Thursday, May 21News That Matters

संसार

चीनको पर्यटकिय स्थल खूल्न थाल्यो

चीनको पर्यटकिय स्थल खूल्न थाल्यो

पर्यटन, समाचार, संसार
पूर्णपुष्टि, बैशाख ८ गते ।  लामो समयमसम्म कोरोनाको संक्रमण झेलेका चिन विस्तारै पुरानो अवस्थामा फर्किदै छ । दुई महिनासम्म लकडाउन झेलेका जनजीवन बिस्तारै समान्य अवस्थामा फर्किदै गईरहेको हो । चिन सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुई महिनाभन्दा बढी लकडाउन गरेको थियो । बेइजिङमा रहेको ग्रेटवालसहति ७३ प्रमुख पर्यटकीय स्थललाई खुला गरिएको चिनिया संचारमाध्यमहरुले जनाएको छ । यी सबै पर्यटकीय स्थल खुला इलाकामा छ भने ३० प्रतिशत पर्यटकलाई मात्र जान दिइने बेइजिङ टुरिज्म ब्यूरोले जनाएको छ । कोरोना संक्रमणका कारण चीनमा अहिलेसम्म चार हजार ६ सय ४२ जनाको मृत्यु भएको छ भने ७७ हजार भन्दा बढी उपचारपछि निको भएका छन् । अहिले ८२ हजार सात सयभन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ ।...
क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक दर्जन मानिसको मृत्यु

क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक दर्जन मानिसको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, बैशाख ८ गते । क्यानडामा प्रहरीको भेषमा आएका एक बन्दुकधारीले एक दर्जन मानिसको मृत्यु भएको छ । नोभा स्कोटिया प्रान्तमा बीन्दुकधारीले चलाएको गोली लागेर १३ जनाको मृत्यु भएको हो । उक्त घटनामा एक जना महिला अधिकारीको पनि मृत्यु भएको क्यानडेली प्रहरीले जनाएको छ । बन्दुकधारीलाई पक्राउ गर्न प्रहरीले १२ घण्टा कारमा पछ्याएको थियो । बन्दुकधारीको मृत्यु भएको बताइएको छ । बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउन थालेपछि पोर्टापिक्युका बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो । बन्दुकधारी प्रहरीको जस्तै देखिने कारमा आएको बताइएको छ । बन्दुकधारीले नोभा स्कोटियाको विभिन्न क्षेत्रमा अन्धाधुन्ध गोली प्रहार गरेकाले वास्तविक मृत्यु हुनेको संख्या पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।...
२४ लाखभन्दा बढी कोरोना संक्रमित

२४ लाखभन्दा बढी कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ८ गते ।  विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित २४ लाख भन्दा बढीमा पुष्टि भएको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २४ लाख चार हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६ लाख २४ हजार आठ सय ४८ जना निको भएका छन् । १६ लाख १५ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५४ हजार दुई सय २५ जना गम्भीर अवस्थामा रहेको र बाँकी १५ लाख ६० हजारभन्दा धेरैको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । संक्रमणका कारण एक लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
विश्वमा कोभिड–१९ को २३ लाखभन्दा बढी संक्रमित

विश्वमा कोभिड–१९ को २३ लाखभन्दा बढी संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ७ गते । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) बाट विश्वमा २३ लाख भन्दा बढी संक्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । उक्तसंक्रमित मध्ये पाँच लाख ९६ हजार भन्दा बढी निको भएका छन् भने एक लाख ६० हजार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको मृत्यु भएको छ । ७६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । एकैदिन १७ सयभन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या करिब ३९ हजार पुगेको छ भने सात लाख ३७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै इटलीमा २३ हजारभन्दा बढी, स्पेनमा २० हजारभन्दा बढी, फ्रान्समा १९ हजारभन्दा बढी, बेलायतमा १५ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । त्यस्तै भा...
कोरोना संक्रमित रानी हुदै नेपाल प्रवेश

