Saturday, July 11News That Matters

समाचार

उदयपुरको पहाडी क्षेत्रमा खानोपानीको समस्या बढ्दो

उदयपुरको पहाडी क्षेत्रमा खानोपानीको समस्या बढ्दो

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १० । उदयपुरको पहाडी क्षेत्रमा खानेपानीको गम्भीर समस्या देखिएको छ । जिल्लाको ताप्ली, लिम्चुङबुङ्ग र रौतामाई गाउँपालिकाको पहाडी क्षेत्रका बासिन्दाले पर्याप्त पिउने पानी पाउन सकेका छैनन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को तथ्याङ्क अनुसार स्थानिय खोलानाला, कुवा पँधेराहरुबाट खानेपानी उपभोग गर्दै आएका नागरिकहरुले २०७२ सालको भुकम्पपछि पानीका मुहान सुक्न थालेपछि खानेपानीको समस्या यो बर्षको अन्त्य सम्म झनै जटिल बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार खानेपानीकै कारण उदयपुरमा १३.९ प्रतिशत बसाइँसराइ भएको छ । स्थानीयले बिहान ५ बजेदेखि नै पानीको जोहो गर्न डेढ घण्टा टाढाको कुवामा जानुपर्ने बाध्यता छ । दैनिक तीन घण्टा खानेपानी संकलनमै बिताउनुपर्ने अवस्थाले विद्यार्थीहरूको पढाइमा समेत असर परेको छ । उर्भर भुमी पानी अभावले मरुभुमिमा परिणत हुन थालेको इन्सेकको तथ्याङ्ले देखाएको छ । ...
उदयपुरको पहाडी क्षेत्रमा शैक्षिक संकट बढ्दो

उदयपुरको पहाडी क्षेत्रमा शैक्षिक संकट बढ्दो

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष १० । उदयपुरको पहाडी क्षेत्रमा शैक्षिक संकट बढ्दै गएको छ । जिल्लामा ३३३ आधारभूत र ११५ माध्यमिक विद्यालय रहेका छन्, जसमध्ये ९ वटा मात्र अपाङ्गतामैत्री विद्यालय छन् । यस वर्ष ताप्ली गाउँपालिका र त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका छन् । स्थानीय पाठ्यक्रममा धार्मिकस्थल, कला, संस्कृति, कृषिलगायत आठ विषयवस्तु समावेश छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कका अनुसार जिल्लाका पहाडी क्षेत्रका विद्यालयहरूमा स्वच्छ खानेपानी, बालमैत्री शौचालय, विज्ञान प्रयोगशाला र पुस्तकालय जस्ता आधारभूत सुविधाको अभाव देखिएको छ । विद्यार्थीहरू १–२ घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ । यसका कारण विद्यार्थी बीचैमा पढाई छाड्ने समस्या गम्भीर बन्दै गएको छ । रौतामाई, ताप्ली, लिम्चुङबुङ्ग, उदयपुरगढी गाउँपालिका र कटारी, बेलका तथा चौदण्डीगढी नगरपालिकाका पहाडी क्षेत्...
उदयपुरमा आईसियु र भेन्टिलेटर ठप्प, बिरामी बाहिरिन बाध्य

उदयपुरमा आईसियु र भेन्टिलेटर ठप्प, बिरामी बाहिरिन बाध्य

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष १० । उदयपुर जिल्ला अस्पतालमा दक्ष जनशक्ति र स्रोतसाधनको अभावका कारण ४ बेडको आईसियु र २ बेडको भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् । यसले गर्दा गम्भीर बिरामीहरू धरान र विराटनगर जान बाध्य छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्क अनुसार कोभिड–१९ को समयमा जिल्ला अस्पतालमा प्रदेश सरकारको ७९ लाख लागतमा स्थापना गरिएको अक्सिजन प्लान्ट बिग्रेको २ वर्ष बितिसक्दा पनि मर्मत हुन सकेको छैन । बेलका नगरपालिकाको अक्सिजन प्लान्ट पनि बन्द रहेकोले अस्पतालले लहान र विराटनगरबाट प्रतिसिलिन्डर ७ सय रुपैयाँमा अक्सिजन खरिद गर्नुपरेको इन्सेकले जनाएको छ । भौगोलिक विकटताका कारण यातायात सेवा नियमित नहुँदा स्वास्थ्य सेवामा गम्भीर असर परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । यसको ताजा उदाहरणको रूपमा रौतामाई गाउँपालिका–६ का ७ वर्षीय एञ्जल मगरको मृत्यु रहेको छ । गत असो...
उदयपुरमा एक वर्षमा ७४४ मानव अधिकार उल्लङ्घनका घटना

