हडिया–ज्यामिरे जोड्ने झोलुङ्गे पुल निर्माणका लागी ५ करोड ९१ लाख बजेट विनियोजन
पूर्णपुष्टि, माघ १३ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा महत्वपूर्ण पूर्वाधार विकासको योजना अघि बढेको छ । नगरपालिकाको लगातारको पहलमा संघीय सरकारले हडिया र ज्यामिरे क्षेत्रलाई जोड्ने त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माणका लागि ५ करोड ९१ लाख ५० हजार रुपैयाँको बजेट सुनिश्चित गरेको छ ।
नगर प्रमुख कालुमान लामाका अनुसार पुल स्थानीय जनताको दीर्घकालीन यातायात समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने छ । गत वर्षदेखि नै यस योजनामा लगातार प्रयास जारी रहेको थियो । शुरुमा कोशी प्रदेश सरकारले डिपिआर तयार गरेको भए पनि कार्यान्वयन हुन नसकेपछि संघीय सरकारले यसलाई अगाडि बढाएको हो ।
प्राविधिक विवरणअनुसार पुलको कुल लम्बाई २७८.२ मिटर हुनेछ र यसमा एकतर्फी रूपमा टेम्पो सञ्चालन गर्न सकिने छ। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीका प्राविधिक टोलीले पहिले तयार भएको डिपिआर अनुसार नै पुल निर्माण गर्न...









