Monday, July 13News That Matters

समाचार

तालमा डुबेर १ जनाको मृत्यु

तालमा डुबेर १ जनाको मृत्यु

समाचार
सुनसरी, मंसिर २७ गते । सुनसरीको रामधुनीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका–७ निबासी ५५ बर्षीय पुरन चौधरीको मृत्यु भएको हो । रामधुनीको रास तालमा पौडी खेल्ने क्रममा बिहिवार दिउँसो पौने ५ बजे अचानक डुबेर घाईते भएका चौधरीको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेलुकी पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउँनासाथ तत्काल प्रहरी घटना स्थलमा पुगी थप घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
रुखबाट लडेर १ जनाको मृत्यु

रुखबाट लडेर १ जनाको मृत्यु

समाचार
मोरङ, मंसिर २७ गते ।  मोरङको मिक्लाजुङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–३ निबासी ८५ बर्षीय बेद प्रसाद लिम्बुको मृत्यु भएको हो । घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा बिहिवार दिउँसो ४ बजे अचानक लडेर घाईते भएका लिम्बुको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपालमा रोहिंग्या शरणार्थीको २३ टहरा

नेपालमा रोहिंग्या शरणार्थीको २३ टहरा

लिम्चुङबुङ डायरी, समाचार
मंसिर २७ गते । नेपालमा रोहिंग्या समुदायका शरणार्थीले पनौतीमा २३ वटा टहरा बनाएका छन् ।  म्यानमारबाट विस्थापित भएका रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका हुन् । ठेकेदार रामेश्वर थापाले स्थानीय सरकारलाई काम गर्ने मजदुरका रुपमा जानकारी गराएर निर्माण गरिएको हो । तिनीहरु १६ दिनअघि काठमाडौंमा बसोबास गर्दै आएका थिए । स्थानीय ठेकेदार थापाले आफ्नो ठेक्कामा मजदुरी गराउने उद्देश्यले बसोबासको व्यावस्था मिलाएका हो । काठमाडौंको बूढानिलकण्ठका कपन स्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।...
उदयपुरमा क्युपेक नेपालको तेस्रो महाधिवेशन सुरु

उदयपुरमा क्युपेक नेपालको तेस्रो महाधिवेशन सुरु

समाचार
उदयपुर, मंसिर २६ गते । उदयपुरमा नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक)को दुई दिने तेस्रो महाधिवेशन प्रतिनिधि परिषद बैठक सुरु भएको छ । “क्यूपेक नेपालको सरोकार, सुरक्षित कार्यस्थल र मर्यादित रोजगार” भन्ने मुल नाराको साथ दुई दिने अधिवेशन विहिबारदेखि सुरु भएको हो । मजदुरको हक हितका लागि ठूलो संघर्ष गर्दै आएको २०७४ सालमा श्रम ऐन आएपनि कार्यन्वयन नभएको केन्द्रिय महाधिवेशन प्रतिनिधि परिषद प्रमुख मनोहरी सिवाकोटीले बताए । स्थानीय तहले श्रमीकलाई सुरक्षाको लािग कानुन बमोजिक कम गर्नु पर्ने उनले बताए । सरकारले भौतीक पूर्वधारमा बढी बजेट विनियोजन गर्ने भएपनि त्यस क्षेत्रमा काम गर्ने श्रमीकलाई सामाजिक सुरक्षाको क्षेत्र भित्र नराखेको सिवाकोटीले बताए । राज्यले दिएको अधिकार सरकारले लागु गर्दैन भने कार्यन्वयनमा ल्याउदैन भने त्यसलाई हामी के गर्ने भन्ने विषयहरु समेत अधिवेशले तय ग...
दोस्रो नगर अन्तर विद्यालय प्रतियोगिता शुरु

