Tuesday, August 25News That Matters

समाचार

उदयपुर कटारीकी धनकुमारी बुढाथोकी १२ दिनदेखी बेपत्ता

उदयपुर कटारीकी धनकुमारी बुढाथोकी १२ दिनदेखी बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २३ । उदयपुर कटारीकी एक महिला १२ दिनदेखी बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा कटारी–२ खोक्साकी ३९ बर्षीय धनकुमारी बुढाथोकी रहेकी छिन् । भदौ १२ गते शुक्रबार बिहान पौने १० बजे उदयपुरबाट सिराहाको लहान जाने भन्दै हिडेकी धनकुमारी सम्पर्क बिहिन भएको उनका श्रीमान खील बहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार श्रीमति बेपत्ता हुनुभन्दा २ दिनअघि असोज १० गते बिहान ३५ सेकेण्ड कुराकानी भएको थियो । खीलबहादुर भने ६ महिना यता बैदेशिक रोजगारका लागी मलेसियामा छन् । ड्युटीबाट फर्किएर खाना पकाउदै गर्दा श्रीमतिले अन्तिम पटक फोन गरेको उनले बताए । धनकुमारीको खोजीका लागी आफन्तले ईलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएको र माईत, नलनाता, इष्टभित्र सबैतिर सोधि खोजी गर्दा पनि फेला नपरेको उनले बताए । दुई सन्तानकी आमा धनकुमारीसँग आफ्नो बिवाह भएको २२–२३ वर्ष बितिसक्दा पनि कहिल्यै मनमुटाव नभएको...
प्यारालाईसिस पिडित भैरवलाई किरात राई यायोख्खा त्रियुगा नगरको आर्थिक सहयोग

प्यारालाईसिस पिडित भैरवलाई किरात राई यायोख्खा त्रियुगा नगरको आर्थिक सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ असोज । गरिबीले थलिएको प्यारालाईसिस पिडित भैरब राईलाई किरात राई यायोख्खा त्रियुगा नगर कार्यसमितिर्ले आर्थिक सहयोग गरेको छ । त्रियुगा नगरपालिका वडा नं १३ खोरिया टोल निवासी ५५ बर्षिय राईलाई त्रियुगा नगर कार्यसमितिले आर्थिक सहयोग गरेको हो । यायोख्खा नगर कार्यसमितिका अध्यक्ष डिल्लीशेर राई सहितको टोलीले राईको घरमै पुगेर रु ७ हजार ५० आर्थिक सहयोग गरेको हो । अध्यक्ष राई र नगर कार्यसमितिको पहलमा साकेला पार्क सरसफाई गर्ने क्रममा भैरव राईलाई आर्थिक सहयोग जुटेको हो । राईले सरसफाईकै क्रममा राईको अवस्थाबारे जानकारी गराउँदै आर्थिक संकलन गरेका थिए । ५ महिना देखी प्यारालाईसिसले थलिएको भैरवको आफन्तको नाममा श्रीमती बाहेक कोही नरहेको अध्यक्ष राईले जनाए । उनको छोराछोरी भएपनि काहाँ छ कुन अवस्थामा छ भन्ने कुनै अत्तोपत्तो छैन् । सानो झुपडीमा जिवन विताईरहेका दुई श्रीमान श्रीमतीलाई अहिले संकट आई...
मानसिक स्वास्थ्य समस्याको सुधारमा अग्रसर सिएमसी नेपाल उदयपुर