उदयपुरमा एक वर्षमा ७४४ मानव अधिकार उल्लङ्घनका घटना

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ९ । उदयपुर जिल्लामा सन् २०२४ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका ७४४ घटनामा ७८८ जना पीडित भएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको अभिलेखअनुसार सन् २०२३ मा ५५६ वटा घटना भएका थिए । यस वर्ष भएका घटनामध्ये घरेलु हिंसाका ५३६, बालिका बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका ७२, महिला बलात्कार, बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका ३६ र बहुविवाहका १८ घटना रहेका छन् । त्यस्तै, हत्या, हत्या प्रयास र अङ्गभङ्गका ३१, कुटपिटका २८, बालविवाहका १४ र मानव बेचबिखन तथा अपहरणका ९ वटा घटना भएको इन्सेकले जनाएको छ ।...
विदेश पठाइदिने भन्दै ठगी गर्ने उदयपुरका मगरसहित दुई पक्राउ

विदेश पठाइदिने भन्दै ठगी गर्ने उदयपुरका मगरसहित दुई पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष ९ । क्रोएसिया र साइप्रस पठाइदिने भन्दै १० लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उदयपुर रौतामाई–३ का यादवबहादुर बुर्जामगर र बारा पचरौता–८ का सञ्जय साह बानियाँलाई पक्राउ गरेको हो । ५३ वर्षीय मगरले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट ५ लाख ७५ हजार रुपैयाँ र ३५ वर्षीय बानियाँले साइप्रस पठाइदिने भन्दै एक जनाबाट ४ लाख ६० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीपछि प्रहरीले मगरलाई काठमाडौंको गोकर्णेश्वर–८ बाट र बानियाँलाई टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।...
किसान राईद्धारा ब्याटमिनटन संघलाई ५ लाख रुपैँया हस्ताण्तरण

किसान राईद्धारा ब्याटमिनटन संघलाई ५ लाख रुपैँया हस्ताण्तरण

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, ९ पुष । गाईघाट निवासी कालिदास राई (किसान) ले उदयपुर ब्याटमिनटन संघलाई ५ लाख रुपयाँ रकम सहयोग गरेका छन् । राईले संघका समिति कोषाध्यक्ष बादल खतिवडालाई मंगलबार बोक्से कवर्डहलमै बृहत कार्यक्रम गरी सहयोगवापदको चेक हस्तान्तरण गरेको हो । समाजसेवी राई जिल्ला ब्याडमिन्ट संघ उदयपुरका अध्यक्ष समेत हुन । उनले आफ्नो बुबा स्वर्गीय जगत राईको ८ औँ स्मृति र स्वर्गीय आमा बसन्ती राईको ६ औँ स्मृति दिवसको अवसरमा संघलाई रकम सहयोग गरेका हुन् । राई लामो समय ब्याडमिन्टन खेलमा आबद्ध हुँदै हाल ब्याडमिन्ट सँघ उदयपुरको अध्यक्ष हुन् । आफु स्वयम अधयक्ष रहेको संघलाई थप व्यवस्थीत पार्न राईको सहयोग महत्वपूर्ण रहेको भन्दै खेलाडीहरु उत्साहित र खुसी बनेको छ । राईको सहयोग सँगै कोष नै स्थापना गरी अन्य रकमहरु पनि सहयोगबापत उठ्न थालेको छ । राईले बोक्सेमा रहेको जिल्लाकै पुरानो र ठुलो कवर्डहलाई पार्केटिङ निर्माणक...
कोशी प्रदेश सरकार स्थायी संरचनाविहीन, ८ वर्षदेखि भाडा र केन्द्रीय भवनमा कार्यालय

