Saturday, August 22News That Matters

समाचार

विकासको अग्रपङ्तिमा उदयपुर : अध्यक्ष दत्त

विकासको अग्रपङ्तिमा उदयपुर : अध्यक्ष दत्त

समाचार
उदयपुर, पुस ९ गते ।  मुलुकमै उदयपुर जिल्लाले विकासको राम्रो गति लिएको मधेशी आयोग केन्द्रिय अध्यक्ष डा. विजयकुमार दत्तले बताएका छन् । जिल्लामा भएको विकासको गति मुलुकका अन्य जिल्लाहरुले लिन सके समद्धि र शुसाशनमा धेरै समय नलाग्ने बुधबार पत्रकार भेटघाटमा अध्यक्ष दत्तले बताएका हुन् । उदयपुरको दुई दिनको बसाईमा सकारात्मक र उर्जाशील कुरा पाएकोमा खुसी व्यक्ति गरेका छन् । अहिलेसम्म आफु पुगेको अन्य जिल्लाहरुमा निरासाजन कुरा पाएको अध्यक्ष दत्तले बताए । प्रशासन, सरोकारवाला, जनप्रतिनिधिदेखि जनतासम्मबाट विकासको सकारात्मक र उर्जाशिल कुरा पाएकाले आफु प्रभावित भएको उनले बताए । जिल्लाको उद्योग, व्यपार,शिक्षा, सामाजिक सद्भाव, सहकार्य अति राम्रो पाएको छ । हिमाल, पहाड र तराईको संगम स्थल उदयपुर भएको अध्यक्ष दत्तले बताए । शिक्षा, स्वास्थ्यमा १ न. प्रदेश राम्रो छ । २ नं प्रदेश शिक्षा, स्वस्थ्य र आर्थीक भष...
फौजि किराको प्रकोपले धान उत्पादनमा कमी

फौजि किराको प्रकोपले धान उत्पादनमा कमी

आर्थिक, समाचार
उदयपुर, पुस ८ गते ।  अमेरीकन फौजी किराको प्रकोपले गर्दा उदयपुरमा धान उत्पादनमा कमी आएको छ । किराले पाक्न लागेको धानबाली खाएर नष्ट गरेपछि उत्पादनमा कमी आएको हो । चालु आर्थिक वर्ष २०७६/०७७मा करिब १२ हजार ७ सय ११ हेक्टरमा मात्रै धान लगाइएको थियो । त्यसमध्ये ३ सय ५० हेक्टर क्षेत्रफलको धान फौजी किराले खाएर नष्ट गरेको थियो । आव २०७६/०७७ मा ४७ हजार ९ सय २० मेट्रिक टन धान उत्पादन भएको छ । जुन प्रति हेक्टर ३ दशमलव ७७ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्कले देखाएको छ । फौजी किराको प्रकोपले गत वर्ष भन्दा ४ हजार ७ सय ८१ मेट्रिक टन धान कम उत्पादन हुदा करिब २९ लाख २९ हजार रुपैयाँ बराबरको क्षति भएको कृिष ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख नरनाथ रेग्मिले बताए । बेलकामा एक सय हेक्टर, उदयपुरगढी गाउँपालिकामा सात हेक्टर, त्रियुगा नगरपालिकामा दुई सय नौ हेक्टर र चौदण्डीगढी नगरपालिकामा ३४ हेक्टर क्...
जिल्ला दलित पत्रकारमा नेपाली

जिल्ला दलित पत्रकारमा नेपाली

समाचार
उदयपुर, पुस ८ गते । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम उदयपुर जिल्ला भेलाले राकेश नेपालीको नेतृत्वमा प्रथम कार्य समिति चयन गरेको छ । विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत दलित पत्रकारहरुको भेलाले सोमबार नेपालीको संयोजकत्वमा ११ सदस्य रहने गरी कार्य समिति चयन गरेको हो । भेलाले उप–संयोजकमा अनिशा परियार चयन गरेको छ भने सदस्यहरु क्रमश : दिनेश परियार, मिलन परियार, हिमाल दुलाल, मिलन विक, सुरक्षा परियार, एकराज विक, पर्मिला विक, मिरा रसाईली र विश्व रसाईली सर्वसहमतबाट निर्वाची भएका हुन् । संविधान सभाका सस्दय तथा राष्ट्रिय दिलत पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले कार्य समितिलाई शुभकामना दिदै निष्पक्ष ढंगले कलम चलाउन आग्रह गरेका छन् । दलित समुदायको हक अधिकारको विषयलाई कलमको माध्यमबाट उजागर गर्ने सवै पत्रकारलाई अक्षय कोष खडा गरेर कम्तिमा ५० हजार रुपैयाँले पुरस्कृत गर्ने उनले बताएका...
विप्लव निकट विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष द्धारा पार्टी परित्याग

विप्लव निकट विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष द्धारा पार्टी परित्याग

