Wednesday, May 20News That Matters

साहित्य

साहित्यकार डा राजेन्द्र विमल र युवाकवि विमला तुम्खेवा नेपाली प्रतिभा प्रतिष्ठानद्वारा पुरस्कृत

साहित्यकार डा राजेन्द्र विमल र युवाकवि विमला तुम्खेवा नेपाली प्रतिभा प्रतिष्ठानद्वारा पुरस्कृत

समाचार, साहित्य
पूर्णपुष्टि,  माघ १७ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल ९जनकपुर० लाई प्रदान गरेको छ । नेपाली भाषा, साहित्यको विकास प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएबापत विमललाई नगद रु ५० हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो  ।  त्यस्तै नगद रु एक लाख राशिको ‘प्रतिभा पुरस्कार–२०२०’ युवाकवि विमला लुम्खेवा ९तेह्रथुम० लाई प्रदान गरिएको छ । ती दुबै पुरस्कार प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह’ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद  उप्रेतीले ताम्रपत्र र नगदराशिको सम्मान थैली सम्मानीत स्रष्टालाई प्रदान गर्नुभयो । युवाकवि तुम्खेवा खासगरी युवापुस्ताको समसामयिक विषयवस्तुमाथि सटिक ढङ्गले साहित्यको माध्यमबाट उजागर गर्दै आउनुभएको छ । प्रखर लेखन क्षमता राख्ने तुम्बेवा...
मान्दैन मान्छे (गजल)

मान्दैन मान्छे (गजल)

समाचार, साहित्य
गोठकृष्ण ठकुरी,मोतिगडा, उदयपुर  भ्रष्टचार नगर भन्यो मान्दैन मान्छे बलत्कार नगर भन्यो मान्दैन मान्छे व्यापार नै गर्नु छ भने अरु नै गर यो प्यार नगर भन्यो मान्दैन मान्छे हामफालेपछि तर्न जानिन्छ जाउ विचार नगर भन्यो मान्दैन मान्छे मर्नु पर्छ त एकदिन के ग¥या यो अत्यचार नगर भन्यो मान्दैन मान्छे अहंकारले बाच्ने भए रावण मर्थेन अहंकार नगर भन्यो मान्दैन मान्छे  ...
महिला हिंसा (कविता)

महिला हिंसा (कविता)

मनोरञ्जन, साहित्य
मित्रा कटवाल, रौतामाई गाउँपालिका–५, उदयपुर माया र दयाकी खानी सौन्दर्यकी रानी सहनशिलताकी प्रतिमूर्ति शब्दहरुको भालाले मुटु छियाछिया पारेदिए पनि व्यथाहरु लुकाएर मुस्कान छर्छिन्  पहिला दुःख र पिडा सहदै जिउने अदभुत कलाकार हुन्  महिला यिनलाई सृष्टिको अमूल्य गहना भनी लिईन्छ यहाँ तरपनि किन मानसिक, शारीरिक साथै थुप्रै अन्य पिडा दिईन्छ यहाँ हे नारी तिमी माथिको हिंसा न्यूनिकरण गर्न हरेक कानुन लेखिन्छ यहाँ तर के गर्नु तिमी माथि दिनदिनै अमानविय, अनैतिक एवम् अबैधानिक देखिन्छ यहाँ बलत्कार दाईजो र बोक्सीको नामले हुने हिंसा विरलै पाईन्छ आज पनि नविर्स जन्मदिने आमा नारी हुन् , भाईटिकामा पुज्ने दिदीबहिनी हुन् तर के गर्नु ? अपराधीहरुलाई यो सव गर्न लागेन कति नी लाज पनि मनको रोदन र पिडाले सिरानी भिजाउदै काट्ने गर्छ हरेक साझ पनि यो दर्दनाक महिला हिंसा देखेर पनि चुपचाप नै रहेको पाईन्छ यहाँ ख...
मास्तिर पो थुकेर मरेछु

