Friday, May 22News That Matters

संसार

अमेरिकाको उपराष्ट्रपति पदमा डेमोक्र्याटिक पार्टीकी ह्यारिस उम्मेदवार

अमेरिकाको उपराष्ट्रपति पदमा डेमोक्र्याटिक पार्टीकी ह्यारिस उम्मेदवार

समाचार, संसार
पूर्णपुष्टि, साउन २८ अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गर्नुभएको छ । ह्यारिस उपराष्ट्रपति पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियाली–अमेरिकी हुनुहुन्छ । उहाँको आमाको जन्म भारतमा भएको थियो । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उहाँ रङ्गभेदविरुद्धको अभियानमा पनि हुनुहुन्थ्यो । आगामी नोभेम्बर ३ तारिखमा हुने चुनावमा बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । ह्यारिसले ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार वर्तमान उपराष्ट्रपति माइक पेन्ससँग अक्टोबर ७ तारिखमा सल्ट लेक सिटी, युटामा बहस गर्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । अमेरिकामा अहिलेसम्म दुई जना महिला मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका छन् ।  सन् २००८ मा रिपब्लिकन पार्टीका तर्...
न्यूजिल्याण्डको ओक्ल्याण्डमा ३ दिनका लकडाउन

न्यूजिल्याण्डको ओक्ल्याण्डमा ३ दिनका लकडाउन

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २८ आजदेखि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुन तीन दिनका लागि लकडाउन लागू भएको छ । एक सय दुई दिनपछि पुन ४ जनामा कोरोना सङ्क्रमण देखिएपछि लकडाउन लागू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एक सय दुई दिनसम्म न्यूजिल्याण्डका स्थानीयमा कोरोना भाइरसको सक्रमण देखिएको थिएन । यात्रा नगरेका एकै परिवारका चार जनामा हिजो सङक्रमण देखिएपछि लकडाउन गरिएको जनाईएको छ । सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको छ ।  ओक्ल्याण्डका बासिन्दालाई घरमै बस्न भनिएको छ । ठूलो सङ्ख्यामा मानिस भेला हुन पाउने छैनन् । अत्यावश्यक बाहेकका व्यवसायहरु बन्द गरिने र  देशभर नै सामाजिक तथा भौतिक दूरी कायम गर्नु पर्ने नियम लागू हुने जनाइएको छ । न्युजिल्याण्डमा अहिलेसम्म १५ सय ७० जना कोरोना संक्रमित भईसकेको छ भने २२ जनाको मृत्यु नै भईसकेको छ ।...
रुसले बनाएको कोरोना विरुद्धको खोपप्रति डब्लूएचओको प्रश्न

रुसले बनाएको कोरोना विरुद्धको खोपप्रति डब्लूएचओको प्रश्न

समाचार, संसार
पूर्णपुष्टि, साउन २८ रुसले विकसित गरेको कोरोना विरुद्धको खोपप्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रश्न उठाएको छ । रुसले विकसित गरेको खोपबारे जानकारी नभएकाले मूल्याङकन गर्न नसक्ने डब्लूएचओले जनाएको हो । कोरोना विरुद्धको खोप बनाउने जो कोहीले पनि डब्लूएचओले सिफारिस गरेको नियम पालना गर्नुपर्नेमा डब्लूएचओका जरबास बारबोसाले बताउनुभयो । यो नियमले कोरोना विरुद्ध बनाइएको भनिएको खोप सुरक्षित रहने उहाँको दाबी छ । गत हप्ता डब्लूएचओ रुसलाई कोरोना विरुद्धको खोप बनाउन अन्तराष्ट्रिय मापदण्ड पालना गर्न आग्रह गरेको थियो । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप अबको दुई महिनाभित्र धेरै मानिसलाई दिने तयारी भएको बताउनुभएको छ । राष्ट्रपति पुटिनले आफ्नो छोरीलाई पनि खोप दिइएको जानकारी गराउँदै कोरोना विरुद्ध रुसले तयार गरेको खोपको सबै परीक्षण सकिएको दाबी...
लकडाउन उलंघन गरेपछि सेल्टिक र एबरडीनको खेल स्थगित

