नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग ४२ महिनामा बन्ने
कात्तिक ५ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्नुभएको छ । प्रधानमनित्र ओलीले सोमबार सुरुङमार्गको शिलान्यास गर्नु भएपछि औपचारिक रूपमा सुरुङमार्गको निर्माण सुरु भएको हो ।
सुरुङमार्गको शिलान्याससँगै नेपाल विकासले नयाँ युगमा प्रवेश गरेको र एक कदम अगाडी विकास बढेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
कुल लम्बाइ २.७ किलोमिटर रहेको सुरुङमार्गको निर्माण सम्झौता जापानको हाज्मा एन्डो कर्पोरेसनसँग असोज ६ गते सम्पन्न भइसकेको छ । दुईवटा फ्लाई ओभरसहित निर्माण हुन लागेको सुरुङमार्गको निर्माणका लागि करसहित करिब १५ अर्ब २५ करोड लागत लाग्ने भएको छ । सुरुङमार्गको निर्माण सम्झौता करबाहेक साढे १३ अर्ब रुपियाँमा भएको हो ।
प्रधानमन्त्रि ओलीले सुरुङमार्गको प्रयोग नेपालमा पहिलो पटक भएकाले यस प्रकारको विकासबाट मुलुकले नयाँ फड्को मार्ने विश्वास व्य...







