Wednesday, May 20News That Matters

संसार

एसियाली देशको विकास दर ६० वर्षयताकै कम हुने

एसियाली देशको विकास दर ६० वर्षयताकै कम हुने

आर्थिक, समाचार, संसार
पूर्णपुष्टि, बैशाख ४ गते ।  एसियाली देशको विकास दर शुन्यमा झर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चिन्ता व्यक्त गरेको छ । ६० वर्षयता पहिलो पटक यस वर्ष एसियाली देशको विकास दर शून्यमा झर्ने भन्दै आईएमएफले चिन्ता व्यक्त गरेको हो । विश्वमा ४.७ प्रतिशत विकास दर हुँदा एसियाली देशको विकास दर भने १.३ प्रतिशतभन्दा पनि कम हुनेछ । तर कोरोना भाइरस रोक्ने नीति प्रभावकारी भए सन् २०२१ मा एसियाली देशको विकास दर बढ्ने आईएमएफले जनाएको छ । दक्षिण एसियाली देशले ४० वर्षयताकै खराब आर्थिक सङ्कट खेपिरहेको विश्व बैंकले चेतावनी दिएको एक दिनपछि आईएमएफको प्रक्षेपण सार्वजनिक भएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अहिले विश्वकै अर्थव्यवस्था ओरालो लागेको छ ।...
कोरोना संक्रमित ५ लाख ९ हजारभन्दा बढी निको भए

कोरोना संक्रमित ५ लाख ९ हजारभन्दा बढी निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ४ गते ।  विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित पाँच लाख नौ हजार भन्दा बढी निको भएका छन् । अहिलेसम्म विश्वका पाँच लाख नौ हजार सात सय ४१ जनाको कोरोना संक्रमण निको भएको वल्डोमिटरले जनाएको छ । विश्वका दुई सय १० देश र दुई वटा अन्तर्रा्ष्ट्रिय पानी जहाजमा भाइरसको सङ्क्रमण फैलिँदा २० लाख ७७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ लाख ३३ हजारभन्दा धेरै मानिसको उपचार भइरहेको छ भने एक लाख ३४ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै झण्डै दुई हजार पाँच सय जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण २८ हजार पाँच सयभन्दा बढीको मृत्यु भईसकेको छ भने ६ लाख ४३ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा २१ हजार ६ सयभन्दा बढी, स्पेनमा १८ हजार सात सयभन्दा बढी, फ्रान्समा १७ ह...
भारतमा कोरोना भाइरसबाट ११ हजारभन्दा बढी सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट ११ हजारभन्दा बढी सङ्क्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३ गते ।  भारतमा कोरोना भाइरस (कोभिड १९) बाट ११ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । ११ हजार चार सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म तीन सय ७७ जनाको मृत्यु भईसकेको छ । महाराष्ट्र राज्यमा मात्रै दुई हजार ६ सय ८७ जनामा कोरोना पुष्टि भएको मध्ये एक सय ७८ जनाको मृत्यु भईरसकेको छ । त्यस्तै दिल्लीमा एक हजार पाँच सय ६१ जनामा कोरोना पुष्टि भएकोमा ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै मङ्गलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो मे ३ तारिखसम्म लकडाउनको अवधि बढाउने घोषणा गरेका छन् ।...
कोभिड–१९ सङ्क्रमित साढे ४ लाख निको भए

कोभिड–१९ सङ्क्रमित साढे ४ लाख निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३ गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमित चार लाख ६७ हजार दुई सय भन्दा धेरै उपचारपछि निको भएका छन् । विश्वमा अहिलेसम्म १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । १३ लाख ९८ हजारको उपचार भइरहेका मध्ये ५१ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म एक लाख २० हजारभन्दा बढीको मृत्यु भईसकेको छ । पछिल्लो एक दिनमा अमेरिकामा मात्रै दुई हजार दुई सय ८४ जनाको मृत्यु भईसकेको छ । योसँगै अमेरिकामा कोरोनाकाबाटा २५ हजार ९ सय भन्दा बढीको मृत्यु भईसकेको छ । २४ हजार दुई सय १५ नयाँ बिरामी थपिएका छन् । अहिलेसम्म ६ लाख ११ हजार १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ७८ र फ्रान्समा सात सय ६२, इटलीमा ६ सय दुई र स्पेनमा तीन सय जनाको मृत्यु भईसकेको छ । भारतमा एक दिनमा ३५ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढ...
अमेरीकाले डब्लयूएकचओलाई गर्दै आएको आर्थीक सहयोग रोक्ने

अमेरीकाले डब्लयूएकचओलाई गर्दै आएको आर्थीक सहयोग रोक्ने

आर्थिक, समाचार, संसार
पूर्णपष्टि, बैशाख ३ गते ।  अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) लाई गर्दै आएको सहयोग कटौती गर्ने भएको छ । डब्लयुएचओले आफ्नो कर्तव्य पूरा गर्न नसकेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरेका हुन् । ह्वाइट हाउसमा भएको कार्यक्रममा ट्रम्पले प्रशासनलाई डब्लयूएचओका सहयोग रोक्न निर्देशन दिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डब्लयूएचओले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र चिनियाँ पक्षधरता लिएको ट्रम्पको आरोप छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा देखिनासाथ नियन्त्रण गर्न डब्लयूएचओले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै ट्रम्पले सङ्गठन जवाफदेही बन्नै पर्नेमा जोड दिए । अमेरीका डब्लयूएचओलाई सवै भन्दा बढी आर्थीक सहयोग गर्ने देश हो । गत वर्ष अमेरिकाले २० करोड अमेरिकी ड...
भारतमा ’लकडाउन’ मे ३ सम्म थप

