Thursday, August 20News That Matters

स्वास्थ्य

कोरोना संक्रमणबाट पाटन अस्पतालमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट पाटन अस्पतालमा थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २ कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा थप एक जना मृत्यु भएको छ । नवलपरासीका ३७ वर्षका पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । गत शुक्रबार अस्पताल भर्ना भएका पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो । उनलाई कडा निमोनिया भएपछि अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।...
थप १ जना कोरोना संक्रमितको मृत्यु

थप १ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २ आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका थिए । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए । उनको कोरोना परीक्षण गर्दा २७ गते पोजेटिभ रिपोर्ट देखिएको थियो । गतराति साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।...
चीनले पहिलो कोरोना खोपको सर्वाधिकार पायो

चीनले पहिलो कोरोना खोपको सर्वाधिकार पायो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १ चीनको क्यानसिनो बायलजिक्स कर्पाेरेशन कम्पनीको कोरोना खोप एडी५–एनसीओभी -Ad5-nCOV_ ले पहिलो आविष्कार ‘पेटेन्ट’ सर्वाधिकारका लागि मञ्जुरी पाएको छ । बौद्धिक सम्पदा नियामक संस्थाले ११ अगस्ट तारिखमा क्यानसाइनको खोपको सर्वाधिकारका लागि मञ्जुरी दिएको हो । चीनले यस अघि कुनै कोभिड–१९ को लागि कुनै पनि खोपलाई मञ्जुरी दिएको थिएन । यो पहिलो पटक हो । यद्यपि यसलाई वैज्ञानिक उपलब्धि नभइ व्यावसायिक उपलब्धि मानिएको छ । यो सर्वाधिकारको कारण कसैले अब यो खोपको नक्कल गर्न पाउने छैन तर क्लिनिकल परीक्षणमा अघि बढ्नको लागि सर्वाधिकार हुनु कुनै अनिवार्य मापदण्ड नभएको वाल्टर एण्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्रोफेसर मार्क पेलेग्रिनीले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । खोपले मञ्जुरी पाएको खबर आएपछि सोमबार बिहान क्यानसाइनोको हङकङको शेयरमा १४ प्रतिशत र दिउँसोसम्म...
आज ५८१ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज ५८१ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १ नेपालमा आज थप पाँच सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार दुई सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये पछिल्लो २४ घण्टामा थप एक सय ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएको छ । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार चार सय ९७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्युु हुनेको सङ्ख्या एक सय सात पुगेको छ ।...
उत्तर प्रदेशका मन्त्री चौहानको कोराना संक्रमणबाट मृत्यु

उत्तर प्रदेशका मन्त्री चौहानको कोराना संक्रमणबाट मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १ भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमणबाट ७२ वर्षीय चौहानको मृत्यु भएको जनाईएको छ । पूर्व भारतीय क्रिकेटसमेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । चौहानको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा हुँदै आएको थियो । उनलाई कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी राखिएको थियो । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटरको रुपमा स्मरण गर्दै पछि मेहनती राजनेता बनेको बताएका छन् । उनले चौहानको अन्त्येष्टि मंगलबार हुने जानकारी दिएका छन् ।...
आज थप ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज थप ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३२ नेपालमा आज थप छ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक सय ३४ जना उपचारपछि निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार तीन सय ३५ पुगेको छ । त्यस्तै गत २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संखया एक सय चार सङ्ख्या पुगेको छ ।...
२ जना डीआईजीलाई कोरोना सङ्क्रमण पुष्टि

२ जना डीआईजीलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३२ नेपाल प्रहरीका दुई जना डीआईजीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डीआईजीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमित डीआईजीको प्रहरी अस्पतालमा उपचार भइरहेको जनाईएको छ । अहिलेसम्म देशभर तीन सय ८० जना प्रहरीलाई कोरोनाको सङ्क्रमण भईसकेको छ भने दुई सय ४० जना उपचारपछि निको भएका छन् ।...
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३२ भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय ५० जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार ९९ पुगेको वल्ड्रोमिटरले जनाएको छ । भारतको स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म ४९ हजार ९ सय ८० जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको छ । त्यस्तै सङ्क्रमित धेरै भएका देशको सूचीमा तेस्रो स्थानमा रहेको भारतमा सङ्क्रमितको सङ्ख्या २५ लाख ९० हजार नाघेको छ । उक्त संक्रमित मध्ये १८ लाख ६२ हजार जना उपचारपछि निको भएका छन् । अहिले विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड १६ लाख नाघेको छ । जसमध्ये १ करोड ४३ लाख उपचारपछि निको भएका छन् भने ७ लाख ६८ हजारको मृत्यु भएको छ ।...
चिकित्सक र नर्ससहित २८ जनामा कोरोना संक्रमण पुष्टि

चिकित्सक र नर्ससहित २८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३२ चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये भरतपुर अस्पतालका चिकित्सकसहित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरु रहेको जनाईएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार आएको रिपोर्टमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिकाका मात्रै २१ जनामा संक्रमण पुष्टि भएका छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर–३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् भने महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् । त्यस्तै रत्ननगर नगरपालिका क्षेत्रका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्...
रुसमा तयार भयो कोरोना विरुद्धको खोप

रुसमा तयार भयो कोरोना विरुद्धको खोप

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३२ कोरोना विरुद्धको पहिलो खोप तयार भएको रुसले जनाएको छ । यो खोप यसै महिनाको अन्त्यसम्म बजारमा जाने रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजोमात्रै खोप उत्पादन सुरु भइसकेको बताएको रुसले त्यसको केही समयमै खोपको पहिलो खेप तयार भएको जनाएको हो । खोपलाई भर्खरै तेस्रो चरणको परीक्षणका लागि स्वीकृति दिइएको छ । यस चरणमा हजारौं मानिसमा परीक्षण गरिने भएकाले खोप उत्पादनको लागि यो चरणलाई महत्वपूर्ण मान्ने गरिएको छ । रुसले खोपलाई ’स्पुतनिक ५’ नाम दिइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो खोप सुरक्षित रहेको दाबी गर्नुभएको छ ।  उहाँले खोप आफ्नी छोरीलाई दिइएको र खोप लगाएपछि सञ्चो भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो खोप  विकास गर्ने गामेलिया इन्स्टिच्युटले आउँदो डिसेम्बर–जनवरीसम्म प्रति महिना ५० लाख डोज खोप उत्पादन गर्न सक्ने दाबी गरेको छ । ...