कोशी प्रदेश सरकार स्थायी संरचनाविहीन, ८ वर्षदेखि भाडा र केन्द्रीय भवनमा कार्यालय

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष ९ । कोशी प्रदेश सरकार स्थापना भएको ८ वर्ष बितिसक्दा पनि आफ्नो स्थायी संरचना निर्माण गर्न सकेको छैन । अधिकांश मन्त्रालय र कार्यालयहरू संघीय सरकारका पुराना क्षेत्रीय कार्यालय र भाडाका भवनमा सञ्चालन हुँदै आएका छन् । मुख्यमन्त्री कार्यालयसमेत तत्कालीन क्षेत्रीय कृषि कार्यालयको भवनमा सञ्चालन छ । प्रदेश सरकारले विगत ७ आर्थिक वर्षमा ५ अर्ब १६ करोड रुपैयाँ बराबरको जिन्सी सम्पत्ति जोडे पनि आफ्नो नाममा कुनै जग्गा छैन ।कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेशको स्थायी संरचना निर्माणका लागि कम्तीमा २० बिघा जग्गा आवश्यक छ । यसका लागि विराटनगरबाट १० किलोमिटर भित्रको क्षेत्रमा जग्गा खोजी गरिने उनले बताए । यसअघि केदार कार्की मुख्यमन्त्री रहँदा विराटनगर–५ र ६ मा ७ बिघा जग्गा प्राप्त गर्ने निर्णय भएको थियो । तर त्यसको कार्यान्वयन हुन सके...
फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ९ । उदयपुर र खोटाङ जिल्ला जोड्ने सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान कार्य सुरु भएको छ । गत असोज १२ गते आएको अविरल बर्षा सहितको बाढीले उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने मोटरेबल पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको थियो । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि रु १.२९ करोड लागतमा निर्माण कम्पनीसँग सम्झौता गरेको छ । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि उक्त बजेटबाटै अस्थायी बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने सम्झौतामा उल्लेख छ । सडक विभाग उदयपुरका प्रमुख इञ्जिनियर पशुपति ज्ञवालीका अनुसार निर्माण कम्पनिले पुष महिनाभित्र ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गरी यातायात सुचारु गर्नुपर्...
त्रियुगा १५ नं वडाको पन्चबर्षिया रणनिति योजना अनितम चरणमा

त्रियुगा १५ नं वडाको पन्चबर्षिया रणनिति योजना अनितम चरणमा

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ९ पुष । त्रियुगा नगरपालिका वडा नं १५ ले पन्चबर्षिय रणनिति योजनाबाट बिकास कार्यलाई अगाडी बढाउने भएको छ । संघिय व्यवस्थाको दोस्रो कार्यकालमा दौडिरहेको उक्त वडाले पहिलो पटक आवधिक रणनिति पन्चबर्षिया योजना तयारीका साथ बिकास कार्य अघि बढाउने भएको हो । । पहिलो कार्यकालका निर बहादुर मगरको वडा नेतृत्वहरुले पूर्व योजना बिनै आफ्नो कार्यकाल सकाएका थिए । हालसालैका गणेश तिमिल्सिना नेतृत्वका वडा कमिटीले पनि आधा कार्यकाल सम्पन्न गरिसक्दा पन्चबर्षिय वडा योजना तयारीको काम सुरु गरेको हो । वडा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार वडाका कामहरुको कार्यन्वयन गर्ने निकायहरुलाई पन्चवर्षिय वडा योजना दस्तावेजको रुपमा तयार हुने जनाए । जनप्रतिनिधि, राजनितिक दल, टोल विकास संस्था, शिक्षक, बुद्धिजिवी, स्थानीय, अगुवा नेतृत्व सबैको उपस्थितिमा आवधिक रणनिति योजनाको तयारी संञ्चालनमा रहेको अध्यक्ष तिमिल्सिनाको...
तेस्रो उदयपुर खाना परिकार मेला तथा कोशी प्रदेश स्तरिय लाखेनाच प्रतियोगिता आज समापन हुँदै

तेस्रो उदयपुर खाना परिकार मेला तथा कोशी प्रदेश स्तरिय लाखेनाच प्रतियोगिता आज समापन हुँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ८ । तेस्रो उदयपुर खाना परिकार मेला तथा कोशी प्रदेश स्तरिय लाखेनाच प्रतियोगितात्मक महोत्सव २०८१ आज सम्पन्न हुँदै छ । महोत्सवमा करिब १८ लाख बराबरको कारोबार भएको आयोजकले जनाएको छ । झिगु नेवा पुच उदयपुरका सचिव गोपाल श्रेष्ठका अनुसार मेलामा नेवार समुदायको एमुरी, थारु समुदायको घुँगी लगाएतको परिकार धेरै बिक्रि भएको छ । महोत्सवमा विभिन्न साकृतिक कार्यक्रमहरु गरिएको थियो, जसमा लाखेनाच, साकेला तथा मानोरञ्जनात्मक कार्यक्रमहरु गरिएको थियो । पुष १ गतेदेखि संचालन भएको खाना परिकार मेलामा हजारौँ मानिसको सहभागी रहेको थियो । आज बेलुका मनोरञ्नात्मक कार्यक्रम सहित महोत्सवको समापन गरिने भएको छ ।...