Friday, May 22News That Matters

संसार

भारतमा एकै दिन ६२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा एकै दिन ६२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २६ भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ । उक्त संक्रमति मध्ये पछिल्लो २४ घण्टामा १ सय ७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४४ हजार ३ सय ८६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै अमेरिकामा अहिलेसम्म १ लाख ६५ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा १ लाख ४ सय ७७ जनाको मृत्यु भईसकेको वल्र्डओडोमिटरले जनाएको छ ।...
ब्राजिलमा कोरोनाबाट १ लाखभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोनाबाट १ लाखभन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २६ कोरोना भाईरसको संक्रमणबाट ब्राजिलमा एक लाखभन्दा धेरैको मृत्यु भएको छ । कोरोना भाईरसको संक्रमणबाट अति प्रभावितको दोस्रो देश ब्राजिलमा एक लाख एक हजार ४९ जनाको मृत्यु भएको हो । ब्राजिलमा कुल सङ्क्रमितको संख्या ३० लाख ३५ हजारभन्दा धेरै पुगेको छ । अमेरिकापछि सबै भन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या ब्राजिलमा हो । ब्राजिलमा तीन महिना ५० हजार मानिसको मृत्यु भएको थियो । पछिल्ले ५० दिनमा ५० हजारभन्दा धेरैको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । ब्राजिलमा कोरोना भाइरसको संक्रमण अझै पनि उच्च तहमा रहे पनि त्यहाँ पसल तथा रेस्टुरेन्टहरु खुलिसेकका छन् । राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई सामान्य रुपमा लिनुभएको छ । आफैँ पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका उहाँले राज्यका गभर्नरहरुले लकडाउन गरे पनि त्यसको विरोध गर्दै आउनुभएको थियो ...
पाकिस्तानबाट आएका ११ जनाको शव फेला

पाकिस्तानबाट आएका ११ जनाको शव फेला

समाचार, संसार
पूर्णपुष्टि, साउन २६ भारतको राजस्थानमा पाकिस्तानबाट आएका एकै परिवारका ११ जनाको शव फेला परेको छ । उनीहरुको शव जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानबाट आएकामध्ये १ जना जिवितै भेटिएका छन् । घटनास्थलमा किटनाशक औषधि भेटिएकाले मृत्यु हुनेको कारण पारिवारिक झगडा हुन सक्ने अनुमान गरिएको संचारमाध्यमहरुले जनाएका छन् । घटनाको अनुसन्धान प्रहरीले थालेको छ । मरिब ८ वर्ष पहिले पाकिस्तानको सिन्ध प्रान्तबाट आएका उनीहरु आदिवासी भील समुदायका व्यक्तिहरु भएको जनाईएको छ । परिवारले खेत भाडामा लिएर खेती गर्दै आएका थिए । मृत्युको कारण थाहा पाउन फरेन्सिक एक्सपर्टको सहयोग लिइएको प्रहरीले जनाएको छ ।...
श्रीलंकामा चौथो पटक महिन्दा राजापाक्षे प्रधानमन्त्री

श्रीलंकामा चौथो पटक महिन्दा राजापाक्षे प्रधानमन्त्री

समाचार, संसार
पूर्णपुष्टि, साउन २६ श्रीलंकामा चौथो पटक महिन्दा राजापाक्षे प्रधानमन्त्री बन्नुभएको छ । हालै भएको चुनावमा उहाँको दल श्रीलंका पिपुल्स पार्टीले दुईतिहाइ मत पाएपछि ७४ वर्षका राजापाक्षेले चौथो पटक प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको हो । श्रीलंकाको कोलम्बोको केलानियामा रहेको बौद्ध मन्दिर राजमहा बिहारमा शपथग्रहण कार्यक्रम गरिएको थियो । उहाँलाई श्रीलंकाका राष्ट्रपतिसमेत रहेका भाइ गाटाभया राजापाक्षेले शपथग्रहण गराउनुभएको हो ।...
कोरोनाबाट १९१ जना नेपालीको विदेशमा मृत्यु

कोरोनाबाट १९१ जना नेपालीको विदेशमा मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, साउन २५ अहिलेसम्म विदेशमा कोरोना भाइरस सङ्क्रमणबाट एक सय ९१ जना नेपालीको मृत्यु भईसकेको छ । कोरोना संक्रमणबाट पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे मृत्यु भएपछि विदेशमा एक सय ९१ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । यस हप्ता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ । गते हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । यस हप्ता अष्ट्रेलिया रहेका एक सय ४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको संघले जनाएको छ । गत हप्ता लग्जेम्वर्गमा रहेका नेपाली सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् ।  विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले मृत्यु भएको छ । कोरोना भाइरसका ...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २३ भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघेको छ । विश्वमा कोरोना संक्रमितको तेस्रो सबैभन्दा प्रभावित देश भारतमा संक्रमितको संख्या २० लाख २१ हजार ४ सय ७ पुगेको हो । भारतमा पछिल्लो २४ घण्टामा थप ५८ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २० दिनमा सङ्क्रमण दुई गुणाले बृद्धि भएको हो । यो दर अमेरिका र ब्राजिलको तुलनामा धेरै हो । सङ्क्रमितको सङ्ख्याको आधारमा भारतभन्दा अघि पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । भारतमा उक्त संक्रमित मध्ये अहिलेसम्म ४० हजारभन्दा धेरैको मृत्यु भईसकेको छ । मृतकको सङ्ख्याको आधारमा भारत विश्वको पाँचौँ सबैभन्दा बढी प्रभावित देश हो । अहिलेसम्म विश्वभर १ करोड ९२ लाख ७२ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा ७ लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ भने १ क...
अमेरिकी राष्ट्रपति ट्रम्पको स्टाटस फेसबुकले हटायो