समाचार
उदयपुर/मंसिर, ७ नेत्रविक्रम चन्द विप्लव पार्टी निकटको विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) उदयपुरका जिल्ला उपाध्यक्ष तायनसरी राईले पार्टी परित्याग गरेकिछिन् । त्रियुगा नगरपालिका १२ डिएमगेटकी चन्द्र बहादुर राईको छोरी सो पार्टीमा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरी स्वतन्त्र जिवन यापन गर्दै अध्यापनमा लाग्ने बताउँदै पार्टी परित्याग गरेकी हुन् । उनले जिल्ला प्रशासन कार्यलयमा पुष ६ गते विज्ञाप्ती जारी गर्दै आजकै मितिबाट आफु अखिल क्रान्तिकारीको कुनै क्षेत्रमा नरहेको र साधारण सदस्य समेत नहुने कुरा उल्लेख गरेकीछिन् । राईले विप्लवको विद्यार्थी संगठनमा जिल्ला उपाध्यक्षको रुपमा रहेपनि कुनै पनि प्रकारको जिम्मेवारी निलिएको र राज्य र जनताप्रति कुनै पनि नकरात्मक कार्यहरु नगरेको विज्ञाप्तीमा उल्लेख छ । उनले सरकारबाट प्रतिवन्दीत पार्टी समेत  रहेको कुरापनि आफुलाई थाहा नभएको र यसबा...
प्रहरी चौकीको भवन उद्घाटन

प्रहरी चौकीको भवन उद्घाटन

समाचार
राजेन्द्र दुष्ट जन्तेढुंगा/पुस ६ खोटाङको दक्षिणि भेगमा पर्ने जन्तेढुंगा गाउँपालिकाको १ नंं.वडा देविस्थानमा प्रहरी चौकीको नयाँ कार्यालय भवन आईतबार उद्घाटन भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको १ करोड ७८ लाख १५ हजारमा निर्मित साढे दुई तले पक्कि भवनको प्रहरी नायव महानिरिक्षक तथा १ नं. प्रदेशका प्रहरी प्रमुख ठाकुरप्रशाद ज्ञवलीले उद्घाटन गर्नु भएको हो । भवनको उद्घाटन गर्दै प्रमुख ज्ञवलीले भन्नु भयो, “जसरी भवन बनाउन एक भएर सफल हुनु भएको छ त्यसैगरी शान्ति सुरक्षा कायम गर्नको लागि पनि स्थनीयवासीको उत्तिकै दायित्व हो प्रहरी र यहाँका स्थानीय मिलेर अपराध घटाउन नसके यो यति राम्रो भवनको औचित्य नै रहन्न त्यसैले घटना घटनानै हो त्यो सानो या ठूलो होस् प्रहरीलाई सूचना दिन कसैले नहिच्किचाउनु आग्रह गर्दछु ।”सामुदायिक प्रहरी कार्यक्रमद्धारा समाजमा हुने विभिन्न किसिमका अवाञ्छनिय क्रयाकलापहरु...
पर्यटन प्रवर्धनमा जातिय संस्था परिचालन

पर्यटन प्रवर्धनमा जातिय संस्था परिचालन

पर्यटन, समाचार
बेलका, पुष ६ गते जयराम पुर्वछाने नेपाल सरकारले आह्वान गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न स्थानीय सरकारलाई बेलका नगर आदिवासी जनजाती महासंघले पनि सहयोगी भुमिका खेल्ने भएको छ। पौष ५गते सनिवार बेलका नगरको नगर सभाहलमा बसेको महासंघ सम्बद्ध १४ जातिय संगठनका प्रमुख तथा ६०जना बढि जातिय संगठनका प्रतिनिधीहरुको संयुक्त बैठक तथा भेलाबाट एकसाथ स्थानीय सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो। बैठक तथा भेलामा बेलकाका महासंघ अध्यक्ष ललित राईले बेलका नगर जातिय ,भाषिक,संस्कार र सांस्कृतिक रुपमा अब्बल तथा प्राकृतिक रुपमा अत्यन्तै सुन्दर मनमोहक रहेकोले यो सुखद सन्देश विश्व समुदायलाई दिन पनि भेला तथा बैठकको आयोजना गरिएको बताउनु भयो।अध्यक्ष राईले स्थानीय बेलका नगर सरकारले बेलका नगरको आदिवासि जनजातीका जातिय संस्कार संस्कृति ,भेषभुसा,भाषाको प्रचार प्रसारमा देखाएको चासोलाई यहाको आदिवासी जनजातीहरुले अब...
ट्याक्टरलाई प्रष्ट नम्बर प्लेट र स्टिकर राख्न लगाईयो

