Tuesday, May 5News That Matters

समाचार

श्री एयरलाइन्सको नयाँ जहाज काठमाण्डौँमा

श्री एयरलाइन्सको नयाँ जहाज काठमाण्डौँमा

आर्थिक, समाचार
भदौ २ गते । श्री एयरलाईन्स कम्पिनीले टर्बोजेट क्यू ४०० सिरिजको नयाँ जहाज ल्याएको छ । जनिजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनीले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको जहाज ल्याएको हो । ओमन हुँदै भारतको अहमदाबादबाट आइतबार काठमाण्डौँ ल्याईएको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यका साथ नयाँ जहाज थपेको कम्पनीले जनाएको छ । उक्त नयाँ जहाजसँग श्री एयरलाईन्सको ५ वटा जहाज भएको छ । यसअघि आन्तरिक उडानमा ५० सीट क्षमताका सीआरजे २०० जहाज दुई थान, ७० सीट क्षमताका सीआरजे ७०० जहाज दुई थान थिए । यस जहाजले पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सको योजना रहेको जनाईएको छ ।...
हवाई सेवा नियामकहरुको ५६ औं सम्मेलन काठमाण्डौमा

हवाई सेवा नियामकहरुको ५६ औं सम्मेलन काठमाण्डौमा

समाचार
भदौ २ गते ।   एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको ५६ औं अन्र्तराष्ट्रि सम्मेलन आजबाट हुने भएको छ । काठमाण्डौमा सोमबारदेखि सरु हुने ५ दिने सम्मेलनमा ४३ देशका सहभागिहरुले सहभागिता जनाउने भएको हो । सम्मेलनको नारा ‘क्षमताको सीमितता पूरा गर्न सामूहिक प्रयास’ राखिएको छ । सम्मेलनमा बिभिन्न कार्यपत्र पेस हुने छन् । त्यस मध्ये नेपालले तीनवटा कार्यपत्र पेस गर्ने प्राधिकरणले जनाएको छ । सम्मेलनमा ४३ देशका दुई ९१ प्रतिनिधि, २६ प्रवर्द्धक संस्था र अन्य सहभागी गरी करिब चार सय विदेशीको सहभागीता रहने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ । सम्मेलनको सम्बोधन गर्न अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यू पनि नेपाल आइसकेका छन् । यस सम्मेलनले एसिया प्रशान्त क्षेत्रको ...
सेन्ट्रल जोन भलिबलमा नेपाल किर्गिस्तानसँग भिड्दै

सेन्ट्रल जोन भलिबलमा नेपाल किर्गिस्तानसँग भिड्दै

खेलकुद, समाचार
भदौ २ गते ।  आज नेपालले किर्गिस्तानसँग एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप खैल्दै छ । ललितपुरका लगनखेलकोे आर्मी कभर्डहलमा सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने भएको हो । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो चार बजेबाट सुरु हुने भएको छ । नेपालले पहिलो खेलमा नै जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको छ । समूह ए मा रहेको नेपालसँगै किर्गिस्तान र माल्दिभ्स रहेका छन् । यता, समूह बीमा भने तुर्कमेनिस्तान, उब्जेकिस्तान, बंगलादेश र अफगानिस्तान रहेका छन् । बिहान १० बजे तुर्कमेनिस्तान र अफगानिस्तानबीचको खेल रहेको छ भने बेलुकी ६ बजे उब्जेकिस्तान र अफगानिस्तानबीच पनि खेल हुनेछ ।...
राष्ट्रिय वाणिज्य बैंकमा आगलागी

राष्ट्रिय वाणिज्य बैंकमा आगलागी

समाचार
भदौ २  गते ।  चितवन भरतपुरको वाणिज्य बैंकमा आगलागी भएको छ । भरतपुर चौवीसकोठीको बैँकमा सोमबार विहान आग्लागी भएको हो । भवनको पहिलो तलाबाट आगलागी सुरु भएको थियो । भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा निकै समयपछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीको कारण र त्यसबाट बैकमा भएको क्षतीको यकिन विवरण नखुलि सकेको प्रहरीले जनाएको छ ।...
बैरागी काइँलालाई जगदम्बाश्री र रणहारलाई मदन पुरस्कार

बैरागी काइँलालाई जगदम्बाश्री र रणहारलाई मदन पुरस्कार

समाचार, साहित्य
भदौ १ गते ।  यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने भएको छ भने मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिने निर्णय गरेको हो । मदन पुरस्कार गुठीकोे साधारणसभाले योगेशलाई मदन पुरस्कार दिने निर्णय गरेको थियो । काइँला तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता मध्येका कवि हुन् । अघिल्लो वर्ष २ लाख रुपैया रहेको पुरस्कार गुठीले अहिले बढाएर ४/४ लाख रुपैयाँ बनाएको छ । पुरस्कार असोज १२ गते वितरण गरिनेछ । गुठीले यस अघि मदन पुरस्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।...
लागु औषधसहित १ जना पक्राउ

लागु औषधसहित १ जना पक्राउ

समाचार
झापा/भाद्र १ गते ।  झापाको शिवसताक्षीमा गाँजा सहित एक जना पक्राउ परेको छ । शिवसताक्षी नगरपालिका –१० दोमुखा निबासी ५४ बर्षीय तिर्थराज दाहाल २ केजी ७ सय ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेको हो । बिशेष सूचनाको आधारमा प्रहरी टोलीले दाहाललाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेको दाहाललाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

डुबेर एक जना घाईते

समाचार
सुनसरी/भदौ १ गते । सुनसरीको रामधुनीका कोशीकटानमा डुबेर एक जना घाईते भएको छ । रामधुनी नगरपालिका – ५ भुमरी चौक निबासी १८ वर्षीय आयुष बस्नेत डुबेर घाईते भएको हो । नुहाउने क्रममा डुबी रहेको अवस्थामा साथीहरुले उद्दार गरी जिल्ला अस्पताल ईनरुवा लगेर थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
पोखरीमा डुबेर एक जनाको मृत्यु

पोखरीमा डुबेर एक जनाको मृत्यु

समाचार
सुनसरी/भदौ १ गते । सुनसरीको रामधुनिमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । रामधुनि नगरपालिका – ६ निबासी करिब ५० वर्षीय सरिलाल राजधामीको डुबेर मृत्यु भएको हो । घर नजिकै रहेको पोखरीमा डुबेर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । शव परिक्षणको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको छ भने घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
खोलामा डुबेर १ जनाको मृत्यु

खोलामा डुबेर १ जनाको मृत्यु

समाचार
सुनसरी/भदौ १ गते । सुनसरीको ईटहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । ईटहरी नगरपालिका – ६ निबासी ४० वर्षीय मोहन भट्टराईको सेतीखोलामा डुबेर मृत्यु भएको हो । खोला गएको भट्टराईलाई केहि समयपछि डुबिरहेको अवस्थामा स्थानिले फेला पारेको थियो । घटनाको जनाकारी पाएपछि प्रहरी घटना स्थल पुगी पथ अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
२ वर्षीय बालकको डुबेर मृत्यु

२ वर्षीय बालकको डुबेर मृत्यु

समाचार
झापा/भदौ १ गते । झापाको विर्तामोडमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । विर्तामोड नगरपालिका – ३ विरात पोखर निबासी रोशन बेसराको छोरा २ वर्षीय अजित बेसराको डुबेर मृत्यु भएको हो । दिउँसो पौने ४ बजे खेल्ने क्रममा घर नजिकै रहेको खोलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथै प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...