Saturday, May 2News That Matters

समाचार

आज यी एजेण्डाका साथ बस्दैछ एमाले सचिवालय बैठक

आज यी एजेण्डाका साथ बस्दैछ एमाले सचिवालय बैठक

Breaking News 1, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/काठमाण्डौँ / कार्तिक, १५ गते । एमालेले शनिवार ११ बजेदेखी सचिवालय बैठक बस्ने भएको छ । भक्तपुरको गुण्डु स्थित सचिवालय बैठक बस्ने तय भएको एमालेका एक पदाधिकारीले जानकारी दिए । बैठकमा पार्टीको ११ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ । जसमा महाधिवेशन प्रतिनिधिको निर्वाचन क्षेत्र कति हुने, कति सदस्य बराबर कति प्रतिनिधित्व हुने र मूल व्यवस्थापनको विषयमा छलफल हुनेछ। साथै जनपरिचालन र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।  ...
उदयपुरमा सडक दुर्घटना न्युनिकरणका लागि फरक पहल गर्छौ : ट्राफिक इन्चार्ज मिरिङचिङ

उदयपुरमा सडक दुर्घटना न्युनिकरणका लागि फरक पहल गर्छौ : ट्राफिक इन्चार्ज मिरिङचिङ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/गाईघाट/ कार्तिक १४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख तथा इन्चार्ज दान बहादुर मिरिङचिङले उदयपुरमा सवारी दुर्घटना न्युनिकरणका लागि थप पहल कदमी अघि बढाउने जनाउनु भएको छ । दिनानु बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्न आवश्यक पहलहरु तत्काल थाल्ने इन्चार्ज मिरिङचिङले बताउनु भयो । करिब एक महिना अघि मात्रै उदयपुर ट्राफिक इन्चार्जको जिम्मेवारी सम्हाल्न आईपुग्नु भएका मिरिङचिङले जिल्लामा सडक दुर्घटनाको अवस्था तिव्र रहेको बुझेको जनाउनुभयो । उहाँले सडक दुर्घटना न्युनिकरण जिल्ला ट्राफिक कार्यालयको लागि निकै चुनौतिको रुपमा रहेको समेत बताउनुभयो । आफु उदयपुर आएसँगै सडक दुर्घटनाको अवस्थाबारे जानकारी लिएको र त्यसबारे पहल कदमीका लागि बिभिन्न सम्बन्धित निकायहरु सँग आवश्यक छलफल र आह्वानहरु गर्दै आएको उहाँको भनाई छ । मिरिङचिङले बिषेशगरी मदन भण्डारी हाईवेमा सडक दुर्घटना बढी हुन...
अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’ बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’ बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १४ । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई नगद तथा खाद्यान्न सहयोग गरेका छन् । सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाबाट प्रेरित पौडेलले यसअघि पनि असहाय बालबालिका, विपन्न परिवार र आपत्‌कालीन अवस्थाका पीडितहरूका लागि विभिन्न समयमा सहयोग गर्दै आएका छन् । सहयोग ग्रहण गर्दै संस्थाकी निर्देशक मञ्जु खाँड ठकुरीले पौडेलप्रति धन्यवाद व्यक्त गर्दै भनिन्, “हामीजस्ता संस्थाहरूको सञ्चालन दाताहरूको सहयोगमै निर्भर छ । विकास पौडेलज्यूजस्ता सहयोगी व्यक्तिहरूको हात यसरी अघि बढ्दा, आश्रित बालबालिकाहरूको जीवनमा मुस्कान ल्याउन सजिलो हुन्छ ।” उनले अन्य नेपालीहरूलाई पनि यस्ता मानवीय कार्यमा सहभागी हुन आग्रह गरिन् । मञ्जुश्री असहाय संरक्षण केन्द्र...
बीपी र मेची राजमार्गमा पहिरो, यातायात पूर्ण रूपमा बन्द