दोस्रो नगर अन्तर विद्यालय प्रतियोगिता शुरु

खेलकुद, समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर २६ गते । चौदण्डीगढीमा संचालित निजि विद्यालयहरुको छाता संगठन, आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) को आयोजनामा दोस्रो चौदण्डीगढी गनर स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिताको सुरु भएको छ । ७ नं. वडा स्थित प्रस्तावित सहित रामप्रसाद राई खेल मैदान बेल्टारमा विहिबार नगर प्रमुख खगेन्द्र राईले उद्घाटन गर्नु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख राईले भन्नु भयो, “खेलकुदजगतले आफ्नो घरपरिवार, अभिभाबक, विद्यालय, स्थानीय तहको मानमर्यादा, ईज्जत त राख्ने नै भयो त्यसमा अझ  भविस्यमा देशलाई अन्तराष्ट्रसम्म चिनाउन ठुलो योगदान पुग्ने भएकोले शिक्षा र स्वास्थ्यलाई संगसंगै मिलाएर अगाडी बढियो भने पक्कै पनि सफल हुने प्रेरणा मिल्ले बताउदै प्रतियोगिताको शुभकामना व्यक्त गर्दछु ।” उद्घाटनको दिन भने १ सय मिटरको दौड,ज्याव्लीङ थ्रो,  स्पोन रेस, बौद्धिक परिक्...
उधौलीमा भुजेल जातिको मन्दिर उद्घाटन

उधौलीमा भुजेल जातिको मन्दिर उद्घाटन

समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर २६ गते ।  किरात राई समुदायको उधौली पर्वको अवसरमा भुजेल जातिको भुमे मन्दिरको विहिबार उद्घाटन भएको छ । चौदण्डीगढी नगरपालिका– ६ स्थित कुवाखानीमा निर्मित मन्दिरको नगरप्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीद्धारा संयुक्तरुपमा उद्घाटन गर्नु भएको हो । वडा र नगरको १÷१ लाख रुपैया र स्थानीयवासीको जनश्रमदानगरी ५ लाख रुपैयामा वडा सदस्य उद्धव भुजेलको सकृयतामा निर्माण भएको हो । मन्दिरको उद्घाटन गर्दै नगर प्रमुख राईले भन्नु भयो, चौदण्डीगढी नगरपालिकामा रहेका सबै जात÷जातिहरुको जातिय संस्कार संस्कृतिहरुको संरक्षण र सम्वद्र्धन गर्न सक्दो सहयोग गर्दै आईरहेका छौ । गत साल पनि माझि समुदायको मन्दिर बनाएका छौ । एवं प्रकारले सबैलाई समानरुपमा अधिकार प्रदान गर्दै आएका छौ कसैलाई काखा कसैलाई पाखा गरेका छौनौ हामी सबै नेपाली हो नेपाली भएको हैसियतले सबैको सुख दुख बुझ्दै अगाड...
सशस्त्र प्रहरीद्धारा ठूलो परिणाममा लागु औषध बरामद

सशस्त्र प्रहरीद्धारा ठूलो परिणाममा लागु औषध बरामद

समाचार
उदयपुर, मंसिर २५ गते ।  बेलकाको मकुन्दे खोला र सप्तकोशीको दोभानबाट ठूलो परिणाममा लागु औषध सशस्त्र प्रहरीले बरामद गरेको छ । बेलका नगरपालिका–८ बकुन्द्रे खोला र सप्तकोशी नदी दोभानबाट अवैध लागु औषध एक सय १२ केजी गाँजा बरामद गरेको हो । सप्तकोशी नदिको जलमार्ग प्रयोग गरी लागु औषध गाँज सोसार पसार हुदै छ भन्ने गोप्य सुचानाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प  रामपुरबाट खेटेका प्रहरी टोलीले मंगलबार दिउँसो १ः१० बजे गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । सेतो प्लाष्टिक भित्र कुनै गन्ध नआउने गरी प्याक गरेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । उक्त गाँजा ओसार पासारमा संलग्न व्यक्तिहरु प्रहरीलाई देखेपछि गाँजा छाडेर फरार भएको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरुलाई खोजतलास भईरहेको छ भने बरामद गरिएको गाँजा कानुनी प्रक्रिया पुरा गरी ईलाका प्रहरी कार्यालय रामपुरमा बुझाएको प्रह...
प्रहरीले रोके बालविवाह