भारतमा ’लकडाउन’ मे ३ सम्म थप

समाचार, संसार
पूर्णपुष्टि, बैशाख २ गते । आगामी मे ३ तारिखसम्म भारतमा लकडाउनको समय थप गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार देशको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि बढाउने घोषणा गरेको हो । कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै यसअघि घोषणा गरिएको २१ दिने लकडाउन पुरा हुदै गर्दा पुन थप गरेको हो । सम्बोधनका क्रममा मोदीले लकडाउनको कारण नागरिकलाई निकै कष्ट भएपनि व्यक्ति व्यक्तिबीचको दुरीले नै महामारीलाई नियन्त्रणमा लिन सकिने बताए । लकडाउनको अवधि थप गरेपछि सतर्क रह प्रधानमन्त्री मोदीले आग्रह गरेको छ । लकडाउनलाई अझ कडा गरिने र आउँदो अप्रिल २० देखि लकडाउनको कत्तिको पालना भइरहेको छ भनेर मूल्याङ्कन हुने बताएका छन् । लकडाउनको पूर्ण पालना भएमा अप्रिल २० देखि शर्तका साथ केही राहत दिइने प्रस्ट पारे ।...
आफगानिस्तानद्वारा साढे ३ सय तालिवान बन्दी रिहा

आफगानिस्तानद्वारा साढे ३ सय तालिवान बन्दी रिहा

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १ गते ।  अफगानिस्तान सरकारले तीन सय ६१ ज तालिवान बन्दिहरुलाई रिहा गरेको छ । पछिल्लो पटक एक ६१ जना तालिवान बन्दीहरुलाई कैदमुक्त गरेको अफगान सरकारले जनाएको हो । राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले जानकारी गराएको छ ।  राष्ट्रपतिकै आदेशमा अरु कैदीबन्दी पनि रिहाई हुने क्रममा रहेको जनाईएको छ । देशको शान्ति प्रक्रियालाई थप विश्वसनीय बनाउने प्रयत्न स्वरुप सरकारका तर्फबाट गरिएको एक कार्य रहेको जनाईएको छ । यसअघि अप्रिल ८ मा एक सय जना तथा गत बिहीबार थप एक सय जना तालिवानी कैदीबन्दीलाई मुक्त गरिएको थियो । सरकारले आउँदो दुई साताभित्रै एक हजार पाँच सय तालिवान लडाकूलाई जेलमुक्त गर्ने जनाएको छ । अमेरिका र तालिवानबीच भएको सम्झौतामा पाँच हजार तालिवान लडाकू र तालिवानको कब्जामा रहेका १ हजार अफगान सरक...
कश्मीर सीमामा झडप हुँदा तीन जनाको मृत्यु

कश्मीर सीमामा झडप हुँदा तीन जनाको मृत्यु

समाचार, संसार
बैशाख १ गते ।  सिमा क्षेत्रमा भारत र पाकिस्तानका सेनाबीच झडप हुँदा तीन जनाको मृत्यु भएको भारतले दाबी गरेको छ । कश्मीरको कुपवाडा जिल्लाको रिहाइशीमा झडप हुँदा एक महिलासहित तीन जनाको मृत्यु भएको भारतीय सेनाले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । पाकिस्तानी सेनासँग एक हप्तासम्म नियन्त्रण रेखामा झडप भएको भारतीय सेनाले जनाएको छ । त्यसपछि पाकिस्तानी सेनाले आइतबार रिहाइशी क्षेत्रमा मोटार आक्रमण गरेको भारतीय सेनाले दाबी गरेको छ । उता पाकिस्तानी सेनाले भने त्यसको खण्डन गर्दै सन् २००३ मा भएको युद्धविरामको भारतीय सेनाले उल्लङ्घन गरेको जनाएको छ ।...
दिल्लीमा ९ सय जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

दिल्लीमा ९ सय जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३० गते ।  भारतको दिल्लीमा नौ सय भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म आठ हजार तीन सय ५६ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य विभागले जनाएको छ । उक्त संख्यामध्ये दिल्लीमा मात्रै नौ सय तीन जनामा कोरोना पुष्टि भएको जनाईएको छ । भारतको प्रान्तहरु मध्ये सबैभन्दा बढी महाराष्ट्रमा १७ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको विभागले जनाएको छ । त्यसपछि तामिलनाडु, राजस्थान, मध्य प्रदेश र तेलंगनामा धेरै सङ्क्रमित रहेका विभागले जनाएको छ । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट दुई सय ७३ जनाको मृत्यु भईसकेको छ भने ७ सय १६ जना उपचारपछि निको भएका छन् ।...
कोरोना सङ्क्रमणबाट अमेरीकामा २० हजारभन्दा बढीको मृत्यु

कोरोना सङ्क्रमणबाट अमेरीकामा २० हजारभन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३० गते ।  कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण अमेरिकामा मात्रै साढे २० हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १८ सय भन्दा धेरैको मृत्यु भएसँगै अमेरिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या साढे २० हजार नाघेको हो । ५ लाख ३० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । इटलीमा १९ हजारभन्दा बढीको मृत्यु भएको छ । हिजोसम्म ज्यान गुमाउनेको संख्या इटलीमा धेरै थियो । विश्वका २ सय १० र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिँदा १७ लाख ७५ हजार भन्दा धेरै मानिसमा कोरोनासङ्क्रमण भएको वल्डओमिटरले जनाएको छ । उक्त संख्यामध्ये ४ लाख १ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।...