Wednesday, August 19News That Matters

समाचार

मेयरको पहलमा गम्भीर प्रकृतिका विरामी बृद्धलाई सहयोग

मेयरको पहलमा गम्भीर प्रकृतिका विरामी बृद्धलाई सहयोग

समाचार, स्वास्थ्य
अभिमन्यु लामिछाने  उदयपुर, भदौ २० गते ।  गम्भिर प्रकृतिको विरामी बुद्ध तामाङ्लाई कटारी नगरपालिका मेयरको पहलमा आर्थिक सहयोग जुटेको छ । नाजुक आर्थिक अवस्था भएका तामाङको उपचार खर्च जुटाउन नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठको पहलमा एक लाख रकम जुटेको हो । कनपा–४ मरुवा निबासी १४ बर्षीय तामांगको उपचार गर्ने क्रममा नोबेल अस्पतालका डाक्टरको लापरबाहीले मोटो आंद्रा ठुलो आंद्रामा जोडे पछि बिरामीको अबस्था गंभीर बनेको तामाङको फुपु सबीना तामांगले बताइन । अहिले त्रिबि शिक्षण अस्पताल महाराजगंजमा उपचार गराईरहेको तामांगको स्वास्थमा केहि सुधार भएको  तामाङ्को परिवारले जनाएको छ । उनका वुवा समेत टिबी रोले थला परेको छ भने तामाङ तीन महीनाको हुदा उनको आमाले छोडेर हिडेको थियो । तामाङको आर्थिक अवस्था अत्यन्त नाजुक र दयनिय रहेकाले मेयरको सहयोग उनीहरुको लागि भगवान सरह भएको उनको फुपु सबीनाले भनिन् । यसर...
५ अर्वको नक्कली चेक

५ अर्वको नक्कली चेक

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
भदौ २० गते ।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले हातहतियार कारोबारको अभियोगमा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ । धनगढी–४ चटकपुरबाट दुईजना सहकर्मीसहित पक्राउ परेका राणाको डेराबाट पाँच अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंकको नक्कली चेक, चार थान पेस्तोल, छाप, नक्कली पत्रको चाङ फेला पारेको हो । पक्राउ परेका व्यक्ति र उनीहरुबाट बरामद गरिएका सामग्रीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार सार्वजनिक गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।...
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि अन्तक्रिया

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि अन्तक्रिया

समाचार
उदयपुर/भदौ, १९ १३ औँ राष्ट्रिय मानव बेचबिखन बिरुद्ध दिवसको अवसरमा गाईघाटमा अन्तिक्रिया कार्यक्रम भएको छ । पछिल्लो समय बिभिन्न किसिमबाट बढ्दो मानव बेचबिखन भइरहेको भन्दै बिभिन्न सम्बन्धित निकायहरु सँग दिवसको अवसर पारी छलफल तथा अन्तक्रिया गरेको हो । जिल्ला प्रहरी कार्यलय उदयपुरको आयोजना तथा ओरेक नेपालको सहकार्यमा बिहिबार जिल्ला समन्वय समितिको हलमा यस सम्बन्धी व्यापक छलफल तथा अन्र्तक्रिया गरिएको छ । उदयपुरमा मानव बेचबिखनको घटना एकदम कम मात्रामा रहेपनि आधुनिक दासत्वको रुपमा बिभिन्न ठाउँहरुमा यसको बढ्दो स्थिति देखिएको अन्तक्रियामा छलफल भएको छ । ३ बर्षमा जम्मा ६ ओटा मात्र मानव बेचविखनको घटनाको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यलय उदयपुरको तथ्याङले देखाएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार घटनाहरु प्रसस्तै हुन सक्ने भएपनि बिभिन्न कारणले मुद्धा दर्तामा भने कम मात्रामा आउने गरेको बताएको छ ...
भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
ओखलढुङ्गा, भदौ १९ गते ।  ओखलढुङ्गाको मानेभञ्ज्याङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका– ७ बडारे गैरी भिरबाट लडेर मानबहादुर श्रेष्ठको मृत्यु भएको हो । गैरी भिरबाट लडेर सुनकोशी गाउँपालिका – ४ निबासी श्रेष्ठ विहान ८ बजे लडेर घाईते भएको थियो । घाईते श्रेष्ठको उपचारको लागि वीर अस्पताल काठमाण्डौामा उपचारको क्रममा विहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।...
मधेश आन्दोलनमा ऋणी बनाउने सुदखोर

