लिम्चुङ्बुङको क्षतिग्रस्त सडक संचालन
उदयपुर, साउन २९ गते ।
अविरल वर्षाले क्षतीग्रस्त भएका लिम्चुङबुङको सडक मर्मतपछि संचालनमा आएको छ । क्षतीग्रस्त सडक मर्मत गरेपछि गाउँपालिकाका केन्द्रसम्म बुधबारदेखि सडक संचालनमा आएको हो ।
गत २१ गतेबाट गाईघाट–मुर्कुची–पुँवारे–माझखर्क–लिम्चुङ्बुङ सडक खण्ड मर्मत सुरु गरिएको थियो । तीन ठुला मेसिन तीनै ठाउँबाट एकै साथ प्रयोग गरी सडक मर्मत गरी पालिका केन्द्रसम्म सडक सुचारु गरेको मुर्कुची–पुँवारे–डिल्लिबर–माझखर्क–लिम्चुङ्बुङ सडक मर्मत उपभोक्ता समितिले जनाएको छ ।
वर्षापछि प्राकृतिक नाकाबन्दीमा परेको पालिकाको केन्द्रसम्म सडक खुलाई खाद्य ढुवानी गर्ने गरी वान वे ट्रयाक खोलेको मुर्कुची–पुँवारे–डिल्लिबर–माझखर्क–लिम्चुङ्बुङ सडक मर्मत उपभोक्ता समितिका सदस्य नेत्रबहादुर कार्कीले बताए ।
सडक खुलेपछि स्थानियबासी खुसी भएको र खाद्यन्न बोकेको ट्याक्टर र बोलेरो समेत माझखर्क र पालिका केन्द्र बाराहा पुगेक...