बीपी र मेची राजमार्गमा पहिरो, यातायात पूर्ण रूपमा बन्द

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १४ । अविरल वर्षासँगै देशका प्रमुख राजमार्गहरूमा पहिरो र बाढीको समस्या बढेको छ । बीपी राजमार्ग र मेची राजमार्गका महत्त्वपूर्ण सडकखण्डहरू अवरुद्ध हुँदा हजारौं यात्रुहरू अलपत्र परेका छन् । काभ्रेपलाञ्चोक खण्डमा पर्ने बीपी राजमार्गको विभिन्न स्थानमा ठूला पहिरो र लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ बेशी, रोशी–११ डालाबेशी, रोशी–९ बिरुवाडाँडा, बोक्सीकुना र नार्के क्षेत्रमा माथिबाट ठूलो परिमाणमा लेदो र ढुंगा खसेको छ । यी स्थानहरूमा सडक दुबै दिशाबाट पूर्णतया अवरुद्ध भएको जनाइएको छ । पूर्वतर्फ जाने सवारी साधनहरू काभ्रेपलाञ्चोकको भकुन्डे क्षेत्रमा रोकिएका छन् । राजमार्ग खुलाउन केही समय लाग्ने भएकाले यात्रुहरूले समस्या भोग्नुपरेको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय काभ्रेको टोली घटनास्थलमा पुग...
मोन्था चक्रवातको असर शनिबारदेखि घट्ने

मोन्था चक्रवातको असर शनिबारदेखि घट्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १४ । बंगालको खाडीमा निर्माण भएको मोन्था नामक चक्रवाती प्रणालीको असर शनिबारदेखि घट्दै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको मध्य प्रदेश नजिकको क्षेत्रमा न्यूनचापीय प्रणालीको रूपमा रहेको मोन्थाले शुक्रबार साँझसम्म नेपालको मौसमलाई प्रभावित गर्ने महाशाखाले बताएको छ । यस प्रणालीका कारण देशका विभिन्न भागमा निरन्तर वर्षा भइरहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । यस्तै, लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि पानी परिरहेको छ । नेपालमा हाल पश्चिमी वायुप्रणाली र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक असर देखिएको छ । यी प्रणालीहरूको संयुक्त प्रभावले मौसम अस्थिर बनेको महाशाखाले जनाएको छ। केही प्रदेशमा भारी वर्षाको सम्भावना कोशी, मधे...
बर्षातले पछौटे धानलाई फाईदा

बर्षातले पछौटे धानलाई फाईदा

Breaking News 1, समाचार
पूर्णपुष्टि÷गाईघाट, कार्तिक १३ । गएराति बर्षाभएसँगै उदयपुरका किसानहरुलाई केही राहत मिलेको छ । यो वर्ष उदयपुरमा खडेरीका कारण धेरैजसो ढिलो रोपाई भएको धान खेतीलाई बुधबार राती भएको बर्षातले केही राहत दिलाएको हो । त्रियुगा नगरपालिका–१३ असारीका कृषक मान बहादुर चौधरीले वर्षातले ढिलो रोपिएका धानवालीलाई फाईदा पुर्याएको र पाकेर काट्ने बेलाकालाई असर पुर्याएको बताएका छन् । ढिलो रोपाई भएको धान अहिले फल लाग्ने क्रममा छ । हरियो अबस्थामा रहेको धानखेतीको फल छिप्पदै छ । यसवर्ष रोपाई ढिलो र समय समयमा हुनु पर्ने वर्षात नभईदिदा उत्पादनमा ह्रास आउनसक्ने अनुमान कृषकहरुको छ ।  ...
बर्षा भएसँगै ह्वात्तै बढ्यो जाडो

बर्षा भएसँगै ह्वात्तै बढ्यो जाडो

Breaking News 2, समाचार
पूर्णपुष्टि÷गाईघाट, कार्तिक १३ । गएराति बर्षाभएसँगै उदयपुरमा ह्वात्तै जाडो बढेको छ । कार्तिक महिना आधा भईसक्दासम्म गर्मीले सताईरहेकोमा बुधबार रातीको बर्षातले चिसो बढाएको हो । सदरमुकाम गाईघाट बजारमा आज चिसो बढेसँगै मानिसहरु कमै निस्किएका छन् । निस्केकाहरु पनि बाक्लो लुगाका साथ निस्केका छन् । जाडो बढेसँगै रहनसहनमा परिवर्तन आएको छ । यो वर्षको सुरुवात यसै वर्षात संगसंगै भएको छ ।...
मैनामा सम्पन्न तेस्रो वडाअध्यक्ष कपको उपाधी धनगढी लेजेन्ड्सलाई

