Thursday, May 21News That Matters

संसार

११ देशको सवै कोरोना संक्रमित निको भए

११ देशको सवै कोरोना संक्रमित निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १ गते ।  कोरोनाको संक्रमण फैलिएको १ सय १३ देशमध्ये ११ देशमा सबै कोरोना संक्रमित निको भएका छन् । उक्त देशमा कोरोना संक्रणमबाट कसैको पनि मृत्यु भएको छैन । अहिले यि देश ग्रीन जोनमा रहेको छ । फेरो आइल्याण्ड्समा १ सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । न्यू क्यालिडोनिया र सेन्ट लुसियामा १८/१८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सबैजना निको भएर घर फर्किएका छन् । फल्कल्याण्ड आइल्याण्ड्समा १३ जना, ग्रीनल्याण्डका ११ जना, पपुवा न्यूगिनी, क्यारिबियन नेदरल्याण्ड्सका ६, सेन्ट बार्थका ६, वेस्टर्न सहाराका ६, अङगिलाका ३, सेन्ट पिएरे मिकेलनका १ जना पनि निको भएर घर फर्किएका छन् ।...
कोरोना संक्रमितमध्ये साढे १६ लाख भन्दा बढी उपचारपछि निको भए

कोरोना संक्रमितमध्ये साढे १६ लाख भन्दा बढी उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
 पूर्णपुष्टि जेठ १ गते ।  विश्वका कोरोना संक्रमितमध्ये १६ लाख ५४ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । विश्वमा ४४ लाख २२ हजार भन्दा बढी संक्रमित भएकामध्ये अहिलेसम्म १६ लाख ५४ हजार ८ सय १९ जना उपचारपछि निको भएका हुन् । उक्त संक्रमितमध्ये २ लाख ९७ हजार ५ सय ५२ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । अमेरिका अहिलेसम्म संक्रमितको संख्या १४ लाख २७ हजार पुगेको छ । यस्तै भारतमा संक्रमितको संख्या ७८ हजार नाघेको छ भने भारतमा २५ सय ५१ जनाले मृत्यु भईसकेको छ ।...
कोरोना अस्पतालमा आगलागी हुदा करिब ५ जनाको मृत्यु

कोरोना अस्पतालमा आगलागी हुदा करिब ५ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, बैशाख ३० गते ।  रुसको एक कोरोना भाईरस (कोभिड–१९) अस्पतालमा आगलागी हुदा करिब पाँच जनाको मृत्यु भएको छ । सेन्ट पिटर्सबर्ग शहरमा अवस्थित कोभिड–१९ अस्पतालमा आगलागी हुँदा करिब पाँच जनाको मृत्यु भएको हो । अस्पतालबाट अहिलेसम्म करिब एक सय ५० जनालाई सुरक्षित निकालेको जनाईएको छ । घटनामा कति जना घाइते भएका छन् भन्नेबारेमा एकिन भईनसकेको जनाईएको छ । भेन्टिलेटरमा शर्ट सर्किट हुँदा आगलागी भएको संचारमाध्यमहरुले जनाएको छ । मृत्यु हुनेहरु सवै भेन्टिलेटरमा राखिएका बिरामी भएको जनाईएको छ । कोरोना भाइरस संक्रमणको महामारीको विचमा अर्काे दुःखद घटना घटेको हो ।...
मलेसियामा थप ४ हप्ता लकडाउन थपियो

मलेसियामा थप ४ हप्ता लकडाउन थपियो

समाचार, संसार
पूर्णपुष्टि, बैशाख २८ गते ।  कोरोना संक्रमण रोकथामका लागी मलेसिया सरकारले चार हप्ता लकडाउन थपेको छ । यस अघि मे १२ सम्मका लागी लकडाउन तोकिएको भएपनि चार हप्ता थप्दै जुन ९ सम्म र्पुयाएको हो । मलेसियाले कोरोना संक्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन जारी राखेको छ । मे ४ देखि भने लकडाउन केही खुकुलो बनाइएको जनाईको छ । होटल, कलकारखाना लगायतका क्षेत्रहरु खुलेका छन् । तर निश्चित सुरक्षा सतर्कता अपनाइएको छ । लकडाउनको समय बढाएसँगै भिसाको अवधि सकिएकालाई १४ दिनभित्र देश छाड्न दिएको समय सारेको छ ।...
कोरोनाले ९ देशमा रहेका ७८ जना नेपालीको मृत्यु

कोरोनाले ९ देशमा रहेका ७८ जना नेपालीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २८ गते ।  विश्वको विभिन्न देशमा रहेका नेपाली मध्ये कोरोना संक्रमणबाट ९ देशमा रहेका ७८ जना नेपालीको मृत्यु भएको छ । कोरोना भाईरस संक्रमणको कारण सवै भन्दा बढी बेलायतमा रहेका नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । बेलायतमा ५१, अमेरिकामा १५, संयुक्त अरब इमिरेट्स (यूएई)मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइन १ र स्वीडेनमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको समितिले जनाएको छ । विश्वको ९ देशमा रहेका नेपालीहरुको मृत्यु भएको छ भने अन्य २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएको विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडाले देखाएको छ । नेपाल बाहेक विश्वका विभिन्न देशमा रहेका ५ हजार ४ सय ७२ जना नेपाली कोरोना संक्रमित भएका छन...
कतारमा सवै भन्दा बढी नेपाली कोरोना संक्रमित

