Wednesday, July 1News That Matters

संसार

म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत बर्खास्त

म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत बर्खास्त

समाचार, संसार
पूर्णपुष्टि, फागुन १६  सेनाको विरोधमा अभिब्यक्ति दिएको भन्दै म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत क्योउ मोइ टन बर्खास्त हुनुभएको छ । त्यहाँको सरकारले राजदूत टनलाई बर्खास्त गरेको हो । राजदूत टनले प्रजातान्त्रिक तवरले निर्वाचित सरकारलाई सत्ता फिर्ता गर्नुपर्ने र सेनाले गलत काम गरिरहेको भनेर अभिव्यक्ति दिनुभएको थियो । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ । म्यानमारमा एक वर्षको लागि सङ्कटकालको घोषणा गरिएको छ । नेतृ सुकीसहितका नेताहरुलाई रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शनहरु भइरहेका छन् । हिजोमात्रै त्यहाँको सरकारले दर्जनभन्दा धेरै व्यक्तिलाई पक्राउ गरेको छ ।...
अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई स्वीकृति

अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई स्वीकृति

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १६  अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश हो । फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले अमेरिकामा स्वीकृति पाएको हो । यो खोप एकपटक मात्रै लगाए हुने र जुनसुकै रेफ्रिजेरेटरमा भण्डारण गरेर राख्न सकिनेछ । फाइजर र मोर्डनको भ्याक्सिनलाई भने डिफ्रिजको आवश्यकता पर्छ । अरु खोपभन्दा जोन्सन एण्ड जोन्सनको कोरोना भ्याक्सिन सस्तो रहेको भनिएको छ तर अहिलेसम्म कोरोना खोपको मूल्यबारे भने जानकारी गराइएको छैन । अमेरिकाले यो खोपको १० करोड डोज खरिद गर्ने जनाएको छ । बेलायतलगायत देशहरुले पनि यो खोप किन्नका लागि प्रक्रिया सुरु गरिसकेको छ ।...
विद्रोही समूहमाथि अमेरिकी सेनाको हवाई आक्रमण

विद्रोही समूहमाथि अमेरिकी सेनाको हवाई आक्रमण

समाचार, संसार
पूर्णपुष्टि, फागुन १५  सिरियामा इरान समर्थित विद्रोही समूहहरूमा अमेरिकी सेनाले हवाई आक्रमण गरेको छ । यसबारे अमेरिकी रक्षा एजेन्सी पेन्टागनले जानकारी दिएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । इरान समर्थित गुटहरुको धेरै अड्डाहरुलाई ध्वस्त पारेको जनाईएको छ । बाइडेन प्रशासनले सैन्य कारबाहीको लागि निर्देशन दिएको यो पहिलो पटक हो । पेन्टागनले इराकमा अमेरिकी गठबन्धन सेनाको आक्रमणको जवाफ स्वरुप अमेरिकी सेनाले हमला गरेको जनाईएको छ । यो महिना एक अमेरिकी ठेकेदार रकेट हमलामा मारिएका थिए । फेब्रुअरी १५ मा, इरबिलमा एक सैनिक क्याम्पमा आक्रमण भएको थियो जसको नेतृत्व अमेरीकी सेनाले गर्दै आएको थियो । त्यो आक्रमणमा एक अमेरिकी अधिकारी र पाँच ठेकेदार घाइते भएका थिए । यसअघि बग्दादमा रहेको अमेरिकी दूतावासमा इरान समर्थित सेनाले रकेट हमला गरेको जनाईएको छ ।...
विद्यालयमा बन्दुकधारीको आक्रमण

विद्यालयमा बन्दुकधारीको आक्रमण

समाचार, संसार
पूर्णपुष्टि, फागुन १४ नाइजेरियाको एक विद्यालयमा बन्दुकधारीहरुले आक्रमण गरेको छ । नाईजेरियाको उत्तर–पश्चिमी जाम्फारा राज्यमा शुक्रवार बिहान बन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरेपछि झण्डै तीन सय छात्राको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । स्थानीय समयअनुसार शुक्रवार रातको एक बजे बन्दुकधारीले आक्रमण गरेको जनाईएको छ । जङ्गेबे क्षेत्रको एक विद्यालयमा मोटरसाइकल र गाडीमा आएका बन्दुकधारीको एक समूहले आक्रमण गरेको एक शिक्षकले जानकारी दिएको समाचारमा जनाईएको छ । विद्यालयमा चार सय २१ विद्यार्थी रहेको मध्ये ५५ जना सुरक्षित छन् र तीन सय छात्राको अपहरण गरिएको आशङ्का गरेको जनाईएको छ । नाइजेरिया सरकारका प्रवक्ताले आक्रमणको पुष्टि गरेका छन् तर यसबारेमा अन्य जानकारी दिएका छैनन् । गत केही हप्तायता भएको अपहरणको घटनामा यसलाई सबैभन्दा ठूलो मानिएको छ । न...
नाभाल्नीलाई ‘अज्ञात’ ठाउँमा लगियो