मास्तिर पो थुकेर मरेछु

साहित्य
गजल मास्तिर पो थुकेर मरेछु । ऐनामा हेरेर लुकेर मरेछु । कसैले भन्यो, ए ! कुकुर हतारमा हजुर भनेर मरेछु । आफैतिर कुद्दै आयो चोर सरकार भन्दै ढोगेर मरेछु । श्रीमतिले कुटेर स्ट्याचु भनी त्यत्तिकै स्ट्याचु पो बनेर मरेछु । सुटुक्क लुकेर खैनी खान लाग्या माडेर ताली  पो ठोकेर मरेछु ।             गोठकृष्ण ठकुरी              मोतिगडा, उदयपुर   ...
महाकवि देवकोटाको जयन्ती मनाइँदै

महाकवि देवकोटाको जयन्ती मनाइँदै

समाचार, साहित्य
पूर्णपुष्टि, कात्तिक २९  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा देवकोटा स्वच्छन्दतावादी(प्रगतिवादी धाराका प्रवर्तक मानिनुहुन्छ । देवकोटाका रचनामा मानवतावाद र प्रकृतिप्रेम समेत झल्कन्छ । विसं २०१६ मा उहाँ शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराउनु भएको थियो । तीन महिनामा ‘शाकुन्तल’ ...
छोरी ईश्वरको बरदान (कविता)

छोरी ईश्वरको बरदान (कविता)

साहित्य
चन्द्रा घिमिरे,   लिम्चुुङबुुङ ३ छोरा जन्मदा हर्षले गदगद भई हर्षोल्लाश मनाउछन् आखिर छोरामा के त्यस्तोे गुण छ र, बिर्सनै नसकिने अनि, छोरीमा के त्यस्तो अबगुण छ र ? जन्मिन नपाउँदै रुनु पर्ने अरुले जेसुकै सम्झिनुस् तर, म भने छोरीलाई घर कि लक्ष्मी अनि ईश्वरको बरदान सम्झिन्छु जुन घरमा पहिलो सन्तान छोरी जन्मिन्छ त्यो घर साँच्चिकै स्वर्ग समान हुुन्छ भन्छन् नि  बुुझ्नेले पहिलो सन्तान दिने आमाको कोख उज्यालो हुुन्छ तर, मलाइ त  लाग्छ आमाको कोख उज्यालो मात्र नभएर औँशीको कालो रात पनि पुुरै उज्यालो देखिनेछ छोरी जन्म देखि नै आफ्नो कर्ममा लागेकी हुुन्छिन् आफ्नो आमा बाबाले भनेको कुुरा कहिले काट्दिनन् सधैँ सहिर सत्य बाटोमा हिड्छिन् आफ्नो घर सुन्दर बनाउने छोरी परिवार खुुसि र सुुखि राखेर अगाडि बढ्ने छोरी बिहानै उठेर घरको सारा काम गरी चिया नास्ता बोकेर भाइ अनि बाबाको ढोका ढकढकाउन पुुग्छिन...
सम्पूर्ण बालबालिकाका प्रिय बालसाहित्य सर्जक ‘यशु श्रेष्ठ’

सम्पूर्ण बालबालिकाका प्रिय बालसाहित्य सर्जक ‘यशु श्रेष्ठ’

बिचार, साहित्य
बसन्ती कुँवर कक्षा – ९, नेपाल आदर्श मा.वि. गणबहाल, काठमाडौँ (नेपाल) उहाँले नेपालमै पहिलो पटक शब्दविहीन चित्रकथा ‘छाता’ लेख्नुभयो । मात्राअनुसारको चित्रकथाको परम्परा बसाउनुभयो । साहित्यका विभिन्न क्षेत्रहरुमध्ये बालसाहित्य एउटा प्रमुख क्षेत्र हो । यही बालसाहित्यको एक धरोहर हुनुहुन्छ- यशु श्रेष्ठ । बालकथा, बालकविता, चित्रकथा लेखन, कथावाचन, कथालेखन तथा कथावाचनका तालिमहरु, बालबालिकाहरुसँग गरिने व्यवहार, मानसिक कसरत आदिका बारेमा तालिमसमेत दिनुहुने एक बहुप्रतिभाशाली, सफल तथा सुपरिचित बालसाहित्य सर्जक यशु श्रेष्ठ हामी बालबालिकामाझ असाध्यै प्रिय हुनुहुन्छ । उहाँको जन्म धादिङ जिल्लाको गजुरीमा भएको हो । प्रारम्भिक अध्ययन गजुरीकै श्री आदर्श मा.वि.मा गर्नुभयो । त्यसपछि उहाँको परिवार बसाइँ सरेर रौतहट जिल्ला पुग्यो । त्यसपछिको अध्ययन तथा साहित्यिक कदम पनि उहाँले यहाँबाट सुरु गर्नुभयो । ममतामयी म...
उदयपुरका चार युवा साहित्यकारको सुनौलो आवाज विमोचन

