लागु औषध सहित २ जना पक्राउ
उदयपुर, साउन २८ गते ।
उदयपुरको लालपत्ताबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका – ६ लालत्ताबाट लागु औषध सहति दुई जनालाई पक्राउ परेका हुन् ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले स ७ प ८८०९ नम्बरको मोटरसाईकलमा सवार भगवानपुर गाउँपालिका–२ निबसी २० वर्षीय मुकेशकुमार याद र २३ वर्षीय रमेशकुमार महतोलाई चेकजाँच गर्ने क्रममा फेनारगन एम्पुल १ सय थान, नोर्फिन एम्पुल १ सय थान, डाईजोल्याव एम्पुल १ सय थान र नगद ७ हजार २ सय ३० रुपैया उनिहरुको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयुरमा ल्याई थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।
...