लकडाउन उलंघन गरेपछि सेल्टिक र एबरडीनको खेल स्थगित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन २८ लकडाउन नियम उलंघन गरेपछि स्कटिस प्रिमियरसिप अन्तर्गत सेल्टिक र एबरडीनबीचको खेल स्थगित गरिएको छ । सेल्टिक र एबरडीनका खेलाडीले लकडाउन उलंघन गरेपछि दुई टोलीबीचको खेल स्थगित गरिएको हो । सेल्टिक र एबरडीनबीचको खेल शनिबार तय भएको थियो । हालै सेल्टिकका डिफेन्डर बोली बोलिनगोलीले स्पेनको भ्रमण गरेपछि क्वरेण्टीनमा नबसी किल्मर्नोकविरुद्ध खेल खेलेका थिए । जसको कारण सेल्टिक आलोचित बनेको थियो र स्कटल्याण्डका मन्त्री निकोला स्टर्जनले खेल स्थगित गर्न निर्देशन दिनुभएको थियो । त्यस्तै गत हप्ता एबरडीनका आठ खेलाडी लकडाउन नियम उलंघन गर्दै बार गएका थिए । सेल्टिक र सेन्ट मिरिन तथा एबरडीन र ह्यामिल्टनबीच बुधबार तय भएको खेल समेत स्थगित गरिएको छ ।...
चीनद्धारा कोरोनाविरुद्धका खोपको तेस्रो चरणको परीक्षण सुरु

चीनद्धारा कोरोनाविरुद्धका खोपको तेस्रो चरणको परीक्षण सुरु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २७ चीनको सरकारी कम्पनी साइनोफार्मले कोरोना भाइरस विरुद्ध तयार गर्दै गरेको खोपको तेस्रो चरणको परीक्षण सुरु गरेको छ । बहइनको एउटा टापुका मानिसमा  तेस्रो चरणको खोप परीक्षण सुरु गरेको हो । कम्पनीले यो भन्दा पहिला जुलाई महिनामा यूएईको राजधानी आबुधाबीमा खोपको मानव परीक्षण सुरु गरेको थियो । यो खोप चीनको सरकारी कम्पनी साइनोफार्म, चाइना बायोटेक्नोलोजी र आबुधाबीलगायतका कम्पनी मिलेर बनाइरहेका छन् । मानव परीक्षण सफल भए खोप सुरक्षित भएको मानिन्छ । एक दीपको मानिसमा परीक्षण गरेपछि फेरि धेरैमा मानिसमा प्रयोग गर्ने जनाईएको छ । त्यस्तै टर्कीले पनि अमेरिका र चीनपछि खोप बनाउनेमा आफ्नो देश तेस्रो हुने दाबी गरेको छ ।...
युरोपा लिगको अन्तिम चारमा इन्टर मिलान प्रवेश

युरोपा लिगको अन्तिम चारमा इन्टर मिलान प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन २७ युरोपा लिगको अन्तिम चारमा इटालियन क्लव ईन्टर मिलान प्रवेश गरेको छ । जर्मन क्लब बायर लिभरकुसेनलाई २–१ गोलले पछि पार्दै इटालियन क्लब इन्टर मिलान लिगको अन्तिम चरणमा प्रवेश गरेको हो । खेलको १५ औं मिनेटमा निकोलो बरेलाले गोल गरेको थियो । त्सपछि २१ औं मिनेटमा रोमेलु लुकाकुले लिभरकुसेनका डिफेन्डरलाई बिट गर्दै अर्काे गोल गरे । जसका कारण इन्टरले खेलमा दुई शून्यको अग्रता बनाएको थियो । दुई गोलले पछि परेको अवस्थामा चेल्सीमा आउने चर्चामा रहेका केइ हाभेर्टजले गोल गर्दै लिभरकुसेनको अन्तर कम गरेका थिए । उनले खेलको २५ औं मिनेटमा डि–बक्स भित्रबाट पाएको मौकालाई सदुपयोग गरेका हुन ।...
लेबनानका प्रधानमन्त्री हसनले दिए राजीनामा

