Thursday, May 7News That Matters

समाचार

उदयपुरमा बाढिले १ काे मृत्यु

उदयपुरमा बाढिले १ काे मृत्यु

Breaking News 1, Breaking News 2, समाचार
उदयपुर, असाेज १२ । अबिरल वर्षासंगै आएकाे बाढीले आज उदयपुरमा एक जनाकाे मृत्यु भएकाे छ । राैतामाई गाउँपालिका १ माझखर्ककि अन्दाजी १६ वर्षिया हिसिला तामाङकाे गाउँ नजिकैकाे ओडारे खाेलाले बगाएर  मृत्यु भएकाे छ । खेतीबाट घर फर्कने क्रममा दिउसाे बगाएकाे र बगाएकाे केही तल उनकाे शव फेला परेकाे स्थानीय गन्जु शेर्पाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक सन्ताेष कार्कीले घटनाकाे पुष्टि गर्नुभयाे ।...
सगरमाथा राजमार्गकाे पक्कीपुल सुनकाेशीले बगायाे

सगरमाथा राजमार्गकाे पक्कीपुल सुनकाेशीले बगायाे

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, असाेज १२ । सगरमाथा राजमार्ग अन्तर्गत उदयपुर र खाेटाङ जाेड्ने फाेक्सिन्टार स्थित पक्कीपुल आज बाढीले बगाएकाे छ । सुनकाेशीमा आएकाे बाढीले साे ठाउँकाे पक्कीपुल बगाएकाे राैतामाई गाउँपालिका उपाध्यक्ष भुपेन्द्र थापाले जानकारी दिनुभयाे । पुल नाघ्नेगरी उर्लिएकाे बाढीले पिलर भाँचेर पुल बगाएकाे स्थानीयलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले  जानकारी दिनुभयाे । पुल भत्किएपछि साे क्षेत्र हुँदै खाेटाङसंगकाे सम्पर्क सडक विच्छेद भएकाे छ ।...
तीन दिनको भारी वर्षा अन्त्यतिर, मौसम सुधारको संकेत

तीन दिनको भारी वर्षा अन्त्यतिर, मौसम सुधारको संकेत

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १२ । तीन दिनदेखि जारी अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार आज बेलुकादेखि वर्षाको स्तर विस्तारै कम हुन थाल्नेछ । "वर्षा पूर्ण रूपमा रोकिने होइन, भोलिसम्म केही मात्रामा जारी रहन सक्छ," पराजुलीले भने । उनका अनुसार, भोलिदेखि हालको मौसमी प्रणाली कमजोर हुँदै जानेछ र केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्नेछ । पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएको छ । समग्रमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । १०७ वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ । बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै यस पटकको भारी वर्षाको मुख्य कारण भएको शाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
उदयपुरकाे बेलकामा सप्तकाेशी बाढी पस्याे, बस्ती डुबानमा

उदयपुरकाे बेलकामा सप्तकाेशी बाढी पस्याे, बस्ती डुबानमा

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, असाेज १२ । सप्तकाेशीकाे बाढी पसेर उदयपुरकाे बेलका नगरपालिकाकाे वडा नं. ८,९,३,२ र १ वडा उच्च जाेखिममा परेकाे छ । वडा नं. ८ काे एलके खाेजबाट पसेकाे बाढीले सिसाैलीसम्म डुबान पारेकाेछ । अत्याधिक मात्रामा आएकाे बाढी बाँध नाघेर गाउँ पसेकाे र डुबानमा परेकाे मेयर अशाेक कार्कीले जानकारी दिए । भारी वर्षातसमेत भईरहेकाेले साे क्षेत्रमा उद्धार कार्यमा समस्या परेकाे छ । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे सहितकाे सुरक्षा प्रमुखहरुकाे टाेली डुबान क्षेत्र तर्फ गएका छन् ।...
खोटाङको ऐसुलुखर्कमा पहिरोले ७ घर परिबार बिस्थापित

खोटाङको ऐसुलुखर्कमा पहिरोले ७ घर परिबार बिस्थापित

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १२ ।  खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखाबाडे सोखुमा शनिबार राति गएको पहिरोले एक घर बगाएको छ भने अर्को एक घर ढलेको छ । गाउँपालिकाका अध्यक्ष गिरेन्द्र राईका अनुसार निरन्तरको वर्षापछि गएको पहिरोले शान्तिकला राईको घर बगाएको र कालीमाया घिमिरेको घर पूर्ण रूपमा ढलेको छ । १५० घरपरिवार रहेको सोखुमा पहिरोका कारण अन्य ५ परिवार पनि विस्थापित भएका छन् । विस्थापित हुनेमा भैरब कार्की, ज्ञान बहादुर, चेतनाथ घिमिरे, बाबुराम कार्की र भूपराज कार्कीको परिवार रहेका छन् । अध्यक्ष राईले भने, "घरमा खाना खाइरहेको बेला पहिरो आएको थाहा पाउने बित्तिकै गाउँलेहरू ज्यान बचाउन घर छोडेर सुरक्षित स्थानतर्फ गए । त्यसैले कुनै मानवीय क्षति भएको छैन ।" गाउँपालिकाले पीडित परिवारहरूलाई गाउँपालिका कार्यविधि अनुसार प्रति परिवार २० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिने तयारी गरेको छ । साथै, लत्ताकपडा, खाद्यान्न, ...
कोशी ब्यारेजमा उच्च बहाव: पैदलयात्रीलाई रोक

