार्ने गर्छ । हामीले दैनिक अपनाउने केही बानी यस्ता हुन्छन् जसका कारण बुढेसकालको लक्षण समय अगावै देखिन थाल्छ । हामी आज तपाईंलाई यस्ता बानीबारे जानकारी दिँदै छौं जसले हामीलाई समय अगावै बुढो बनाउन सक्छ, यस्ता बानीलाई हामीले तत्कालै परिवर्तन गर्न आवश्यक छ । १.बोतलबाट पिउनु :– जब हामी कुनै ड्रिङ्क बोतलबाट पिउँछौं भने हाम्र्रो ओठको चारैतिर एक संकुचन हुन्छ । यसले अनुहारमा समय अगावै लाइन र चाउरी देखिन सक्छ । तपाईंले गिलास वा कपबाट नै जुस पिउने बानी बसाल्नु ...
उत्तराखण्डमा एक दिनको लागि १९ वर्षीया युवती बनिन् मुख्यमन्त्री

उत्तराखण्डमा एक दिनको लागि १९ वर्षीया युवती बनिन् मुख्यमन्त्री

समाचार, संसार
पूर्णपष्टि,माघ ११ २४ जनवरीका दिन आज राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्डको १९ वर्षीया युवतीलाई  मुख्यमन्त्री बनाइएको छ । भारतको हरिद्वार जिल्ला दौलतपुरकी १९ वर्षीया सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनका लागि मुख्यमन्त्री बनाएको हो । आफूलाई एक दिने मुख्यमन्त्री बनाइएकोप्रति खुसी व्यक्त गर्दै सृष्टीले विशेषगरी बालिकाको सुरक्षासँग जोडिएका विषयप्रति केन्द्रीत भएर उत्तरखण्ड सरकारका अलग अलग विभागसँग छलफल गरिने बताएकी छिन् । यस अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ र आफूले त्यस विषयमा सुझाव दिने कार्यक्रम रहेको सृष्टिले बताइन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनुभएको छ । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा आयोजित यस कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने छ । उत्तराखण्ड बालअधिकार संरक्षण आयोग...
एक महिनाभित्र हलेसीमा तीन लाख भन्दा बढी भेटी संकलन

एक महिनाभित्र हलेसीमा तीन लाख भन्दा बढी भेटी संकलन

संसार
पूर्णपुष्टि,माघ ९ खोटाङको प्रख्यात त्रिधार्मिकस्थल हलेसीमा कोभिड–१९ को त्रासकाबिचमै पनि दर्शन गर्न र भ्रमण गर्न आएका स्वदेश तथा विदेशका तिर्थयात्रीबाट महिना दिनमै  तीन लाख भन्दा बढी भेटीघाटी संकलन भएको छ । हलेसीमा गत पुस ८ गतेदेखि माघ ८ गतेसम्मको अवधिमा तीन लाख २६ हजार चार सय भेटी संकलन भएको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले बताउनुभयो । हलेसी महादेवस्थान शिव र पार्वती थानबाट दुई लाख ५४ हजार चार सय ५० रुपैयाँ र मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकावाट ७१ हजार नौ ५० रुपैयाँ भेटीघाटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीमा महिना दिनकै अवधिमा भारु पाँच हजार सात सय ६० र अमेरिकन दुई डलर चढाइएका छन् । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा गत मंसिर १६ गतेदेखि पुस ८ गतेसम्मको अवधिमा...
ट्रम्प समर्थकको प्रदर्शनमा ४ को मृत्यु

ट्रम्प समर्थकको प्रदर्शनमा ४ को मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, पौष २३ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुको हिंसात्मक प्रदर्शनमा ४ जनाको मृत्यु भएको छ । वाशिङ्गटन मेट्रो प्रहरीका अनुसार १ महिलाको प्रहरीको गोली लागी मृत्यु भएको छ भने ३ जनाको मृत्यु स्वास्थ्य समस्याका कारण भएको हो । गत नोभेम्वरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनको इलेक्टोरल मतको नतिजाको लागि बैठक बसिरहेको समयमा ट्रम्पका समर्थकहरु जबरजस्ती भवनभित्र छिर्ने बेलामा प्रहरीले रोक्न खोज्दा हिंसा शुरु भएको थियो । निर्वाचनमा ट्रम्पका प्रतिद्वन्दी जो बाइडेन नयाँ राष्ट्रपति बन्ने भएपछि ट्रम्पका समर्थकहरु हात–हथियार सहित संसद भवन भित्र बलपूर्वक प्रवेश गरेका थिए ।...
विश्वमा एकैदिन ६ लाख भन्दाबढीमा कोरोना संक्रमण पुष्टि

विश्वमा एकैदिन ६ लाख भन्दाबढीमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २९  विश्वमा एकैदिन ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३२ लाख ६८ हजार १३ जना पुगेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । अहिलेसम्म विश्वमा उक्त संक्रमितमध्ये ३ करोड ४३ लाख ९३ हजार ४ सय ४८ जना उपचारपछि निको भएका छन् भने १३ लाख ९ सय ५ जनाको मृत्यु भएको जनाईएको छ । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा १ करोड १० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् ।...
फ्रान्समा डिसेम्बरसम्म लकडाउन

