Thursday, August 20News That Matters

स्वास्थ्य

थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि

थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३१ नेपालमा आज थप चार सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना  सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको हो । पछिल्लो २४ घण्टामा एक सय २४ जना उपचारपछि  निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १७ हजार दुई सय एक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या एक सय दुई पुगेको छ ।...
उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३१ मालपोत कार्यालय उदयपुरका थप एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मालपोत कार्यालयका ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भईसेको छ । त्रियुगा नगरपालिका–१० निबासी ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उनलाई चौदण्डिगढी नगरपालिकाको सातधारेमा निर्माण गरिएको कोभिड–१९ अस्पताल लैजाने तयारी भईरहेको जनाईएको छ ।...
थप एक जना कोरोना संक्रमितको मृत्यु

थप एक जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३१ लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कपिलवस्तु मायादेवीका ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ । फोक्सोमा समस्या देखिएका उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । बिरामीको सुरुको रिपोर्ट नेगेटिभ आएको भए पनि जीन एक्सपर्ट गरेर परीक्षण गर्दा पोजेटिभ आएको थियो । उनको फेरि पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको थियो । ३ दिनअघि उपचारको लागि अस्पतालमा आएका ती बिरामीको फोक्सोमा संक्रमण थियो । यसअघि बुटवलको कोरोना विशेष अस्पतालमा कोरोनाको कारण कपिलवस्तुको तौलिहवाका ४२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।...
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३१ गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २/२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १/१ जना कोरोना संक्रमित फेला परेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाईएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ६ सय ९२ पुगेको छ । तनहुँको भानु नगरपालिका–२ र ४ मा एक/एक जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै कास्कीको पोखरा महानगरपालिका– ५ मा एक जना र ८ नम्बर वडामा दुई जनामा संक्रमण पुष्टि भएको छ । ८ नम्बर वडामा संक्रमण पुष्टि हुनेमा एक जना महिला हुन् । त्यस्तै बागलुङको बागलुङ नगरपालिका–३ मा १ जना र बडिगाड गाउँपालिका–६ मा १ जना गरी दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको गोरखा नगरवपालिकाका ४७ वर्षीया एक मह...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३१ कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । हिजो बेलुकी पर्साको वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षका पुरुषको मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ गते वीरगञ्ज महा–नगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका ती पुरुषमा उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसको समस्या रहेको गण्डक कोभिड अस्पतालले जनाएको छ । योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय जनाको मृत्यु भएको छ ।...
अनुमति विना कोरोना सङ्क्रमितलाई रेफर नगर्न मन्त्रालयको निदेर्शन

अनुमति विना कोरोना सङ्क्रमितलाई रेफर नगर्न मन्त्रालयको निदेर्शन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो अनुमति विना कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीलाई रेफर नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । काठमाण्डौ उपत्यकासहित कतिपय ठाउँमा सघन उपचार कक्ष (आईसीयू) तथा भेन्टिलेटरको अभाव हुन थालेको भन्दै मन्त्रालयले कोरोना पुष्टि भएका बिरामीलाई जथाभाबी रेफर नगर्न निर्देशन दिएको हो । सबै निजी अस्पताललाई समेत २० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन यसअघि नै निर्देशन दिएको थियो । कुनै सङ्क्रमितलाई अर्को अस्पतालमा लैजानै पर्ने अवस्था आएमा मन्त्रालयबाट अनुमति लिएर हव अस्पतालसँगको समन्वयमा मात्र रेफर गर्नुपर्ने जनाईएको छ ।...
पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३० नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २५ हजार पाँच सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई सय ४० जना उपचिारपछि पनिको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या १७ हजार ७७ पुगेको छ । त्यस्तै नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्याय ९९ पुगेको छ ।...
प्रदेश प्रमुख कार्यालयका सचिवमा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश प्रमुख कार्यालयका सचिवमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३० वाग्मती प्रदेशको प्रदेश प्रमुख कार्यालयका सचिवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणमा प्रमुख सचिवमा कोरोना सङ्क्रमण देखिएको हो । सचिवलाई कोरोना पुष्टि भएपछि परिवारका सदस्यको पनि पीसीआर जाँचको तयारी भइरहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्यले जनाएको छ । ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि सचिवको कोरोना परीक्षणको लागि स्वाबको नमुना सङ्कलन गरिएको थियो ।...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ७ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ७ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३० विश्वका विभिन्न देशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या साढे ७ लाख नाघेको छ । विश्वका विभिन्न देशमा अहिलेसम्म २ करोड १० लाख जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । उक्त संक्रमित मध्ये ७ लाख ५७ हजारभन्दा धेरैको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ । उक्त संक्रमित मध्ये एक करोड ३९ लाख जना उपचारपछि निको भएका छन् । अहिले आइसोलेशनमा रहेका ६३ लाख ९० हजारमध्ये एक प्रतिशत अर्थात साढे ६४ हजारको अवस्था जटिल रहेको र बाँकी ६३ लाख २६ हजारको अवस्था सामान्य रहेको जनाईएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ५४ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा १ लाख ७० हजारको मृतयु भएको छ । त्यस्तै ब्राजिलमा ३२ लाख २९ हजारमा संक्रमण पुष्टि हुँदा १ लाख ५ हजारको मृत्यु भएको छ । त्यस्तै भारतमा २४ लाख ६१ हजारमा कोरोना संक्रमण पुष्टि हुदा ४८ हजारको मृत्यु भईसकेको वल्डोमिटरले जनाएको छ ।...
प्रदेश २ थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश २ थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन ३० प्रदेश २ मा थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पर्साका २६, बाराका २१ र महोत्तरीका २ जना गरी ४९ जनामा सङ्क्रमण पुष्टि भएको वीरगञ्जको नारायणी अस्पतालले जनाएको छ । आज कोरोना पुष्टि भएकाहरुमा भारतीय महावाणिज्य दूतावासका कर्मचारी, नारायणी अस्पतालमा कार्यरत चिकित्सक, नेपाली सेनाका सिपाही, स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, बैंकमा कार्यरत कर्मचारी पनि रहेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया, ४ नम्बर वडा बिर्ता र लोहारपट्टी रोड, १० नम्बर वडा घडिअर्वा, ११ नम्बर वडा श्रीपुर, १३ नम्बर वडा मुर्ली, १५ नम्बर वडा भिस्वालगायत वडाका स्थानीयमा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । त्यस्तै बारा बाराको जितपुरसिमरा महानगरपालिकाका विभिन्न वडाका २० जना र विश्रामपुरका एक जना गरी २१ जनामा र महोत्तरीको जलेश्वरका १ जनामा सङ्क्रमण पुष्टि भएको जनाईएको छ ।...