मधेश आन्दोलनमा ऋणी बनाउने सुदखोर

समाचार
भदौ १९ गते ।  मधेश आन्दोलनको बेला सोझासाझालाई ऋण दिएर पाँच गुणा बढीसम्म असुली उल्टै मुद्दा लगाउने सर्लाहीका श्यामकृष्ण साह (परदेशी) पक्राउ परेसँगै करतुत बाहिर आएको छ । ६ महिना लामो मधेश आन्दोलनमा आर्थिक अवस्था सन्तुलन नभएको मौका छोपी सदरमुकाम मलंगवाका साहले स्थानियलाई चक्रवर्ती व्याजको फन्दामा पारेको खुलेको हो । २०७२ साल असारपछि ६ महिना भएको मधेश आन्दोलनको बेला छाक टार्ने र औषधिउपचार गराउनेदेखि वैदेशिक रोजगारीमा जानेसम्मलाई साहले ऋणमा फसाएका थिए । त्यसबेला उद्योग–कलकारखाना, बैंक तथा वित्तिय संस्थादेखि दैनिक कामकाजसम्म ठप्प भएको थियो । साहले अधिकांश सोझासाझा स्थानियलाई ६ महिना गाडिको मिति राखेर तमसुक बनाएको पाइएको छ । साहको ऋणीमा नेकपाका ईश्वरपुर नगर इन्जार्च योगनारायण धामी पनि परेको छ । आन्दोलनको बेला बुवा विरामी परेपछि बैंकहरु बन्द भएकाले बाध्य भएर साहुकार साहबाट ऋण लिन पुगेको थि...
फौजी किराले अन्नबाली सखाप, कृषक चिन्तित

फौजी किराले अन्नबाली सखाप, कृषक चिन्तित

आर्थिक, समाचार
उदयपुर, भदौ १९ गते । फौजी किराले बारीमा लगाएको अन्नबाली सखाप पारेपछि उदयपुरका पहाडी भेगमा कृषकहरु चिन्तित बनेका छन् । लामो खडेरीपछि फौजी किराले बारीमा लाएको हिउँदे बाली खाएर सखाप पारेपछि कृषकहरु चिन्तित भएका हुन् । जिल्लाको पहाडी रौतामाई, लिम्चुङ्बुङ, ताप्लि गाउँपालिकाको तल्लो भेग बेँसी खण्ड र कटारी नगरपालिकाको पहाडी भेगका बेँसी क्षेत्रमा किराको प्रकोप बढेको छ । दुध कोशी (पञ्चकोशी) किनारा आपासदेखि लेखको तल्लो भेग कछाँडसम्मको क्षेत्रमा किराले अन्नबाली, बोट विरुवा खाएको स्थानीयबासीले बताएका छन् । रौतामाईको तल्लो गुराँसे, फोक्सिन्टार, कटहरे, हातिपाईले, भोर्लेनी, पाकाना, आदामारा, चण्ढौटे, बेलबोटे, विमिरे, लिम्चुङ्बुङको लाकु, बलम्ता, ताम्लिछा, ताप्लिको थुम्कि, रामपुर, रुपाटार र कटारीको लेखानी आसपासको क्षेत्रमा किराले मकै, जुनेलोको विरुवा, अदुवा खाए सखाप पारेको हो । नेपालमा नयाँ मानि...
चोर र मोटरसाईकल पक्राउ