प्रहरीले रोके बालविवाह

समाचार
उदयपुर, मंसिर २५ गते ।  उदयपुरमा हुन लागेको बालविवाह प्रहरीले रोको छ । त्रियुगा नगरपालिका–७ को केटी र ५ न. वडाको केटा विच हुन लागेको बालविवाह बुधबार प्रहरीले रोकेको हो हो । त्रिनपा–७ निबासी रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापा र ५ न. वडाको पदमबहादुर कार्कीको छोरा २४ वर्षीय भुपध्वज कार्की विच हुन लागेको बालविवाह रोकेको प्रहरीले जनाएको छ । बालविवाह हुदैछ भन्ने गोप्य सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले दुवै पक्षलाई उक्त कार्यालयमा ल्याई स्थानीय निकायका जनप्रतिनिधि, बाल क्लब लगायतका उपस्थितिमा केटीको उमेर २० वर्ष पुगेपछि मात्रै विवाह हुने गरी केटा केटीलाई अविभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
चौदण्डीगढीले छान्यो खेलाडी

चौदण्डीगढीले छान्यो खेलाडी

खेलकुद, समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर २५ गते । खोटाङको सदरमुकाम दित्तेलमा पुुस १ गते देखि शुरु हुने १ नं. प्रदेशको नगर स्तरीय व्याड्मिन्टन प्रतियोगिताका लागि चौदण्डीगढी नगरपालिकाले खेलाडी छनौट गरेको छ । उक्त प्रतियोगिताको लागि शन्तोष कटवाल, भेषराज मगर, सनिल चौधरी र विजय चौधरीगरी ४ जनालाई छनौट गरेको हो । बुधबार खेलाडिहरुलाई छनौट गरी अन्य व्यवस्थापनमा जुटेकोे चौदण्डीगढी नगर व्याड्मिन्टन संगका संयोजक देवीराज राईले जानकारी दिनु भयो । प्रतियोगिताको लागि नगरपालिकासंग १ लाख ७५ हजार रुपैया आर्थिक सहयोग माग गरेको संयोजक राईले बताउनु भयो । खेलमा विजयी हुने समुहले १ लाख ५०, ७५ र ४५ हजार रुपैया नगद सहित ट्रफि र प्रमाण पत्रले पुरस्कृति गरिने आयोजकले जनाएको छ ।  पछिल्लो अवसथामा व्याड्मिन्टन खेल राम्रैसंग लोकप्रिय बन्दै गएको छ ।...

क्याम्पस, विद्यालयलाई मिलन स्मारिका वितरण

शिक्षा, समाचार
पूर्णपुष्टि, मंसिर २५ गते ।  पठन संस्कृतिको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ क्याम्पस तथा विद्यालयहरुलाई बुधबार मिलन स्मारिका वितरण गरिएको छ । कर्मचारी मिलन केन्द्र उदयपुर र संगम सामुदायिक पुस्तकालय गाईघाटले आयोजना गरेको पठन संस्कृति वहस तथा मिलन स्मारिका वितरण कार्यक्रममा क्याम्पस तथा विद्यालयहरुलाई मिलन स्मारिका वितरण गरिएको हो । जिल्लाको आठैवटा पालिकाका विविध विषयलाई समेट्दै बौधिक खुराकको रुपमा कर्मचारी मिलन केन्द्रले हालै प्रकाशन गरेको मिलन स्मारिका, त्रियुगा नगरपालिकाभित्रका एकदर्जन बढी क्याम्पस तथा विद्यालयहरुलाई वितरण गरिएको हो । क्याम्पस तथा विद्यालयका पुस्तकालयमा राखेर विद्यार्थीहरुलाई अध्ययन गराउने उद्देश्यले स्मारिका वितरण भएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानेले बताउनुभयो । जिल्ला न्यायधिस दिपक खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मिलन केन्द्र र...