Friday, August 21News That Matters

समाचार

उदयपुरमा युवाहरूद्वारा सरकारी सवारी साधनको दुरुपयोग रोक्न निगरानी अभियान शुरू

उदयपुरमा युवाहरूद्वारा सरकारी सवारी साधनको दुरुपयोग रोक्न निगरानी अभियान शुरू

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ९ । उदयपुरका युवाहरूले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनको दुरुपयोग रोक्न निगरानी अभियान शुरू गरेका छन्। शनिबार दिउँसो १ बजेदेखि परिचालित युवा टोलीले मदन भण्डारी लोक मार्ग अन्तर्गत सदरमुकाम गाईघाटदेखि संगम चोकसम्म निगरानी गरेको थियो। निगरानीका क्रममा टोलीले ६ वटा सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा चलाइरहेको फेला पारेको छ। फेला परेका सवारी साधनहरूमा को १ ब १९३२, स १ ब ८६८, स १ ब १२५०, स १ ब ०२१६, स १ ब १४१२, प्र १–०२–००१ ब ३३६५ र प्र १–०५–००१ नम्बरका मोटरसाइकलहरू रहेका छन्। टोलीका सदस्य लक्ष्मण राईका अनुसार फेला परेका सवारी साधनमा त्रियुगा नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिकाका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरू सवार थिए। केही चालकहरूले भाग्ने प्रयास गरेपछि टोलीले लामो दूरीसम्म पछ्याएर सोधपुछ गरेको थियो। सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न युवाहरू नै ...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ७ । उदयपुरमा लागुऔषध सहित २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–८ का २६ बर्षीय दिनेश कटुवाल र २७ बर्षीय सन्देश कार्की रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स.५ प ८०९९ नम्बरको मोटरसाईकल चालक कटुवाल र पछाडी सवार कार्कीको साथबाट नियन्त्रित औषधी एम्पुल–३०, ट्याब्लेट ६८ र कोरेक्स १ बोतल बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको र सम्बन्धित प्रहरी कार्यालयले आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
शनिबारसम्म वर्षा जारी रहने, पूर्वी क्षेत्रमा बढी वर्षाको सम्भावना

शनिबारसम्म वर्षा जारी रहने, पूर्वी क्षेत्रमा बढी वर्षाको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ६ ।  जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म देशभर वर्षा जारी रहने पूर्वानुमान गरेको छ। विभागका अनुसार लगातार झरी नपरे पनि पश्चिमको तुलनामा पूर्वी क्षेत्रमा बढी वर्षा हुने अनुमान छ। हाल देशभर आंशिकदेखि साधारण बदली रहेको छ र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। गत २४ घण्टामा बर्दिया, कैलाली र सर्लाहीका केही स्थानमा भारी वर्षा मापन गरिएको छ। कैलालीमा वर्षाका कारण बस्ती डुबानमा परेका छन्। आगामी तीन दिनको पूर्वानुमानमा भदौ ६ गते सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भदौ ७ गते अधिकांश प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। भदौ ८ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विभागले बाढी, प...
पक्राउ परेका अभियुक्तबाट पोल खुलेपछि उदयपुर र सप्तरीको ३ अभियुक्त पक्राउ

पक्राउ परेका अभियुक्तबाट पोल खुलेपछि उदयपुर र सप्तरीको ३ अभियुक्त पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ भदौ । सालकको खपेटा (आखेटोपहार) बिक्रि बितरण गरेको आरोपमा उदयपुरका दुई र सप्तरीको एक गरी तिन जनालाई डिभिजन बन कार्यालय मोरङले पक्राउ गरेको छ । लोपन्मुख बन्यजन्त सालकको आखेटोपहार बिक्रि वितरण तथा ओसार पसार गरेको आरोपमा पक्राउ परेका अभियुक्तले थप ब्यक्तिहरुको नाम खोलेपछि जिल्ला उदयपुर बेलका नगरपालिका ३ का ४८ बर्षिय कृष्ण बहादुर मगर, ६ नं वडाका डिक बहादुर मगर र जिल्ला सप्तरी कृष्ण सवरण गाउँपालिका वडा न.१ का ५५ बर्षिय उमेश प्रसाद चौधरी गरी ३ जना पक्राउ परेहको हो । उनिहरुलाई मोरङ प्रहरीको समेत सहयोगमा पक्राउ गरिएको कार्यालयले जनाएको छ । शनिवार बेलका नगरपालिका वडा नं ३ सातपत्रेबाट उनिहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पथरीमा राखिएको र आईतबार डिभिजन वन कार्यालय उदयपुरमा ल्याई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम अनुसन्धान भैरहेको जनाईएको छ । कार्यालयका अनु...
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ५ । उदयपुरमा एक ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता राजन चापागाईका अनुसार सुनसरीको इटहरीबाट समान लिएर उदयपुरको बेलका नगरपालिका–२ भागलपुर तर्फ आउँदै गरेको को २ त ६३४९ नम्बरको ट्याक्टर चौदण्डीगढी नगरपालिका–३ हात्तिसारमा दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक तिलक राईको घटनास्थलमै मृत्यु भएको प्रवक्त्ता चापागाईले बताए । घाइते दुई जनाको चौदण्डीगढी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। तर स्थानीयवासीका अनुसार ट्याक्टरमा फलामको ट्युब लोड गरिएको र सडक ओरालो भएकोले ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।...
कटारीको डम्पिङ साइटमा एक पूरुषको शव फेला