कतारमा सवै भन्दा बढी नेपाली कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २८ गते ।  विश्वको विभिन्न देशमा छरिएर रहेका नेपाली मध्ये कोरोना भाईरस (कोभिड–१९) बाट कतारमा रहेका नेपाली बढी संक्रमित भएका छन् । स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म कतारमा २ हजार ३ सय जना नेपालीमा कोरोना संक्रमण देखा परेको जनाएको छ । नेपाल बाहेक विश्वका विभिन्न देशमा रहेका ५ हजार ४ सय ७२ जना  गैरआवासीय नेपाली कोरोना संक्रमित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । संक्रमितमध्ये २ हजारभन्दा बढी नेपाली उपचारपछि निको भएको अनुमान गरिएको छ । कतारमा २ हजार ३ सय, बहराइनमा २ सय ४५, यूएईमा १ सय ४९, कुवेतमा ७८, साउदी अरबमा ३०, साईप्रसमा ३, मलेसियामा ४९, अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार,  पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १२, बेल्जियममा ६, जापानमा १०, स्वीडरल्याण्डमा ५, क्यानाडामा १०,...
कोरोना संक्रमितको संख्या ४१ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या ४१ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २८ गते ।  अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४१ लाख नाघेको छ । विश्वका विभिन्न देशमा ४१ लाख ७ सय २६ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ । अमेरिकामा १३  लाख ४७ हजार ३ सय ९ जना, स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जना, इटालीमा २ लाख १८ हजार २ सय ६८ जना संक्रमित पुगेका छन् । अहिलेसम्म करिब १४ लाख संक्रमित उपचार पछि निको भएका छन् भने कोरोनाबाट २ लाख ८० हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ ।...
भारतले दशगजा क्षेत्रमा अवैध बाँध विस्तार गर्दै

भारतले दशगजा क्षेत्रमा अवैध बाँध विस्तार गर्दै

समाचार, संसार
पूर्णपुष्टि, बैशाख २७ गते ।  भारतले लकडाउनको मौका छोपेर दशगजा क्षेत्रमा अवैध बाँध विस्तार गरेको छ । रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल–भारत दशगजा क्षेत्रमा भारतीय पक्षले अवैध पाँच फिटभन्दा अग्लो माटो थपेर बाँध लगाएको हो । जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६–५ हुुँदै बन्जरहासम्म भारतले एक दशक अघि बाँध बनाएको थियो । अहिले त्यसलाई अग्लो बनाउँदैछ । दशगजा क्षेत्रमा पक्की वा अस्थायी कुनै किसिमका संरचना बनाउन पाइँदैन । तर भारतले निरन्तर अवैध रुपमा बाँध बनाउँदै आएको छ । बाँधले नेपाली भूभाग डुबानमा पर्दै आएको छ । त्यस्ता संरचना भत्काउनु पर्नेमा उल्टै भारतले सिमेन्टका बोराहरूमा माटो ढुङ्गा भरेर बाँधको चौडाइसँगै उचाइ बढाईरहेको छ । दुई किलोमिटरभन्दा लामो, फेद चौडा करिब १० मिटर भएको १५ फिटभन्दा अग्लो बाँध भारतले बनाएको र पानी निकासका लागि एउटा पनि ढोका नराखेको स्थानीयहरुले ब...
कुवेतमा तीन हप्ता लकडाउन

कुवेतमा तीन हप्ता लकडाउन

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २७ गते । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि कुवेतमा आइतबारदेखि तीन हप्तासम्म पूर्ण रुपमा लकडाउन हुने भएको छ । कुवेत मन्त्रिपरिषदले आईतबार अर्थात मे १० देखि मे ३० सम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको सञ्चारमाध्यमहरुले जनाएको छ । यो निर्णय आइतबार दिउँसो चार बजेदेखि लागू हुने जनाईएको छ । निजी क्षेत्रको काम र अत्यावश्यकबाहेक सामान ओसारपसारको कामसमेत रोक्ने निर्णय गरेको जनाईएको छ । तर दिउँसोको साढे चार बजेदेखि साढे ६ बजेसम्म मानिसलाई हिँड्न दिएपनि गाडी चलाउन नदिने जनाएको छ । कुवेतमा अहिलेसम्म ७ हजार २ सय ८ जनामा कोरोना संक्रतिमण फेला परेकोे छ । २ हजार ४ सय ६६ जना निको भएर घर फर्केका छन् भने ४ हजार ६ सय ९५ जनाको अस्पतालमा उपचार भइरहेको छ । कुवतेमा अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ । कुवेतमा रहेको ८४ जा नेपाली श्रमिकलाई कोरोना संक्रण देखिएको ...
लिपुलेक बारे सरकराले बोल्यो

लिपुलेक बारे सरकराले बोल्यो

समाचार, संसार
पूर्णपुष्टि, बैशाख २७ गते ।  नेपाली भूमि लिपुलेकबाट भारतले सडक खनेर उद्घाटन गरेको विषयमा सरकारले आधिकारीक धारना जनाएको छ । लिपुलेक हुदै भारतले सडक खनेर चीनको सीमासम्म र्पुयाएको विषयमा सरकारले प्रेस विज्ञप्ति जारी  गर्दै आधिकारिक धारणा जनाएको हो । भारतले नेपाली भूमि हुँदै सडक खनेको प्रती परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सन् १८१६ को सुगौली सन्धि अनुसार काली पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालमै पर्ने दाबी गर्दै सरकारले यो विषयमा नेपालले कुटनीतिक नोट पठाउँदा पठाउँदै पनि भारतले सडक बनाउनु दुःखद भएको जनाएको छ । यस विषयमा दुई देशबीच छलफल हुनुपर्ने र ऐतिहासिक सन्धि, कागजात र नक्साको आधारमा सीमा विवाद समाधान गर्नुपर्ने विषयलाई भारतले एकलौटी रुपमा प्रयोग गर्न नपाउने भन्दै सरकारले भारतको पछिल्लो कदम तत्काल फिर्ता गर्न माग ग...