Wednesday, August 19News That Matters

स्वास्थ्य

वडाध्यक्षसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

वडाध्यक्षसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८ दाङको घोराहीमा एक जना वडाध्यक्षसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिकाको एक वडाको वडाध्यक्षमा सोमबार संक्रमण पुष्टि भएको हो । गत जेठ २४ गते स्वाब सङ्कलन गरिएको र १६ दिनपछि रिपोर्ट आउँदा अध्यक्षमा पनि संक्रमण देखिएको जनाएको छ । यसैगरी २ न. वडाको २ जना, ३ न. वडाका २ जना, ५ न. वडाका १ जना र ६ न.वडाका ७ जनामा पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसँगै दाङमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ । संक्रमितमध्ये ४४ जना उपचारपछि निको भएर डिस्चार्ज भईसकेको जनाएको छ ।...
कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८ कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ८२ पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सुर्खेत, दैलेख, सल्यान र हुम्लाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १८, सल्यानका ४, दैलेखका ३ र हुम्लाका १ जनामा संक्रमण देखिएको जनाइएको छ । त्यस्तै, आज उपचारपछि निको भएर २० जना डिस्चार्ज भएका छन् । चौरजहारी अस्पताल रुकमपश्चिममा उपचार गराइरहेका ९ जना, सालकोट आइसोलेसन सेन्टर सुर्खेतबाट ६ जना, मेहेलकुना अस्पताल सुर्खेतबाट ५ जनालाई डिस्चार्ज गरिएको महाशाखाले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या...
अर्घाखाँचीमा थप ३० जना कोरोना मुक्त

अर्घाखाँचीमा थप ३० जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८ अर्घाखाँचीका थप ३० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । सन्धिखर्क नगरपालिका–१ हटारिनेटाको आइसोलेशनमा रहेका ३० जना कोरोना मुक्त भएका हुन् । सन्धिखर्क नगरपालिका–६ नरपानीका १३, ७ न. वडा खाँचीकोटका १५, पाणिनि गाउँपालिका–७ का  १ जना र शीतगङ्गा नगरपालिका–१० का १ जना गरी ३० जना उपचारपछि निको भएको अर्घाखाँची अस्पतालले जनाएको छ । उनीहरुमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेशनमा राखिएको थियो । अहिले निको भएपछि उनीहरुलाई सेल्फ क्वरेण्टीनमा बस्ने गरी घर पठाइएको हो । २ जना महिला र २८ जना पुरुष डिस्चार्ज भएको जनाईएको छ । उनीहरु सबै भारतबाट फर्किएर पालिकाले बनाएका क्वरेण्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।...
नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८  नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा  संक्रमित संख्या ९ हजार ५ सय ६१ पुगेको छ । उक्त संक्रमित मध्ये थप ३ सय ७० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ भने २३ जनाको मृत्यु भईसकेको छ ।
सप्तरीमा थप १३ जना कोरोना संक्रमित