चोर र मोटरसाईकल पक्राउ

समाचार
सुनसरी, भदौ १९ गते ।  सुनसरीको ईटहरीमा घर भित्र राखेको मोटरसाईकल चोरेर लैजाने गरेको अस्थामा एक जना पक्राउ परेको छ । ईटही– ४ निबासी देवीप्रसाद सापकोटालको घर कम्पाउन्ड भित्र राखेको मोटरसाईकल सुमित मगरले चोरेर लैजादैगर्दा प्रहरीले पक्राउ गरेको हो । सापकोटाले घरको कम्पाउण्ड भित्र पार्किङ गरी राखेको को १७ प ९०२४ नम्बरको  मोटरसाईकल धरान– १५ निबासी मगरले चोरी गरी ठेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । चोरीको मोटरसाईकलसहित पक्राउ परेका मगरलाई प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भईरेको प्रहरीले जनाएको छ ।...
छुरा प्रहारबाट १ जना घाईते

छुरा प्रहारबाट १ जना घाईते

समाचार
झापा, भदौ १९ गते ।  झापाको शिवसताक्षीमा धारीलो हतियार छुरा प्रहारबाट एक जना घाईते भएको छ । शिवसताक्षी नगरपालिका–८ को वडाकार्यालयमा बस्ने सरगम भनेर चिनिने सागर तिमिल्सनाले छुरा प्रहार गरी सुरजरिङ्गालुङ राईलाई घाईते बनाएको हो । बुधबार दिउँसो १२ बजे नगरपालिका–११ निबासी ३३ वर्षीय राईको छातिमा २३ वर्षीय तिमिल्सनाले छुरा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घटनाको जनाकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी घाईतेलाई उपचारको लागि वि एण्ड सि अस्पताल विर्तामोड पठाएको छ भने छुरा प्रहार गर्ने तिमिल्सेनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
हतियारसहित तीन जना पक्राउ

हतियारसहित तीन जना पक्राउ

समाचार
भदौ १९ गते ।  कैलालीको धनगढीबाट चार थान हतियार सहित तीन जान पक्राउ परेका छन् । धनढी उपमहानगरपालिका–३ चटकपुरबाट केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरीको टोलीले पक्राउ परेका हुन्् । पक्राउ परेकाहरुको साथबाट एक थान पेस्तोल, एक थान सिक्सर, दुई थान कटुवा पेस्तोल र केही गरगहनासहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । तर पक्राउ पर्नेहरुको परिचय खुलाईएको छैन । अनुसन्धानकै क्रममा भएकाले तत्काल परिचय खुलाउन नमिल्ने भएकाले नखुलाईएको प्रहरीले जनाएको छ । अनुसन्धान सकेपछि पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।...
मेयर र उपमेयरको झडपमा एक स्थानीयको मृत्यु

मेयर र उपमेयरको झडपमा एक स्थानीयको मृत्यु

समाचार
भदौ १९ गते ।  धनुषाका हंशपुर नगरपालिकाको कार्यालय सार्ने विवाद हुदा भएको झडपमा गम्भिर घाईते भएका एक स्थानियको मृत्यु भएको छ । घाईते नगरपालिका–२ निबासी ५५ वर्षीय तपेश्वर मण्डलको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पालिकाको वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको कार्यालय मेयर रामज्ञान मण्डलले आफु बस्दै आएको ३ नम्बर वडाको बेल्हीमा सार्न खोजेपछि उपमेयर रेणु झाले अवरोध गर्दा २ समूहबीच गत साउन २१ गते झडप भएको प्रहरीले जनाएको छ  । प्रहरीले हस्तक्षेप गर्दा उपमेयर समूह र प्रहरीबीच समेत झडप भएको थियो । झडपको क्रममा प्रहरीको लाठीचार्जबाट उपमेयर झासहित ६ जना घाइते भएका थिए । गम्भीर घाइते भएका उपमेयर पक्षका मण्डलको उपचारको क्रममा झण्डै एक महिनापछि ज्यान गएको हो । घाइते मण्डलको ज्यान गएपछि उपमेयर पक्षले मेयरमाथि कारबाही गर्न माग गर्दै मंगलबार साँझ जनकपुर अञ्चल अस्पताल परिस...