उदयपुरका चार युवा साहित्यकारको सुनौलो आवाज विमोचन

समाचार, साहित्य
पूणर्पुष्टि, असोज ३० उदयपुरका चार युवा साहित्यकारको सुनौलो आवाज गजल संग्रह शुक्रबार विमोचन भएको छ । सुनौलो अवाज १ नं प्रदेशकी साम्सद अम्विका थापाले संगम सामुदायीक पुस्तकालयको सभाहलमा विमोचन गर्नुभयो । बिभिन्न साहित्यकार र साहित्य संघ संस्थाहरुको उपस्थितिमा एक कार्यक्रम गर्दै गजल संग्रहको विमोचन गरिएको छ । साहित्य क्षेत्रमा अग्रसर रहेका चार युवा साहित्यकार रविन खड्का, अनिल घिमिरे, शारद खड्का, कुमार ज्योतिको संयुक्त प्रकाशित सुनौलो गजल संग्रह रहेको छ । ५ सय प्रति प्रकाशित संग्रह करिब ९२ पेज बराबरको रहेको लेखक रबिन खड्काले बताउनुभयो । यो चाँडैनै बजार लगाएत साहित्यक व्यक्तिहरुमा फैलाउने अर्का लेखक अनिल घिमिरेले बताउनुभयो ।  विमोचन कार्यक्रम सँगै युवा संघका अध्यक्ष खगेन्द्र पोखरेलले पुस्तकालयलाई पुस्तक उपलब्ध समेत गराउनुभयो । त्यस्तै टंक आले मगरले पनि आफ्नो कृति अछेता पुस्तकालय र अतिथि...
गन्तव्य (कविता)

गन्तव्य (कविता)

साहित्य
केदार राना, गाइघाट, उदयपुर भावनाका लहडहरू महासागरको लहर बनेर जब आकासको उँचाइ नाप्न थाल्छ एक जब्बर सपना उद्वेगहरुसँगै उडान भर्छ चाहनाको पोको लिएर हुँइकन्छ मान्छे अनवरत खुट्ट्याउन अगम्य गन्तव्य मृगतृष्णामा बाँचेकाहरू जुनेली रातमा गाम-बेँसी छाडदै झुल्के घाममा पखेरो-खहरे छिचोल्छन् जिजिविषाको भारी सपनाको फ्लाइओवरहरुमा गुडाउदै लिकसँगै उद्देश्य छिचोल्छ अजङ्गको जीवन यात्रामा छचल्किन्छ कल्पना जब पानोरामिक दृश्य बनेर चिहाउँछ मान्छे झ्यालबाट क्षित्तिजमा स्वप्निल गन्तव्य अजम्मरी यात्राहरु यामहरु फेरिए जस्तै चाहेनन्, चिसो सिरेटोमा लुटपुटिरहन न्यानो उच्छवासभित्र जेठको हुरहुरे घाममा बसिरहन सिमली छाँयाको परिधिभित्र अनुरागले उन्मत्त स्खलित हुन कसिएर मायाको बाहुलिभित्र परम्पराको आडम्बरमा खुम्चिन बाँधिएर अत्याचारको पराकाष्ठाभित्र अन्तर-कुन्तरमा आशाले हौस्याइरह्यो, शरदको पतझड बोटम...
साहित्यतर्फको नोबल पुरस्कार अमेरिकी कवि ग्लुकलाई

साहित्यतर्फको नोबल पुरस्कार अमेरिकी कवि ग्लुकलाई

समाचार, साहित्य
पूर्णपुष्टि, असोज २२ सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार कवियत्री ग्लुकलाई प्रदान गरिने भएको छ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई दिने घोषणा गरेको हो । उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार प्रदान गरिएको हो ।...