मानसिक स्वास्थ्य समस्याको सुधारमा अग्रसर सिएमसी नेपाल उदयपुर

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ असोज । मानसिक स्वास्थ्य समस्याको क्षेत्रमा काम गर्दै आएका मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालले उदयपुरमा पनि ९ बर्षदेखी सेवा दिईरहेको छ । सामाजिक संस्थाको रुपमा स्थापित यो संस्था झण्डै २० बर्ष अगाडी २००३ तिरै नेपालमा स्थापना भएको हो भने उदयपुरको सन्दर्भमा २०१३ बाट कार्यक्रम सुरु गरिएको थियो । मानसिक स्वास्थ्य समस्या भएको ब्यक्तिहरुको हकहितमा संघर्ष गर्दै आएको सिएमसी नेपालले उदयपुरको बिभिन्न पालिकाहरुमा कार्यक्षेत्र बनाएर काम गरिरहेको अवस्था छ । सिएमसी नेपाल उदयपुरकी मनोबिमर्शकर्ता एल्सोदा राईका अनुसार जिल्लाको ४ नगरपालिका र एक गाउँपालिका गरी ५ ओटा पालिकाहरुमा यसले काम गर्दै आईरहेको छ । त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका र रौतमाई गाउँपािलिकामा सिएमसी नेपालको सेवा उपलब्ध रहेको राईको भनाई छ । परिवार, समाज, समुदाय जस्ता क्षेत्रबाट उत्पिडित र उपेक्षित भएक...
नेपाल रेडक्रस सोसाइटी उदयपुरको ताला तोडियो

नेपाल रेडक्रस सोसाइटी उदयपुरको ताला तोडियो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २२ ।  नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाको ताला तोडिएको छ । सोमबार मदनराज कटुवाल नेतृत्वको टोलीले लामो समयदेखी नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखामा लागेको ताला तोडेको हो । भदौ १२ गते उच्च अदालत विराटनगरको फैसलाले कटुवाल नेतृत्वलाई बैद्यानिकता दिएको भन्दै सो समुहले कार्यालयमा लगाईएको ताला तोडेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय समितिको २०७८ कात्तिक २३ गतेको ३०८ औँ बैठकले तत्कालिन बिनोदकुमार बस्नेत नेतृत्वको उदयपुर शाखामा अनियमितता भएको भन्दै विघठन गरिदिएको थियो । त्यस पश्चात उदयपुरका सबै सरोकारवालासँग छलफल गरी आफ्नो नेतृत्वमा १५ सदस्य तदर्थ समिति गठन गरेको मदनराज कटुवालले बताएका छन् । उनका अनुसार गठन गरिएको १५ सदस्यीय समितीले एक महिना सम्मकाम गरेपछि अदालतबाट काम रोक्न आन्तरिम आदेश आएको थियो । अदालतबाट पुरानै समितिलाई काम गर्न दिनु भन्ने आन्तरिम आदेश आएपछि उनिहरुलाई...
संघीय निजामति ऐनको बिरुद्धमा उत्रिए त्रियुगा नगरको कर्मचारीहरु

संघीय निजामति ऐनको बिरुद्धमा उत्रिए त्रियुगा नगरको कर्मचारीहरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ असोज । संघिय निजामति ऐनको बिरोध गर्दै त्रियुगा नगरपालिका माताहतका कर्मचारीहरु आन्दोलनमा उत्रिएको छ । सरकारले जारी गर्न लागेको संघिय निजामति ऐनमा स्थानीय तहका कर्मचारीहरुलाई बाहेस हुने गरी बिधेयक पेश हुन आटेको आरोप उनिहरुले लगाएको छ । १६ नं वडाका वडा सचिव महेश खनालका अनुसार त्रियुगाभरी रहेको सबै शाखाका कर्मचारीहरुले त्रियुगा नगरपालिकामा धर्ना बसेर सरकारलाई दबाब मुलक बिरोध गरेको जनाए । खनालले संघ र प्रदेशलाई मात्रै सहज हुने ऐन जारी भएको हुँदा तत्काल सच्चाउनु पर्ने माग सहित देशैभरीका ७५३ ओटै स्थानीय तहका कर्मचारीहरु लगतार आन्दोलनमा रहेको जनाए । १२ गतेबाट सुरु भएको आन्दोलन सरकारले अटेर गरेमा १९ गतेबाट भने कार्यालयनै ठप्प पार्ने कार्यक्रम रहेको थियो । सोही अनुरुप त्रियुगाका सबै काम कार्वाही ठप्प हुनेगरी उनिहरुले नगरपालिकामा माग सहितको ब्यानर टाँगेर धर्ना बसेका थिए ।...
चौदण्डीगढी नगरमा पूर्बग्राही  तरिकाले  कर्मचारी हटाईएको भन्दै स्थानीयको बिरोध

