फ्यानसँगको सेल्फीमा चुम्बन गरेपछि विवादमा उदित नारायण
पूर्णपुष्टि, माघ २० । गायक उदित नारायणले एक कन्सर्टका क्रममा फ्यानहरूसँग लिएको सेल्फी र चुम्बन सामाजिक सञ्जालमा विवादको विषय बनेको छ । कार्यक्रममा उनले केही महिला प्रशंसकहरूसँग सेल्फी लिने क्रममा उनीहरूको गाला र ओठमा चुम्बन गरेको भिडियो भाइरल भएपछि चौतर्फी आलोचना भएको छ ।
घटनाक्रम अनुसार, कार्यक्रमका दौरान उदितले बाउन्सरहरूलाई फ्यानलाई स्टेज नजिक आउन दिन संकेत गरेका थिए । त्यसपछि एक युवती फ्यान स्टेज नजिक पुगेकी थिइन्, जहाँ उदितले घुँडा टेकेर सेल्फी लिए र त्यसपछि उनको ओठमा चुम्बन गरेका थिए ।
विवाद बढेपछि उदितले हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै यसलाई 'प्रेमको अभिव्यक्ति' को रूपमा व्याख्या गरेका छन् । उनका अनुसार फ्यानहरू धेरै क्रेजी हुने र उनीहरूलाई भेट्ने मौका दिनुपर्ने बताए । "स्टेजमा गीत गाउँदा पागलपन हुन्छ । फ्यानले मलाई माया गर्छन्, मलाई पनि लाग्छ उनीहरू खुसी होस्," उनले भने ।
...