मैनामा सम्पन्न तेस्रो वडाअध्यक्ष कपको उपाधी धनगढी लेजेन्ड्सलाई

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर/कार्तिक १३ गते । त्रियुगा नगरपालिका वडा नं १ मैनाहामा सम्पन्न तेस्रो वडा अध्यक्ष फुटवल प्रतियोगिताको उपाधी धनगढी लेजेन्ड्सले जितेको छ । मंगलबार मैना खेलमैदान भएको धनगढी र हावेली बलुवाहीबीचको प्रतिस्पर्धामा धनगढीले सुन्यको विरुद्ध ७ गोल गर्दै उपाधी जितेको हो । धनगढीको तर्फबाट सुसान राईले मात्रै ४ गोल गरे भने अमोस भट्टराईले ३ गरी जम्मा ७ गोल गरेको हो । खेल अबधीभर बलुवाहीको तर्फबाट कुनै पनि गोल हुन सकेन । बिजेता हुने धनगढीलाई १५ हजार नगद र शिल्ड प्रदान गरिएको छ । भने उपविजेता बलुवाहीलाई नगद १० हजार र शिल्ड प्रदान गरिएको हो । आयोजक समस्त मैनाहा परिवारले प्रतियोगिताको आयोजना गरेका थिए ।  ...
प्रजिअ लुईटेलकाे कार्यकाल विशेष २० काम

प्रजिअ लुईटेलकाे कार्यकाल विशेष २० काम

Breaking News 2, समाचार
पूर्षपुष्टि/उदयपुर, कार्तिक १२ । उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले आफ्नाे कार्यकालमा पालिकामा आठवटै पालिकाका सवै वडाबाट अनलाईन प्रणाली मार्फत नागरिकता सिफारिस लागू गर्नुभयाे । हालै सरुवा हुनुभएका प्रजिअ लुईटेलले नागरिकता प्राप्त गर्ने प्रत्येक नागरिकलाई नागरिक प्रतिवद्धता स्वघोणा लागू गर्नुका साथै नेपाली नागरिकताको प्रमाणपत्रमा आमाको नाम समेत अनिवार्य राख्नु लागू गर्नुभयाे । त्यसैगरी ईलाका प्रशासन कार्यालय कटारीमा प्रजिअको कार्यकक्ष स्थापना गरी महिनाको दुईदिन सोहि कार्यालयबाट सेवा प्रवाह गर्ने कामकाे थालनी भएकाे छ । प्रत्येक हप्ताको बिहिबारको दिन पेसी तोकी छिटो छरितो मुद्धाको सुनुवाई, क्युआर काेडसहितको बिधुतीय नागरिक वडापत्र लागू गरिएकाे छ । कार्यालयमा टोकन प्रणाली लागू गरी समन्वयात्मक सेवा प्रवाह गरेकोछ । विपद् पूर्व तयारी, प्रतिकार्य तथा उद्धारका कार्यको ...
छठपर्व सम्पन्न, श्रद्धालुकाे मनमा शान्ति, समुदायमा सद्भाव

छठपर्व सम्पन्न, श्रद्धालुकाे मनमा शान्ति, समुदायमा सद्भाव

Breaking News 2, भिडियो, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ११ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदीमा आयोजित छठपुजा विहान उदाउदो सुर्यलाई अर्घ दिएसंगै सम्पन्न भयो । हजारौंको संख्यामा श्रद्धालुले यहाँ रातभर निराहार, जागरम ब्रत बसेका थिए । विहान सुर्यलाई पानी चढाएर अर्घ दिएका हुन् । आफु र परिवारको सुस्वास्थ्य, दिर्घायु र उन्नती, प्रगतीको कामना गर्दै बसेका ब्रतालुहरु पुजा सकिएसंगै पुजा सामग्री र विभिन्न प्रसाद संकलन गरी घरतिर लागेका छन् । घर पुगेर प्रसाद ग्रहण गर्दछन् भने छरछिमेकलाईसमेत बाड्दछन् । मधेसी र पहाडी मिश्रित समुदायले विगत झै छठपर्व भब्य मनाएका हुन् । श्रद्धालुभक्तजनको आगमन, ब्यवस्थापनको हिसावले छठपर्व विगतभन्दा भब्य भएको त्रियुगा छठपूजा ब्यवस्थापन समितिले जनाएको छ । यहाँको छठपुजा कोशीप्रदेशकै उत्कृष्ठ भएको दावी आयोजकको छ । यो पर्व सकिएसंगै ब्रर्त सफल गरेका श्रद्धालुहरुको मनमा शान्ति छाएको छ भने समुदाय...