नाभाल्नीलाई ‘अज्ञात’ ठाउँमा लगियो

समाचार, संसार
पूर्णपुष्टि, फागुन १४  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात ठाउँमा लगिएको छ । राष्ट्रपति पुटनका विरोधी तथा भ्रष्टाचार विरोधी नेता नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर कहाँ लगिएको हो भन्ने कुराको जानकारी सरकारले नदिएको उनका सहयोगीहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । नेता नाभाल्नीलाई अर्को कुनै जेलमा लगिएको अनुमान गरिएको छ । यसै महिनाको सुरुवातमा अदालतले नाभाल्नीलाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला गरेको थियो । यसलाई राजनीतिक रुपमा प्रेरित भनिएको जनाईएको छ । रुसको एक अदालतले उनलाई तीन वर्षको कैद सजायँ सुनाएको थियो । युरोपेली युनियनका नेताहरुले नाभाल्नीसँग रुसी सरकारले गरेको व्यवहारको निन्दा गर्दै तत्काल रिहाइको माग गरेको जनाईएको छ ।...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १३ विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघेको छ । अहिलेसम्म कोरोनाबाट २५ लाख ८ हजारभन्दा धेरैको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । विश्वमा ११ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यसमध्ये आठ करोड ८७ लाखभन्दा धेरै निको भएका छन् । सवैभन्दा बढी अमेरिका प्रभावित छ  । त्यहाँ  कोरोनाबाट सबैभन्दा धेरै पाँच लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै, अमेरिकामा दुई करोड ८९ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, भारतमा एक करोड १०  लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ५६ हजारभन्दा धेरैको मृत्यु भएको छ ।...
गरिब देशमा कोभ्याक्स खोप वितरण

गरिब देशमा कोभ्याक्स खोप वितरण

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १३ विपन्न देशमा कोभ्याक्स अन्तर्गतको कोरोनाविरुद्धको खोप वितरण सुरु भएको छ । कोभ्याक्स अन्तर्गत गरिब तथा विपन्न देशमा  वितरण गरिने भनिएको खोप घाना पुगेको छ भने कोभ्याक्स अन्तर्गतको खोप पाउने घाना पहिलो देश हो । एस्ट्राजेनेकाले उत्पादन गरेको खोप संयुक्त राष्ट्र सङ्घको पहलमा कोभ्यासमार्फत् पहिलो पटक घानाको राजधानी अँकारा पु¥याइएको हो । त्यहाँ ६ लाख डोज खोप पुगेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । खोप पहिलो चरणमा स्वास्थ्यकर्मीले पाउने छन् । कोरोनाविरुद्धको खोप सम्पन्न देशले मात्रै खरिद गर्न सक्ने हुँदा गरिब देशका नागरिक मर्कामा पर्ने भन्दै कोभ्याक्स अन्तर्गत गरिब देशमा खोप वितरण गर्ने योजना बनेको हो । यस योजनाको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरिरहेको छ  । यसमा ग्लोबल भ्याक्सिन एलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन सहभागी छन् । यो योजना...
जोन्सनको खोप सुरक्षित र प्रभावकारी

जोन्सनको खोप सुरक्षित र प्रभावकारी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १३  कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको छ । अमेरिकी नियामक निकाय यूएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले जोन्सन एण्ड जोन्सनको खोपको प्रयोगका लागि केही दिनमै स्वीकृति दिने सम्भावना रहेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाउने छन् । यो खोपले अनुमति पाए सस्तो र सजिलो खोपका लागि सजिलो विकल्प हुने जनाईएको छ । यो खोप रेफ्रिजेरेटरमा पनि राख्न सकिने भएकाले भण्डारणमा सहज हुने भनिएको छ । यस्तै, यो खोपको मात्रा एक डोज दिएमात्रै पनि पुग्ने छ । अहिले प्रयोगमा आएको मोर्डना र फाइजरको खोपको मात्रा दुई डोज दिने गरिएको छ । जोन्सन एण्ड जोन्सनले गत महिना आफ्नो  परीक्षणको नतिजा सार्वजनिक गरेको थियो । यसको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको थियो । परीक्षणमा...
सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन

सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन

समाचार, संसार
पूर्णपुष्टि, फागुन ११  म्यानमारमा सैन्य 'कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आन्दोलनलाई सशक्त बनाउन आमहड्तालको आह्वान गरिएको छ । आमहड्तालसँगै व्यापार र व्यवसाय बन्द गरि श्रमिकहरु सडकमा आएका छन् । सरकारी र निजी क्षेत्रका केही कर्मचारीले काम छोडेर यसअघि नै नागरिक अवज्ञा थालिसकेको जनाइएको छ । म्यानमारको सेनाले भने प्रदर्शनमा उत्रिए जे पनि हुन सक्ने चेतावनी दिएपनि सेनाको चेतावनीको अवज्ञा गर्दै प्रदर्शनकारीहरु प्रदर्शनमा लागेका हुन् । यसअघि प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । गतको फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारमा विरोधका कार्यक्रमहरु भइरहेका छन् । प्रदर्शनकारीहरुले नेतृ आङ सान सुकीको जननिर्वाचित सरकारको पूनर्बहाली र सूकीलगायत पक्राउ परेका नेताहरुको रिहाइको माग गरेका छन् । चुनाव...
सैन्य विमान दुर्घटना

सैन्य विमान दुर्घटना

समाचार, संसार
पूर्णपुष्टि, फागुन १० मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान हिजो बिहान एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको जनाइएको छ । विमान दुर्घटनामा मृत्यु हुनेको परिचय खुलिनसकेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएका छन् । विमान दुर्घटना हुनुको कारण खुलेको छैन । घटनाको अनुसन्धान थालिएको रक्षा मन्त्रालयले जनाएको छ ।...