अमेरिकी राष्ट्रपति ट्रम्पको स्टाटस फेसबुकले हटायो

समाचार, संसार
पूर्णपुष्टि, साउन २२ सामाजिक सञ्जाल फेसबुकले, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोष्ट गरेको कोरोना भाइरस सम्बन्धी पछिल्लो स्टाटस हटाएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक हटाएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई हटाएको फेसबुकले जनाएको छ । ट्रम्पले, फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गर्नुभएको थियो । अन्तर्वार्तामा उहाँले बालबालिकामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता रहेकाले सबै विद्यालय खोल्ने समय आएको बताउनुभएको थियो । ट्रम्पको यो दाबी, स्वास्थ्य विज्ञको भनाइ र प्रमाणित तथ्य भन्दा विपरीत भएको भन्दै फेसबुकले उहाँको पोष्ट हटाएको जनाएको छ ।...
रुसले बनाउँदै गरेको कोरोना भाइरस विरुद्धको खोपमाथि डब्ल्यूएचओको शङ्का

रुसले बनाउँदै गरेको कोरोना भाइरस विरुद्धको खोपमाथि डब्ल्यूएचओको शङ्का

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले रुसले बनाउँदै गरेको कोरोना भाइरस विरुद्धको खोपप्रति शङ्का गरेको छ । तेस्रो चरणको परीक्षण विना नै खोप उत्पादन गरेमा कि त्यसको लाइसेन्स खारेज हुने वा त्यसलाई खतरनाक मान्न सकिने भन्दै डब्ल्यूएचओका प्रवक्ता क्रिस्टियन लिंडमियरले शङ्का व्यक्त गर्नुभएको हो । खोप उत्पादनका लागि कैयौं  नियम पालना गर्नुपर्ने भए पनि रुसले त्यसो नगरेको उहाँको भनाई छ ।  रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरासकोले भने अक्टोबरदेखि रुसमा कोरोना भाइरसको खोप उत्पादन सुरु गर्ने घोषणा गर्नुभएको छ । खोप स्वास्थ्यकर्मी, नर्स र शिक्षकलाई पहिलो प्राथमिकतामा राखेर दिइने जनाएको छ । रुसले ३ करोड डोज देशमा बनाउने तयारी गरेको छ भने विदेशमा १७ करोड डोज तयार गर्ने जनाएका छन् ।...
विवादित जम्मू कश्मीर क्षेत्र समेटेर पाकिस्तानद्धारा नयाँ राजनीतिक नक्सा जारी

विवादित जम्मू कश्मीर क्षेत्र समेटेर पाकिस्तानद्धारा नयाँ राजनीतिक नक्सा जारी

समाचार, संसार
पूर्णपुष्टि, साउन २१ विवादित जम्मू–कश्मीर, लद्दाख, जूनागढ क्षेत्र समेटेर पाकिस्तानले नयाँ राजनीतिक नक्सा जारी गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको जानकारी दिनुभएको हो । मन्त्रीपरिषद्को यो निर्णय विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीर नेतृत्वले पनि स्वागत गरेको उहाँले बताउनुभएको छ । नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री खानले नयाँ नक्साले पाकिस्तानी नागरिकको उमंगको प्रतिनिधित्व गरेको दाबी गर्नुभएको छ । गत वर्ष अगष्ट ५ मा भारतले कश्मीर समेटेर गैर कानुनी रुपमा नयाँ नक्सा जारी गरेको उहाँको आरोप छ । भारतले जारी गरेको नयाँ नक्सा आफूहरुलाई अमान्य भएकाले नयाँ नक्सा जारी गरिएको पाकिस्तानी प्रधानमन्त्री खानले बताउनुभयो । उहाँले अब पाकिस्तानको स्कुल, कलेज र सबै कार्यालयमा आधिकारिक रुपमा नयाँ नक्सा राख्ने निर्ण...
लेबनानको राजधानी बेरुतमा विस्फोटमा परी ७० जनाको मृत्यु

लेबनानको राजधानी बेरुतमा विस्फोटमा परी ७० जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, साउन २१ लेबनानको राजधानी बेरुतमा मंगलबार विस्फोट हुँदा करिब ७० जनाको मृत्यु भएको छ भने ४ हजार भन्दा बढी घाइते भएका छन् । भारी विस्फोटक सामाग्री भएको गोदाममा विस्फोट भएको संचारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति माइकल इयोनले २७ सय ५० टन विस्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको भन्दै निन्दा व्यक्त गरेकोे छ । उनले विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान थाल्न पनि निर्देशन दिइसको जनाईएको छ । लेबनानका प्रधानमन्त्री हसन दिआबले आज राष्ट्रिय शोकको घोषणा गर्ने भएको छ । त्यस ठाउँमा २०१४ देखि नै विस्फोटक नाइट्रेटको स्टोर गरिदै आएको जनाइएको छ । विस्फोटपछि वरपरका भवनहरु ध्वस्त भएका छन् । विस्फोटनको आवाज २ सय ४० किलोमिटर पर साइप्रससम्म सुनिएको थियो । विस्फोट समुन्द्री तटीय क्षेत्रमा भएको छ । अहिलेसम्म विस्फोटको कारण पत्ता लागेको छैन ।...