चौदण्डीगढी नगरमा पूर्बग्राही तरिकाले कर्मचारी हटाईएको भन्दै स्थानीयको बिरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ असोज । चौदण्डीगढी नगरपालिकाले पूर्वाग्राहीढंगले कर्मचारी बर्खास्त गरेको भन्दै स्थानीयहरु बिरोधमा उत्रिएको छ । आधारभूत नगर अस्पताल बेल्टारमा कार्यरत दुई कर्मचारीहरु रचना राई र हेमा बञ्जरालाई राजनीतिक पूर्वाग्राहीढंगले बर्खास्त गरिएको भन्दै स्थानीयवासीले कार्यालयमा पुगेर आक्रोश पोखेका हुन् । ०७९ चैत १५ गते रचना कम्प्यूटर अपरेटर र हेमा ल्याव असिस्टेन्ट पदमा नियुक्ती भएका थिए । यी दुई कर्मचारीलाई ज्यालादारीमा काम गर्दैगर्दा पनि विना कसुर राजनीतिक पूर्वाग्राहीढंगले बर्खास्त गरेको पीडितहरुको आरोप छ । बर्खास्तमा परेकी दुई कर्मचारी मध्ये रचनाले भने, ‘डेढ वर्षदेखि काम गर्दै आएका थिईन् । विवादको विषयमा भने नगर प्रमुख मेयर कालु लामाले खासै चासो नदिएको स्थानीय समाजसेवी गोपाल राईले बताए । विहानदेखिको यो झमेला हो, वार्तामा बसौ न भन्दा पनि मेयर लामाले हाम्रो कुराको सुनुवाई नगरेको उ...
म्युजिक भिडियाेकाे मुख्य भुमिकामा उदयपुरका उत्तम

म्युजिक भिडियाेकाे मुख्य भुमिकामा उदयपुरका उत्तम

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असाेज २१ ।  उदयपुरका उत्तम राई एक म्युजिक भिडियोकाे मुख्य अभिनयमा देखिएका छन् । प्रेम रिबुशालकाे प्रस्तुतीमा हालै सार्वजनिक म्युजिक भिडियो “गामकी सानी” मा अहिलेका ब्यस्त मोडल नग्मा श्रेष्ठसंग उनको मुख्य अभिनय रहेको छ । राईले यसैबाट म्युजिक भिडियो अभिनयमा डेब्यु गरेका हुन् । सानैदेखि कला/संगीत र खेलकुदमा रुची राख्ने राईको नृत्य तथा अभिनयमा विशेष लगाव छ । उनी कराँते र बक्सिङ खेलाडी हुन् । कलाकारिताको मोह र भविष्यको खोजीमा राजधानी प्रवेश गरेका उनको लामो समय संघर्षमा बित्यो । समाजसेवा र ब्यवसाय संगसंगै उनले आफुभित्रको कलाकारिता मर्न दिएनन् । यसै सिलसिलामा उनले म्युजिक भिडियोमा अवसर पाएका हुन् । यो अवसरलाई उनले सफलताको पहिलो खुड्किलो ठानेका छन् । उनले खुलेर अभिनय गरेका छन् । “मैले मेरो बेस्ट दिने कोशिस गरेको छु” उनले भने । समाजसेवासंगै साहित्य र गीत/संगीत क्षेत्रमा समिर्पित ...
प्रतिबन्धित औषधीहरु लागुऔषाधजन्य औषधीको रुपमा नतोकिदा दुव्र्यसनी बढ्यो : उदयपुर प्रहरी