कटारीको डम्पिङ साइटमा एक पूरुषको शव फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ५ ।  उदयपुरको कटारी नगरपालिकामा एक युवकको बेवारिसे शव फेला परेको छ। कटारी नगरपालिका-३ राजाबासस्थित डम्पिङ साइटमा फोहोरको थुप्रो नजिकै शव फेला परेको हो। इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी सुभास राईका अनुसार प्राप्त सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुग्दा मृत अवस्थामा शव फेला परेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको डीएसपी राईले बताए। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।...
उदयपुरमा वाम्बुले राईले मनाए ढ्वाङकुम पर्व

उदयपुरमा वाम्बुले राईले मनाए ढ्वाङकुम पर्व

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ४ । उदयपुरमा किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम धुमधामका साथ मनाएका छन्। सोमबार वाम्बुले राई समाज (वाम्रास) उदयपुरको आयोजनामा कटारी स्थित साकेला (भूमे) थानमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम गरी यो चाड मनाइएको हो। समाजका अध्यक्ष ऋषि राईको सभापतित्व र केन्द्रीय सदस्य रामबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि राईले ढ्वाङकुमको ऐतिहासिक महत्व बताउँदै विगतमा गोरुको पूजा गरी सामूहिक रुपमा कागुनीको भात खाने प्रचलन रहेको जानकारी दिए। राज्यसत्ताले गाईलाई राष्ट्रिय जनावर बनाएपछि गोरु काट्न प्रतिबन्ध लगाइएको र त्यसपछि राँगा काटेर मनाउने गरिएको उनले बताए। कार्यक्रममा उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका आसपासका वाम्बुले राईहरुको सहभागिता रहेको थियो। वाम्रास उदयपुरका अध्यक्ष ऋषि राईले आगामी वर्षको ढ्वाङ...
कोशी पुलबाट हामफालेर एक युवक बेपत्ता

कोशी पुलबाट हामफालेर एक युवक बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ३ । उदयपुर र सुनसरी जिल्लाको सिमानामा रहेको कोशी पुलबाट हामफालेर एक युवक बेपत्ता भएका छन्। प्रहरी चौकी चतराका प्रहरी नायव निरिक्षक प्रशु बिष्टका अनुसार दिउँसो ४ बजेर ३५ मिनेटतिर अन्दाजी २० देखि २५ वर्षका एक पुरुषले चतरा पुलबाट कोशी नदीमा हामफालेको स्थानीयले देखेका छन्। स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। बिष्टका अनुसार ती युवक को ९ प ९८६५ नम्बरको स्कुटरमा आएका थिए। उनले पुलमा स्कुटर रोकेर आफ्नो मोबाइल स्कुटरमै राखेर हामफालेको बताइएको छ। घटनापछि प्रहरीले स्कुटरमा रहेको मोबाइलमा आएको मिस्ड कलको नम्बरमा सम्पर्क गरेको थियो। सम्पर्क गर्दा ती व्यक्ति धरान घर भएको र फोनमा बोल्ने व्यक्ति उनको आफन्त रहेको खुलेको प्रहरीले जनाएको छ। हालसम्म बेपत्ता युवकको पहिचान खुल्न नसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।...
उदयपुर र मोरङमा सालकको खपेटासहित पाँच जना पक्राउ

उदयपुर र मोरङमा सालकको खपेटासहित पाँच जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ३ । मोरङको कानेपोखरी गाउँपालिका–७ र उदयपुरको बेलका नगरपालिका–३ बाट सालकको खपेटासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार गत शनिबार दिउँसो मोरङको बेलबारीबाट पथरीतर्फ आउँदै गरेको प्र.१–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक रंगेली नगरपालिका–१ का ४५ वर्षीय गगन कुमार गच्छेदार र पछाडि सवार सप्तरी कञ्चनपुरका ३५ वर्षीय बासुदेव सरदारलाई पक्राउ गरिएको हो। उनीहरूले बोकेको झोलाभित्रबाट ८५० ग्राम सालकको खपेटा बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो। पक्राउ परेका व्यक्तिहरूको थप अनुसन्धानका क्रममा उदयपुरको बेलका–३ रामपुर ठोक्सिलास्थित गिदेरी खोला बगरमा अन्य तीन जनालाई पनि सालकको खपेटासहित पक्राउ गरिएको छ। प्रहरीका अनुसार सोही स्थान बस्ने ४८ वर्षीय कृष्णराज मगर, बेलका नगरपालिका–६ का ५६ वर्षीय डिक बहादुर प...
उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३ । उदयपुरमा लागुऔषध सहित ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ का १८ बर्षीय हुमन कार्की, १८ बर्षीय सम्बीर सुयल र अमृत नेपाली रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट बुप्रोनोर्फिन, प्रोमेथारजिन र डाइजापाम गरी ६५ एम्पुल बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...