सप्तरीमा थप १३ जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८ आज सप्तरीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १ सय ७३ पुगेको छ । जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशाला र राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । हनुमाननगर कङ्कालिनी नगरपालिका–४ का २९ र २४ वर्षीय पुरुष रहेका छन् भने बलानबिहुल गाउँपालिका–४ का १६, ३ न. वडाका ४२, ३८ र ३८ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको जनाईएको छ । त्यस्तै, राजगढ गाउँपालिका–२ का २४ र ३५, ६ न. वडाका २३, २७ र ३१ र राजविराज नगरपालिका–१० का ३८ वर्षीय २ जना पुरुषमा संक्रमण देखा परेको जनाईएको छ । सवै संक्रमितहरु भारतको हरियाणा, दिल्ली, पञ्जाबलगायत विभिन्न स्थानबाट आएको जनाईएको छ । उनीहरु स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेको छ ।...
विश्वमा कोरोना संक्रमितको संख्या साढे ९० लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या साढे ९० लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८ विश्वमा कोरोना संक्रमितको संख्या ९० लाख ४५ हजार नाघेको छ । विश्वको विभिन्न देशमा कोरोना भाईरसको संक्रमणबाट ९० लाख, ४५ हजार ६ सय ४ जना भन्दा बढी संक्रमित भईसकेको वर्लडओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार संक्रमित थपिएका छन् । सबैभन्दा बढी अमेरिकामा २३ लाख ५६ हजार ६ सय जना संक्रसमत भएका छन् भने १ लाख २२ हजारको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा १० लाख ८७ हजार संक्रमित मध्ये ५० हजार भन्दा बढीको मृत्यु गएको छ । त्यस्तै रुसमा ५ लाख ८४ हजार संक्रमित मध्ये ८ हजार १ सयको मृत्यु भएको छ । छिमेकी देश भारतमा ४ लाख २७ हजारमा संक्रमित मध्ये १३ हजार ७ सय जनाको मृत्यु भईसकेको वर्लडओमिटरले जनाएको छ । विश्वभर कोरोना संक्रमित ९० लाख ४५ हजार मध्ये ४८ लाख ३८ हजार उपचारपछि निको भएका छन् भने ४ लाख ७० हजार पुगेको छ ।...
गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८ गण्डकी प्रदेशमा  थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या ५ सय ४० पुगेको छ । नयाँ थपिनेमा स्याङ्जाका १२ जना र  नवलपरासी पूूर्वका ८ जना रहेका छन् । स्याङ्जाको अर्जुनचौपारीकाका ७ वर्षका ३ बालक सहित १६, ३०, ३१, ३० र ३८ वर्षका पुरुष र ६ वर्षकी बालिका सहित ५० वर्षकी एक महिला रहेकी छन् । कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षका पुरुष रहेका छन्  ।  यस्तै नवलपरासी पूर्वका बौदीकाली गाउँपालिकाका ८ जना पुरुष रहेका छन् । उनीहरु सबै भारतबाट आई क्वरेण्टीनमा बसिररहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कुल संक्रमित मध्ये उपचारपछि ५५ जना निको भएर डिस्चार्ज भईसकेका छन् ।...
ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि

ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 पूर्णपुष्टि, असार ८ गते ।  ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । लिखु गाउँपपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै १ न. प्रदेशको १४ वटै जिल्लामा कोरोना संक्रमण फेला परिसकेको छ । भारततको गोरखपुरबाट आएर क्वारेन्टाईनमा बसेका २८ वर्षीय युवामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ । आइतबार पीसीआर रिपोर्ट आएका ६ मध्ये उनको रिपार्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएका युवा  क्वारेन्टाइनमा बसेकै ब्यक्ति हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको  जनाईएको छ ।...
कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ७ कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा आइतबार सल्यानका ६ जना, सुर्खेत र दैलेखका २÷२ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रुकुमपश्चिमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । उक्त संक्रमित मध्ये उपचारपछि  १४ जना डिस्चार्ज भएका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको संख्या ५ सय ३१ पुगेको छ । प्रदेश अस्पताल, सुर्खेतबाट ३ जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेसन सेन्टरबाट ३ जना, नौमुले आइसोलेसन सेन्टरबाट ७ जना, जाजरकोट अस्पतालबाट १ जनालाई डिस्चार्ज गरिएको जनाईएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत...
नेपालमा थप ४२१  ज्नामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४२१ ज्नामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ७ आज नेपालमा थप ४ सय २१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये थप  १ सय ९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ । गुल्मीका १ पुरूषको संक्रमणका कारण मृत्यु भएको छ । उनको असार ५ गते घरमै मृत्यु भएको थियो ।  उहाँको स्वाब परीक्षणमा कोरोना पाइएको हो । योसँगै मृत्यु हुनेको संख्या २३ जनाको मृत्यु भएको छ ।...