कोशी ब्यारेजमा उच्च बहाव: पैदलयात्रीलाई रोक

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १२ । कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीहरूको आवागमनमा रोक लगाइएको छ । शनिबार दिउँसो साढे १२ बजे ५ लाख ८ हजार क्युसेक बाढी मापन भएपछि यो निर्णय लिइएको ब्यारेज प्रशासनले जनाएको छ । पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको र उच्च खतराको तह पार गरेको कारण पैदलयात्रीहरूलाई रोक लगाइए पनि सवारी साधनहरूको आवागमन भने खुला राखिएको छ । भारतीय पक्षको नियन्त्रणमा रहेको ब्यारेजमा हाल ५६ वटै ढोका खोलिएको छ । भारतीय अधिकारीहरूले कोशीमा बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्न सक्ने अनुमान गरेका छन् र सतर्कता अपनाउन आग्रह गरेका छन् । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न समेत रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि यस्तो सतर्कता अपनाइएको उनले बताए । भारतको पटनास्थित जल संसाधन विभागले कोशी नदीसँग जोडिएका भा...
खोलाले बगाउँदा १ को मृत्यु, ४ बेपत्ता

खोलाले बगाउँदा १ को मृत्यु, ४ बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ । पूर्वी नेपालका विभिन्न जिल्लामा खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलाम, झापा र मोरङमा यी घटनाहरू भएका हुन् । इलामको माई नगरपालिका–८ मा असोज शुक्रबार ६८ वर्षीय मैत बहादुर लिम्बुलाई सेते खोलाले बगाएको थियो । स्थानीयले उद्धार गरे पनि उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको कचनकवल गाउँपालिका–१ मा १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएर बेपत्ता बनाएको छ । सोही जिल्लाको कमल गाउँपालिका–१ का ३५ वर्षीय टिकाराम चौधरी कृष्णे खोलामा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका छन् । गौरीगंज गाउँपालिका–२ का ५५ वर्षीय केनालाल राजवंशी पनि कृष्णे खोलामा हाम्फाल्दा बेपत्ता भएका छन् । मोरङको रतुवामाई नगरपालिका–७ की ७२ वर्षीया डुरो देवी राजबंशी असोज १० गते...
धनकुटामा पहिरोले पुरिएर २ को मृत्यु, २ घाइते

धनकुटामा पहिरोले पुरिएर २ को मृत्यु, २ घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ । धनकुटाको पाख्रीबास र छथरजोरपाटी गाउँपालिकामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पाख्रीबास नगरपालिका–५ गुरासे देवीथानमा एउटा घरमाथि पहिरो खस्दा ३२ वर्षीया आशा तामाङ र ५० वर्षीया राम कुमारी तामाङको घटनास्थलमै मृत्यु भएको हो । सोही घटनामा २४ वर्षीया मिन माया तामाङ घाइते भएकी छिन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । यसैगरी, छथरजोरपाटी गाउँपालिका–२ मा पनि पहिरोले एउटा घर पुरिँदा २० वर्षीया सृजना बाजिम्पाक मगर घाइते भएकी छिन् । उनलाई पनि उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी उद्धार कार्यमा संलग्न रहेको जनाइएको छ ।...
पाँचथरमा पहिरोले पुरिदाँ तीनको मृत्यु, चार बेपत्ता

पाँचथरमा पहिरोले पुरिदाँ तीनको मृत्यु, चार बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १२ । पाँचथरमा अविरल वर्षाका कारण गएको पहिरोले तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार फिदिम नगरपालिका १ साँगेबोटमा शनिबार बिहान गएको पहिरोले फुरुङ्गा हाइड्रो पावरका कर्मचारी ५० वर्षीय गोपी विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ । सोही घटनामा अन्य चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५१ बर्षीय कृष्ण दास, ४२ बर्षीय कमला दास, ५५ बर्षीय धन कुमार तुम्बापो र २१ बर्षीया सरस्वता तुम्बापो रहेका छन् । यसैगरी, फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले पुरिदाँ फिदिम–१२ की २४ वर्षीया सपना शेर्पा र उनकी ६ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । उनीहरू आदिवासी जनजाति महासंघको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा पहिरोमा परेका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक सहितको टोली खटाई दुवै स्थानमा उद्धार र खोज...
काभ्रेमा रोशी खोलाको बाढीले १० घर बगायो

काभ्रेमा रोशी खोलाको बाढीले १० घर बगायो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले करिब १० घर बगाएको छ। शनिबार बिहान ९ बजे बाढीले जमिन कटान गरी घरहरू बगाएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिएका छन्। घटनामा मानवीय क्षतिको विवरण अझै प्राप्त नभएको बताइएको छ। बिहानको समयमा घटना भएकोले मानवीय क्षति नभएको हुन सक्ने अनुमान गरिएको छ। उद्धारका लागि नेपाली सेना र प्रहरी परिचालन गरिएको छ। तर, बाटो बिग्रिएको र नेटवर्क समस्याका कारण घटनास्थलमा पुग्न र सम्पर्क गर्न कठिनाइ भएको छ। स्थानीय प्रशासनले थप जानकारी संकलन गरिरहेको छ ।...