लेबनानका प्रधानमन्त्री हसनले दिए राजीनामा

समाचार, संसार
पूर्णपुष्टि, साउन २७ लेबनानका प्रधानमन्त्री हसन दियाबले राजिनामा दिएको छ । आफ्नो सबै मन्त्रीसँगै पदबाट राजीनामा दिएको हो । प्रधानमन्त्री दियाबले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मन्त्रिपरिषद्का सदस्यसहित आफूले राजीनामा दिएको जनाकारी गराएको थियो । यसअगाडि नै राष्ट्रपति माइकल आउनले राजीनामा दिएको समाचार एजेन्सीहरुले बताएका थिए ।  तर आधिकारिक घोषणा भने भएको थिएन । राजीनामा दिनुभन्दा अगाडि केही मन्त्रीले राजीनामा दिइसकेका थिए । लेबनानका नागरिकले सरकारप्रति भ्रष्टाचार गरेको तथा अयोग्य भएको आरोप लगाएका छन् । गत मङ्गलबार लेबनानको एक खाद्यान्न भण्डारणमा आगलागी भएको थियो ।...
पत्रकार भेटघाटमा ह्वाइट हाउस बाहिर गोली चल्यो

पत्रकार भेटघाटमा ह्वाइट हाउस बाहिर गोली चल्यो

समाचार, संसार
पूर्णपुष्टि, साउन २७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाटमा ह्वाइट हाउस बाहिर गोली चलेको बताएका छन् । पत्रकार भेटघाटको क्रममा ट्रम्पका सुरक्षाकर्मीले उनलाई केही भनेपछि उनी पत्रकार भेटघाट छाडेर भित्र गए । केहि मिनटपछि  ट्रम्प बाहिर आएर पत्रकारहरुलाई स्थिति नियन्त्रणमा रहेको बताएका थिए । पत्रकारहरुलाई अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिले एक हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएको ट्रम्पले बताएका छन् । उनका अनुसार यस घटनापछि घाइतेलाई अस्पताल लगिएको छ । ट्रम्पले यो घटनालाई असामान्य स्थिति भनेका छन् । सेक्रेट सर्भिसका व्यक्तिहरुको ट्रम्पले प्रशंसा पनि गरे । तर साच्चै गोली नै चलेको थियो र कसैलाई अस्पताल लगिएको छ । र त्यो व्यक्तिको अवस्थाबारे जानकारी नभएको बताएको छ । ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो । त्यो स्थानबाट वित्तमन्त्री र अर्का एक अधिकारी...
विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड नाघ्यो

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २६ विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । विश्वका विभिन्न देशमा भाईरस फैलिदा दुई करोड ३१ हजार पाँच सय भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । विश्वमा कोरोना सङ्क्रमणबाट सात लाख ३४ हजार एक सयभन्दा धेरैको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएका मध्ये एक करोड २९ लाख चार हजारभन्दा धेरै उपचारपछि निको भएको जनाईएको छ । अहिले विश्वमा ६३ लाख ९३ हजार चार सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये ६४ हजार आठ सयभन्दा धेरै गम्भीर बिरामी रहेका छन् ।...
भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना सङ्क्रमण पुष्टि

भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २६ भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पूर्वराष्ट्रपति मुखर्जीले ट्वीट गर्दै आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँलाई सोमबार गरिएको जाँचमा कोरोनाको सङ्क्रमण पाइएको जानकारी गराउनु भएको छ । साथै उहाँले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकालाई छुट्टै बस्न आग्रह गर्दै कोभिड–१९ जाँच गर्न भन्नुभएको छ । केही दिनअघि मात्र भारतीय गृह मन्त्री अमित शाहलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।...