प्रतिबन्धित औषधीहरु लागुऔषाधजन्य औषधीको रुपमा नतोकिदा दुव्र्यसनी बढ्यो : उदयपुर प्रहरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ असोज । केहि समय अघि चौदण्डीगढी ७ बेल्टारका औषधि व्यवसायी संघ (एनसीडीएस) उदयपुरका महासचिव समेत रहेका औषधी ब्यवसायी बिरेन्द्र झा प्रतिबन्धित औषधी बेचेको आरोपमा पक्राउ पर्यो । औषधी बिभागले प्रतिवन्ध लगाएको ट्रामाडोल नामक औषधी लगायत अन्य गैरकानुनी औषधी बेचेको आरोपमा झालाई असोज २ गते प्रहरीले पक्राउ गर्यो । स्थानीयहरुका अनुसार झाले पहिल्यै बाट प्रतिबन्धित औषधी बेच्दै आएको थियो । झाको यस्ता गलत कार्यले ब्यवसायको नाममा खुलेआम लागुऔषाध बेचबिखन र दुव्र्यसनलाई बढुवा गर्ने भन्दै स्थानीयहरुले कार्वाहीको माग सहित चर्को बिरोध समेत गरे । यसै सिलसिलामा बेल्टार प्रहरीले उनलाई पक्राउ पनि गर्यो । पक्राउ त गर्यो तर कार्वाही भने गर्न सकेन । जिल्ला प्रहरी उदयपुरका डिएसपी हरिनन्द चौधरीको अनुसार आफ्नो क्षेत्रअधिकार नपर्ने भएकाले प्रहरीले कार्वाही गर्न झालाई नसेको जनाए । तर उनले स्थानीयको आव...
उदयपुरका उत्तमको म्युजिक भिडियोमा डेब्यु

उदयपुरका उत्तमको म्युजिक भिडियोमा डेब्यु

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज २१ । उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाटका उत्तम राईले एक म्युजिक भिडियोको मुख्य भुमिकामा डेब्यु गरेका छन् । अहिलेका ब्यस्त मोडल नग्मा श्रेष्ठको साथमा राईले “गामकी सानी” म्युजिक भिडियोमा डेब्यु गरेका हुन् ।सानैदेखि कला÷संगीत क्षेत्रमा रुची राख्ने राईको नृत्य तथा अभिनयमा विशेष लगाव छ । कलाकारिताको मोह र भविष्यको खोजीमा राजधानी प्रवेश गरेका उनको लामो समय संघर्षमा वित्यो । समाजसेवा र ब्यवसाय संगसंगै उनले आफुभित्रको कलाकारिता मर्न दिएनन् । यसै सिलसिलामा उनले म्युजिक भिडियोमा अवसर पाएका हुन् । यो अवसरलाई उनले सफलताको पहिलो खुड्किलो ठानेका छन् । उनले खुलेर अभिनय गरेका छन् । “मैले मेरो बेस्ट दिने कोशिस गरेको छु” उनले भने । समाजसेवासंगै साहित्य र गीत÷संगीत क्षेत्रमा समिर्पित ब्यक्तित्व प्रेम राई (रिबुशाल) को प्रस्तुतीमा हिजोमात्र बजारमा आएको म्युजिक भिडियो “गामकी सानी” मा उत्त...
गाईघाटमा नालीमा बगेर आएको भुजेललाई ट्राफिक प्रहरी र प्रहरीले बचायो

गाईघाटमा नालीमा बगेर आएको भुजेललाई ट्राफिक प्रहरी र प्रहरीले बचायो

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ असोज । गाईघाटमा नालीमा बगेर आएको एक जनालाई ट्राफिक प्रहरी र प्रहरीले जिउँदै उद्धार गरेको छ । त्रियुगा नगरपालिका ११ शिवालयटोलका ३५ बर्षिय सुरज भुजेललाई डिउटिमा रहेको प्रहरी र ट्राफिक प्रहरीले तत्काल उद्धार गरी बचाएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीका अनुसार अत्यादिक मापासे गरी गाईघाट बजारको मेनचोक नजिक नालीमा खसेर बगिरहेको भुजेललाई गम्भीर अवस्थामा फेला पारी उद्धार गरेको हो । प्रहरी बिट अगाडी ट्राफिक प्रहरी सिवि राई लगायतका प्रहरीहरु डिउटिमै रहेका थिए । आसपासका स्थानीयहरुले नालीमा बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात भुजेलको उद्धार गरी हस्पिटल पठाईएका थिए । अहिले भुजेल उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।...