कोरोना संक्रमित रानी हुदै नेपाल प्रवेश

समाचार, संसार
उदयपुर, बैशाख ६ गते । त्रियुगा नगरपालिका–३ भुल्के स्थित मस्जिदमा कोरोना संक्रमण पुष्टि भएका भारतिय नागरिकहरु रानीभन्साबाट नेपाल प्रवेश गरेको देखिएको छ । उनीहरुको ट्राभल्स हिस्ट्री अनुसार गत डिसेम्बर १० तारिखको दिन मोरङको रानी भन्सा हुदै नेपाल प्रवेश गरेको देखाएको हो । रानी भन्सारबाट नेपाल प्रवेश गरे पस्चत मोरङ, सुनसरीको विभिन्न मस्जिदहरु हुदै फागुन ३ देखि ५ गतेसम्म सप्तरीको वोदेबर्साइनमा लागेको नेपाल इज्तिमा सहभागी हुँदै फागुन २५ गते सप्तरीको फत्तेपुर, चौदण्डीगढी नगरपालिका–५ सिवाईमा चैत्र २९ गते त्यसपछि मोथियाही हुँदै त्रियुगा नगरपालिका–३ भुल्के स्थिती मस्जिद चैत्र ५ गते आई पुगेको एक सुरक्षा अधिकारीले बताए । गत चैत्र १४ गते जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, प्रहरी र वडाध्यक्ष लगायतका टोलीले मस्जिदको अनुगमन गर्दा मस्जिदमा ८ भारतीय र ४ नेपाली फेला परेको थियो । मस्जिदको अनुगमन गरे...
भारतमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ गते ।  भारतमा १४ हजार भन्दा बढी कोरोना भाईरस (कोभिड–१९)को संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नौ सय ९१ नयाँ सक्रमितहरु थपिएपछि १४ हजार तीन सय ७८ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ । भारतमा देखिएका यी संक्रमितहरु मध्ये एक हजार नौ ९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । आहिलेसम्म  ११ हजार नौ सय छ जना कोरोनाका सङ्क्रमित बिरामी अस्पतालमा उपचार गराईरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टायता भारतमा ४३ जनाको मृत्यु भएको छ । उक्त संख्यासँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार ८० पुगेको मन्त्रालयले जनाएको छ ।...
यूरोपेली कूटनीतिज्ञको डब्लूएचओलाई समर्थन

यूरोपेली कूटनीतिज्ञको डब्लूएचओलाई समर्थन

समाचार, संसार
पूर्णपुष्टि, बैशाख ६ गते । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई यूरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले आफूहरूको बलियो समर्थन रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसससँग बिहीबार भएको टेलिफोन कुराकानीका क्रममा बोर्रेलले डब्लूएचओलाई समर्थन रहेको जानकारी दिएको थियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाईंमा डब्लूएचओलाई यो बेला साथ दिनुपर्ने आवश्यकतामा यूरोपेली संघका अन्य उच्च अधिकारीहरूले पनि जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको मङ्गलबार डब्लूएचओलाई दिँदै आएको सहयोगमा आधा कटौति गर्ने घोषणा गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि डब्लूएचओले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै सहयोग रकम कटौतिको घोषणा गरेकोे थियो । त्यसको जवाफमा डब्लुएचओका महानिर्देशक गेब्रेससले महामारीका ब...
सार्वजनिक ठाउँमा थुक्न प्रतिबन्ध

सार्वजनिक ठाउँमा थुक्न प्रतिबन्ध

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ गते ।  भारत सरकारले सार्वजनिक ठाउँमा थक्नु प्रतिबन्ध लगाएको छ । सार्वजनिक ठाउँमा थुक्दा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने खतरा रहेको भन्दै भारतको गृह मन्त्रालयले प्रतिबन्ध लगाएको हो । सरकारले प्रतिबन्ध लगाउनु भन्दा पहिले नै विभिन्न शहरका नगरपालिकाहरुले कानुन बनाएर प्रतिबन्ध लगाईसकेका थिए । तर त्यो कानुन लागू हुने सकेको थिएन र मानिसहरुले गम्भीर रुपमा पनि लिएका थिएनन् । अब गृह मन्त्रालयले केन्द्रीय अधिनियम अनुसार यसमा प्रतिबन्ध लगाएको हो । कैयौँ राज्यले सार्वजनिक ठाउँमा थुक्नेलाई जरिबाना पनि तोकेको छ । मुम्बईमा केही व्यक्तिले सार्वजनिक ठाउँमा थुके एक हजार भारतीय रुपैयाँ जरिबाना तिराइने गरिएको छ । राजधानी दिल्लीमा यसको लागि दुई हजार भारु जरिबाना तोकिएको छ । भारतमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म चार सय भन्दा बढीको मृत्यु भईसकेको छ भने १३ हजारभन्दा बढ...
बेलायतले तीन हप्ता ‘लकडाउन’ थपियो

बेलायतले तीन हप्ता ‘लकडाउन’ थपियो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ५ गते ।  बेलायतमा लकडाउनका लागी तीन हप्ता थप गरिएको छ । बेलायत सरकारले कोरोना भाइरस (कोभिड १९) थप फैलिन नदिनका लागी तीन हप्ता लकडाउन थप्ने घोषणा गरेको हो । कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आए, सङ्क्रमितको सङ्ख्या घटे र कोरोनाको सङ्क्रमण देशको लागि खतरा छैन भन्ने यकिन नभएसम्म लकडाउन थपिरहने विदेश मन्त्री डोमिनिक राबले बताए । बेलायतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण १३ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक लाख तीन हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाको सङ्क्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन् । प्रधानमन्त्री जोनसन भने कोरोना निको भएर आराम गरिरहेका छन् ।...
कुवेतमा ३ महिना भिसा थप हुने

कुवेतमा ३ महिना भिसा थप हुने

समाचार, संसार
पूर्णपुष्टि, बैशाख ४ गते ।  कुवेतमा रहेका विदेशी नागरिकका भिसा अवधि सकिएकालाई तीन महिनाको भिसा स्वत थपिने भएको छ । मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वत थप हुने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको हो । यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू हुने जनाईएको छ ।...