ट्याक्टरलाई प्रष्ट नम्बर प्लेट र स्टिकर राख्न लगाईयो

समाचार
पूर्णपुष्टि, पुस ६ । उदयपुरमा दुर्घटना न्यूनिकरण तथा दुर्घटनामा कारवाही प्रभावकारी होस् भन्ने हेतुले ट्याक्टरहरुमा स्टिकर टाँस्ने र नम्बर प्लेट प्रष्ट राख्नु पर्ने व्यवस्थालाई कडाई गरिएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरले ट्याक्टरहरुलाई अनिवार्यरुपमा राती टल्किने स्टिकर टाँस्न र प्रष्ट देखिने गरी नम्बर प्लेट राख्न कडाई गरेको हो । अधिकांश ट्याक्टरहरुमा नम्बर प्लेट मधुरो हुनेमात्र नभई अक्षर र अंक नदेखिने हुँदा दुर्घटना तथा ट्राफिक नियम उलंघनमा अनुसन्धानमा बढि समय लाग्ने कुरालाई मध्येनजर गर्दै यस्तो व्यवस्था गरिएको हो । ट्याक्टरको अगाडी र पछाडि प्रष्ट नम्बर प्लेट राख्नुपर्ने र पछाडिको भागमा टल्किने स्टिकर राख्नुपर्ने व्यवस्था छ । राती अध्यारोमा स्टिकर टल्किए पछि अन्य सवारी साधनलाई संकेत मिल्ने भएकाले दुर्घटनामा कमी हुने विश्वास छ । सबै ट्याक्टर धनीहरुलाई सूचित गरी यस्तो गर्न लग...
युमी नेपालद्धारा त्रियुगा नमुना माविका ४९५ जना विद्यार्थीहरु झोला वितरण

युमी नेपालद्धारा त्रियुगा नमुना माविका ४९५ जना विद्यार्थीहरु झोला वितरण

समाचार
गाईघाट, पुस ०६ गते । जापानको टोकियो विश्वविद्यालयमा अध्ययनरत छात्रछात्राहरु आवद्ध संस्था युमी नेपाल जापानले उदयपुरको त्रियुगा नमुना माध्यामिक विद्यालयका ४९५ जना विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । युमी नेपाल जापानको सहयोगमा तिमि म नेपालले आईतबार एक कार्यक्रमको आयोजना गरि कक्षा ६ देखि ८ सम्मका ४९५ जना छात्रछात्राहरुलाई स्कुल व्याग वितरण गरेको हो । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख अतित्थ्यता र त्रियुगा नमुना माध्यमामिक विद्यालयका प्रध्यापक सुवास विष्टको अध्यक्षतामा तिमि म नेपालले आईतबार झोला वितरण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै त्रिनपाका मेयर चौधरीले सरकारी विद्यालयका विद्यार्थीहरुका लागि युमी नेपालले गरेको सहयोग सरहनिय भएको बताउनु भएको छ । साथै मेयर चौधरीले नगरपालिकाको तर्फबाट पनि कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई झोला वितरण गर्ने बताउनु भएक...
उदयपुरमा कृषी विकास रणनीति गोष्ठी

उदयपुरमा कृषी विकास रणनीति गोष्ठी

समाचार
उदयपुर, पुस ५ गते ।  उदयपुरमा कृषी विकास रणनीति अभिमुखिकरण कार्यशाला गोष्ठि सुरु भएको छ । स्थानीय तहको लागि भूमि व्यावस्था, कृषी तथा सहकारी मन्त्रालय प्रदेश न. १ को आयोजनामा गोष्ठि शनिबारदेखि सुरु भएको हो । सन् २०१५–२०३५ योजनालाई १ न. प्रदेश सरकारले सुरु गरेको छ ।  स्थानीय तहका जनप्रतिनिधिहरुसँग प्रत्यक्ष छलफल गरेर सुझाव र सल्लाह लिएर अगाडी बढ्ने आयोजकले जनाएको छ । स्थानीय तहसँग समन्वयन गरेर कृषकले पाउनु पर्ने अनुदान वास्तविक कृषले पाउनु पर्ने १ न. प्रदेश सांसद विमल कार्कीले बताए । सरकारले उपलब्ध गराउने अनुदान वास्तविक कृषकले नपाई कागजी र पहुचवाला कृषकले पाउने भएकाले वास्तविक कृषकको पहिचान गरि अनुदान उपलब्ध गराउन उनले आग्रह गरेका छन् । १ न. प्रदेशमा व्यावसायीक रुपले तेजपात उदयपुरमा मात्रै उत्पादन हुदै आएकाले यसालाई व्यावस्थीत गर्दै अन्य कृषी जन्यवस्तु जस्तै तेजपात सुपर जोनको रु...
सुदूरपश्चिम भेगमा हिउँ पर्ने सम्भावना

सुदूरपश्चिम भेगमा हिउँ पर्ने सम्भावना

समाचार
पुस ५ गते ।  पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णालीमा आज पानी र हिउँ पर्ने सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णालीको पहाडीमा आज पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । पहाडी भेगमा दिउँसोदेखि हल्का पानी र हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको महाशाखाकाले जनाएको छ । तराईमा पश्चिमी वायुको प्रभाव घट्दै गएकाले शीतलहर पनि कम हुँदै गएको छ भने तराईमा दिउँसोदेखि मौसम सफा रहने महाशाखाले जनाएको छ ।...