फ्रान्समा डिसेम्बरसम्म लकडाउन

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २९ फ्रान्समा कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी गरिएको लकडाउन आगामी डिसेम्बर महिनासम्म जारी रहने भएको छ । लकडाउनको अवधिमा तोकिएको समय भन्दा बाहेक मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् भने कतिपय प्रतिबन्ध गरिएका सेवाहरु पनि सञ्चालन गर्न नपाइने फ्रन्स सरकारले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । केही समयअघि फ्रान्सको सरकारले सङ्क्रमितहरु पहिलेको तुलनामा निकैनै बढ्न थालेपछि लकडाउन गरेको हो । पछिल्लो चरणमा देखा परेको कोरोना भाइरसको प्रभाव निकैनै रहेको देखिएको छ । फ्रान्समा पछिल्लो हप्ताको तथ्याङ्क हेर्दा हरेक दिन कम्तीमा पनि पाँच सय जनाको मृत्यु हुने गरेको छ भने दैनिक हजारौँ जना सङ्क्रमितहरु थपिने गरेको जनाईएको छ ।...
यूएईमा अविवाहित जोडी सँगै बस्न बैधानिकता

यूएईमा अविवाहित जोडी सँगै बस्न बैधानिकता

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २८  संयुक्त अरब इमिरेट्स (यूएई) मा अब अविवाहित जोडी एक साथ बस्न पाउने भएको छ । यूएईले आफ्नो कानुन संशोधन गर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो । लामो समयदेखि यूएईमा लिभिङ टुगेदरलाई अपराध मानिन्थ्यो । नागरिक र प्रवासी नागरिकलाई सकारात्मक र अनुकूल बनाउनका लागि कानुनमा संशोधन गरिएको यूएई सरकारले जनाएको छ । केही हप्ता पहिला युएईले इजराइलसँग सम्बन्ध सामान्य बनाएको थियो । सम्बन्ध सामान्य बनाउनका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्बन्ध सामान्य बनाएका कारण र कानुन संशोधनका कारण अब यूएईमा इजरायलका पर्यटक बढ्ने अनुमान गरिएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । यूएईले इस्लामी कानुन हुँदाहुँदै पनि पर्यटक, विदेशी व्यवसायी र उद्योगहरुलाई आकर्षित गर्नको लागि पश्चिमी संस्कृतिलाई स्थान दिएको हो ।...
युक्रेनी राष्ट्रपतिलाई कोरोना सङ्क्रमण पुष्टि

युक्रेनी राष्ट्रपतिलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २७  युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि अस्पताल भर्ना भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीसँगै उहाँका शीर्ष सहयोगी तथा युक्रेनका रक्षामन्त्री, र अर्थमन्त्रीलाई पनि सङ्क्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि युक्रेनले गत मार्च महिनामा कडा लकडाउन गरे पनि मे महिनामा खुकुलो बनाएको थियो । युक्रेनमा अहिलेसम्म पाँच लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने कोरोना भाइरसको सङ्क्रमणका कारण नौ हजारभन्दा धेरैको मृत्यु भएको जनाईएको छ ।...
हङकङका प्रजातन्त्रवादी सांसदद्वारा सामूहिक राजीनामा

हङकङका प्रजातन्त्रवादी सांसदद्वारा सामूहिक राजीनामा

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २७  हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि सामूहिक राजीनामा दिएको अन्तराष्ट्रिय संचारमाध्यलहरुले जनाएका छन् । हिजो बेइजिङले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था पारित गरेको थियो । त्यसलगत्तै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएको जनाईएको छ । चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ । हङकङ चीनकै भाग भए पनि त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ । हङकङको संसदमा ७० मध्ये १९ सिटमा प्रजातन्त्रवादी सांसद थिए । उनीहरुमध्ये चार जनालाई चीनको नयाँ नियमसँगै बर्खास्त गरिएको र बाँकीले सामूहिक राजीनामा दिएका जनाईएको छ ।...
रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठायो

रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठायो

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २७  रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको छ । अर्मेनिया र अजरबैजान बीच हप्तौँसम्म चलेको युद्धपछि गत सोमबार अर्मेनिया, अजरबैजान र रुसबीच सहमति भएको थियो । सहमतिअनुसार नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको रुसले दाबी गरेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । अजरबैजान र अर्मेनियाबिच ६ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो । रुसको मध्यस्थतामा अर्मेनिया र अजरबैजानबीच विवादित भूभाग नागोर्नो काराबाखमा चलिरहेको सैन्य संघर्ष अन्त्य गर्नेबारे सम्झौता भएको हो । मंगलबार बिहानेदेखि सम्झौता लागू भएको छ । नागोर्नो काराबाख क्षेत्रलाई लिएर लामो समयदेखि दुई देशबिच विवाद छ । विवादित यो भूमि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ । सोभियत संघ अस्तित्वमा आएपछि नागोर्नो काराबाख क्षेत्र अजरबैजानभित्रै एक स्वायत्त क्षेत्रका रुपमा रहेको थियो । तर त्यो क्षेत्र...